समाज

पोखरामा शुक्रबार दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुने

दीननाथ बराल, पोखरा १४, साउन, पोखरा महानगरपालिका वडा नं ५, मालेपाटनको खेलमैदानमा यही साउन १६ गते (शुक्रबार) दोस्रो मालेपाटन खुल्ला लाखेनाच प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा पोखराका २० वटा लाखेनाच समूहले आकर्षक प्रस्तुति गर्ने तयारी भएको कार्यक्रम संयोजक विनय श्रेष्ठले बताउनु भयो । मालेपाटन खेलमैदानमा हुने कार्यक्रममा १५ हजार भन्दा बढी दर्शक भेला गराउने अपेक्षा गरिएको उहाँले दाबी गर्नुभयो । तायाः मचा नाच समिति, मालेपाटनको आयोजनामा नेवाः मिसाः पुचः इकाई ५, मालेपाटन ल्यांहः पूँचः र मालेपाटन… पुरा पढौ

बजाज स्पोर्टस् अवार्ड पहिलो पटक पोखरामा, महानगरबाट २० लाख सहयोग हुने

दीननाथ बराल,पोखरा, १४ साउन, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने प्रतिष्ठित बजाज पल्सर स्पोर्टस् अवार्ड पहिलो पटक राजधानी बाहिर खेलकुदको शहर पोखरामा हुने भएको छ। २०६० सालदेखि निरन्तर हुँदै आएको यस अवार्डको २२ औं संस्करण आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टरमा हुने मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। कार्यक्रमलाई सफल बनाउन पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पोखराका मेयर धनराज आचार्य र एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी बीच बुधबार सम्झौता पत्रमा… पुरा पढौ

सहारामा हिमालयन आँखा अस्पतालले गर्यो निःशुल्क शिविर, १९७ जना लाभान्वित

पोखरा श्रावण १४, पोखरा ९, शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा हिमालयन आँखा अस्पतालले १ दिने निःशुल्क आखा शिविर सञ्चालन गरेको छ ।हिमालयन आँखा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष एवम् वरिष्ट अधिवक्ता सुरेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अस्पतालका प्राविधिक सहितको टोलिले १ सय ९७ जनाको आँखा परीक्षण गरेको थियो । विद्यालयको समग्र अवस्थाको जानकारी सहित विद्यालयमा नेत्र सम्वन्धी क्षेत्रमा निस्शुल्क सेवा प्रदान गर्ने हिमालयन आँखा परिवारलाई धन्यवाद व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्… पुरा पढौ

फोटो पत्रकार गुरुङ र श्रेष्ठलाई कञ्चन पत्रकारिता पुरस्कार

पोखरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मंगलबारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन ।… पुरा पढौ

पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन (भिडियो सहित)

पोखरा, पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी हुन् । https://www.youtube.com/watch?v=-dBGQFuyWB4 उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् । “अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी… पुरा पढौ

पोखरा रंगशालाको फुटबल स्टेडिएमको फ्लोर प्लेटको प्लाई उड कुहिन थाले पछि ठेक्दार कम्पनीले करिब ७ करोडको लागतमा मेटल प्लेट राख्न सुरु

दीननाथ बराल, पोखरा १३, साउन, पोखरा रंगशालाको फुटबल स्टेडिएमको भुईमा बिछ्याईएको (फ्लोर प्लेट) प्लाई उड कुहिन थाले पछि ठेक्दार कम्पनीले पुनः मर्मत संहार गर्न थालेको छ । एमए कन्ट्रक्सन जाउलाखेल ललितपुर (जेभी) र भारतीय कम्पनी ग्रेट स्पोर्टसले निमार्ण गरेको स्टेडियमको भुईमा बिछ्याईएको फ्लोर प्लेटको प्लाई उड कुहिदै प्वाल समेत पर्न थालेकोले पुनः मर्मत गर्न लागेको निर्माण कम्पनीले पोखराक्लिकलाई जनाएको छ । नेपालकै गौरवको योजना अन्र्तगत पोखरा फुटबल स्टेडिएम निमार्णमा अन्तराष्ट्रि कम्पनी समेत जोडिएकोले त्यसको इज्जत र प्रतिष्ठाको लागि फ्लोर प्लेटको… पुरा पढौ

होटल म्यानेजमेन्ट कलेज र युवा उद्यमी मञ्च बीच सीप आदान–प्रदान गर्न सम्झौता

पोखरा, १३ साउन, पोखरा छिनेडाँडामा रहेको नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज र नेपाली युवा उद्यमी मञ्चबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाले स्रोत र सीपको आदान–प्रदान, आपसी हितमा आधारित कार्यक्रम विकास तथा सञ्चालनमार्फत शैक्षिक र उद्यमशीलता क्षेत्रबीचको सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखेका छन्। सम्झौतामा कलेजका प्राचार्य प्रकाश रेग्मी र मञ्चका अध्यक्ष समेज राजभण्डारीले हस्ताक्षर गर्नुभयो। सम्झौतापछि प्राचार्य रेग्मीले भन्नुभयो, “यस सहकार्यबाट शैक्षिक क्षेत्र र उद्यमशीलता क्षेत्रबीचको दूरी घटाउन, व्यवहारिक ज्ञान र व्यवसायिक अवसरलाई जोड्न… पुरा पढौ

पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौडलाई ग्लेज नेचुरल स्प्रिङ वाटरको साथ

पोखरा, १३ साउन, पुम्दी–भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ का लागि लोकप्रिय ब्रान्ड ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ । आउँदो असोज ४ गते आयोजना हुने प्रतियोगितामा आवश्यक पिउने पानी उपलब्ध गराउन पोखरा नेचुरल फुड्स एण्ड वेभरेज प्रा.लि. (उत्पादक) र पोखरा क्लिक प्रा.लि. (आयोजक) बीच सम्झौता भएको हो । मंगलबार भएको सम्झौतामा ग्लेज वाटरका निर्देशक शरदचन्द्र बराल र पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिताका संयोजक दीननाथ बरालले हस्ताक्षर गरे । कम्पनीका निर्देशक बरालका अनुसार ग्लेज वाटर पोखरा–१३ को प्राकृतिक… पुरा पढौ

पोखरामा सोलो प्याराग्लाइडिङ उडानले व्यवसायी उत्साहित, ३ बर्ष पछि पोखरामा प्याराग्लाईडिङ च्याम्पियनसिप होला त !

दीननाथ बराल, पोखरा, १३, साउन, पर्यटनको राजधानि पोखरामा करिब ३३ महिना पछि साहसिक खेल प्याराग्लाईडिङको सोलो (एकल) प्याराग्लाइडिङ उडान पुनः सुरु भएसंगै व्यवसायी निकै उत्साहित हुनु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षालाई विशेष ध्यान दिँदै सोलो उडानलाई पुनः अनुमति दिएसंगै हाल पोखरामा सोलो प्याराग्लाइडिङ उडान संचालन भएसंगै व्यवसायी उत्साहित भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले पोखराक्लिकलाई बताउनु भयो । पर्यटनको हाल अफ्सिजन र बर्षाद मौसम भएकोले गर्दा दैनिक जसो ५÷७ जना अनुभवी… पुरा पढौ

पोखरामा भेटिएका हायु परिवारका १९ सदस्यलाई आफन्तको जिम्मा लगाइयो, पोखरामै बस्ने इच्छा व्यक्त

दीननाथ बराल,पोखरा, १३ साउन, सिन्धुलीबाट केही दिनदेखि बेपत्ता भएका हायु परिवारका १९ जना सदस्यलाई कास्की प्रहरीले आफन्तको जिम्मा लगाएको छ। पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी लगायतको रोहबरमा प्रहरीले उनीहरूलाई आफन्त धनबहादुर तामाङ (ज्वाई) को जिम्मा लगाएको हो। हायु परिवारका १६ जना वेपक्ता भएको खबरले कास्कीमा बुझ्दै जादा उनीहरुलाई भेटिएका कारण जनप्रतिनिधिको रोहबरमा उनका आफन्तलाई बुझाइएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाले पोखराक्लिकलाई बताउनु भयो । शनिबार पोखराको हल्लनचोकस्थित जननी होटलमा बसेर आइतबार चेकआउट गरेका उनीहरूलाई प्रहरीले गगनगौंडामा काम खोज्दै… पुरा पढौ