समाज

पोखरा १२ मा प्यागोडा शैलीको कलात्मक प्रवेशद्वार र बगैचा निर्माण

पोखरा, १६ साउन, पोखरा महानगरपालिका वडा नं १२ कार्यालय परिसरमा परम्परागत प्यागोडा शैलीमा निर्मित प्रवेशद्वार र बगैचाको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। पोखराका मेयर धनराज आचार्यले उक्त प्रबेशद्धारको उद्घाटन गर्दै उक्त संरचना नेपालकै मौलिक वास्तुकला शैलीको उत्कृष्ट उदाहरणका रूपमा रहेको दाबी गर्नु भयो । कलात्मक प्रवेशद्वारमा काठका सुन्दर मुर्तिकला, झ्याल–ढोका र गजुर सहितको आकर्षक संरचना तयार गरिएको छ। बगैचाभित्र फुलवारी, मन्दिर र फल्चा निर्माण गरी पर्यटक र स्थानीयवासीलाई परम्परागत वातावरणको अनुभूति दिलाउने व्यवस्था गरिएको छ। उद्घाटन समारोहमा नगरप्रमुख… पुरा पढौ

एक्सपर्ट गण्डकी विश्वविद्यालय ब्याडमिन्टन सम्पन्न

पोखरा, गण्डकी विश्वविद्यालय अन्तर्गतको स्नातक तहमा खेलकुद कार्यक्रम चौथो ब्याचका विद्यार्थीको आयोजनामा एक्सपर्ट एजुकेशन गण्डकी विश्वविद्यालय अन्तर कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पुरुष तर्फको खेलमा आयुस रावल पहिलो, सुजन तिवारी दोस्रो भएका थिए भने महिला तर्फको खेलमा कृष्टिना ढकाल पहिलो र मुना कुमारी बसाइँ दोस्रो भएका थिए। कार्यक्रममा विजेता खेलाडीहरूलाई सिल्ड मेडल प्रमाणपत्रले सम्मान गर्दै गण्डकी विश्वविद्यालय कानून तथा व्यवस्थापन संकायका डीन हिमराज गिरीले विद्यार्थीको उल्लेखनीय कामको प्रशंसा गरे। कितावी ज्ञानलाई व्यवहारमा उतार्दा राम्रो पहल भएको उनको भनाई… पुरा पढौ

पोखरामा लेक–टु–लेक साइकल ट्र्याकको गुरुयोजना तयार

दीननाथ बराल,पोखरा, १६ साउन, पर्यटकीय नगरी पोखरामा रहेका सबै ताललाई आपसमा जोड्ने गरी निर्माण हुने ‘लेक–टु–लेक साइकल ट्र्याक’ को गुरुयोजना तयार भएको छ। एसियाली विकास बैंक (एडिबी) को करिब १ अर्ब रुपैयाँ आर्थिक सहयोगमा बन्ने उक्त पूर्वाधारले पोखराको पर्यटन क्षेत्रमा नयाँ आकर्षण थप्ने अपेक्षा गरिएको छ। शुक्रवार एडिबी मिसन र सरोकारवालासँग भएको छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले करिब १ सय १७ कि।मी लम्बाइको यो ट्र्याकले पर्यटकका लागि महत्वपूर्ण आकर्षण बन्ने बताउनुभयो। प्रारम्भिक अनुमान अनुसार ८५ कि।मी रहने ट्र्याक हाल… पुरा पढौ

पोखरामा मास विद्युतीय बस सेवा सुरु, हरित यात्राको नयाँ युग

दीननाथ बराल,पोखरा, १६ साउन, पोखराको सार्वजनिक यातायात अब नयाँ अध्यायमा प्रवेश गरेको छ। धुँवा र प्रदूषणबाट मुक्त हरित यात्राको अभियानलाई अघि बढाउँदै पोखरा यातायात प्रालिले बिहीबारदेखि ३२ सिट क्षमताका (मास) अत्याधुनिक टाटा अल्ट्रा ईभी विद्युतीय बस मार्फत सेवा सुरु गरेको हो । पोखरा महानगर यातायात व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा नं। १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं। १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यातायात व्यवसायीहरूको उपस्थितिमा बस सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। शुभारम्भ कार्यक्रममा वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “विद्युतीय बस… पुरा पढौ

पोखरामा विवादित कोटीहोमः गैरकानूनी रूख कटान प्रकरणमा सात जना माथि मुद्दा

पोखरा, १५ साउन, पोखरामा विवादित कोटीहोमः गैरकानूनी रूख कटान प्रकरणमा सात जना माथि मुद्दा दायर भएको छ । कास्की जिल्ला अदालतमा बिहीबार मानव सेवा फाउण्डेशन नेपालका प्रबन्धक सहित सात जनाविरुद्ध गैरकानूनी रूख कटानको अभियोगपत्र दायर भएको हो। पोखरामा आयोजित ‘श्रीगण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ २०८२’ का क्रममा ऐतिहासिक चौतारीका वर, पिपल र समि जस्ता वृक्षहरू काटिएको बिषयमा विवाद भएको थियो । विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) को नेतृत्वमा गत वैशाख १७ देखि ६१ दिनसम्म सञ्चालन… पुरा पढौ

भौतिक मन्त्रालयको प्रगति ७९ प्रतिशत

पोखरा, १५ साउन, गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९।५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६।५२ प्रतिशत छ । बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष… पुरा पढौ

दोस्रो पर्वतीय दौडमा विदेशी धावकका लागि नाम दर्ता प्रक्रिया तत्काल शुरु गर्न सुझाव

पोखरा, १५ साउन, आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । पोखरा क्लिकद्वारा आज (बिहीबार) आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिनुभएको हो । तष्विर दुर्गाप्रसाद पौडेल विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत… पुरा पढौ

बुवाको मृत्यु पछि छोरीहरूले काँधमा बोकेर घाटसम्म‘ समाजको धारणा तोड्दै बुवाको काजकिरिया छोरीहरु

तनहुँको १५, बन्दीपुर, याम्पाढाब निवासी भिमबहादुर क्षेत्री २९ वर्षको उमेरमा रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित भए । धेरै अस्पताल धाए तर रोग पत्ता लागेन। अन्ततः भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको थाहा पाए। अचानक थाहा पाएको यो रोगसँग लड्दै उनले १८ वर्ष बिताए। परिवारको पालनपोषण, ७ वर्ष र ३ वर्षकी दुई छोरीको भविष्य र औषधोपचारका खर्चबीच पनि उनले हिम्मत छाडेनन्। परिवार पृथ्वी राजमार्गको छेउमा सानो होटल चलाउँथ्यो। छोरीहरूको पढाइ र उपचारका लागि उनले होटलसँगै बाख्रापालन व्यवसाय सुरु… पुरा पढौ

पोखरामा पहिलो पटक आरयु फेष्ट

पोखरा, १५ श्रावण, पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत आरयु फेष्ट गर्न लागिएको हो । यही श्रावण १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । बिहीबार आयोजित… पुरा पढौ

लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने

पोखरा, १५ साउन नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ«े गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ । नेपाल सरकारले “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार” भन्ने नाराका साथ यसै वर्षदेखि साउनको १६ गते राष्ट्रिय कोदो दिवस मनाउन गइरहेका सन्दर्भमा लाहाचोकमा पहिलो कोदो महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिनुुभयो । महोत्सवका अवसरमा ख्यातीप्राप्त जनगायक जीवन शर्माका… पुरा पढौ