समाज

जिसस कास्कीद्वारा अपुरा आयोजनालाई प्राथमिकतामा बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस

जेठ १८ पोखरा, जिल्ला समन्वय समिति कास्कीले जिल्ला भित्र प्रदेश सरकार मातहत संचालित अधुरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकार लाइ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न ४९ औ बिशेष बैठकले सो निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सडक निर्माण कार्यमा वहुवर्षिय योजनामा समावेश गरि केहि निर्माण कार्य पुरा भएका तर कार्य पुरा नगरी त्यसै अलपत्र छोडिएका १४ वटा बहुबर्षीय सडक आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो ।… पुरा पढौ

हिमालय एअरलाइन्सले काठमाडौं–शेन्जेन सिधा उडान सुरु गर्ने तयारी

काठमाडौं, जेठ १८, चर्चीत एयरलायन्स हिमालय एअरलाइन्सले आगामी जुन ४, २०२६ ९जेठ २१, २०८३० देखि काठमाडौं–शेन्जेन–काठमाडौं सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ। नेपालको राजधानी काठमाडौं र चीनको ‘सिलिकन भ्याली’का रूपमा परिचित शेन्जेनबीच पहिलो पटक सिधा हवाई सम्पर्क स्थापना हुन लागेको एअरलाइन्सले पोखराक्लिकलाई जनाएको छ। कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच हप्तामा दुई उडान सञ्चालन गरिनेछ। काठमाडौंबाट उडान प्रत्येक मंगलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन गरिनेछ। हिमालय एअरलाइन्सका उपाध्यक्ष… पुरा पढौ

उन्नतिको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

पोखरा,१८ जेठ, पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिकोत्सव अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सहकारीको आफ्नै कार्यालय प्राङगणमा आयोजित कार्यक्रममा ५० युनिट रगत सकंलन भएको थियो । सहकारी सञ्चालक समितिका अध्यक्ष राजेश रानाभाटले पहिलो रक्तदाता रन्जित अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो । रक्तदाता मध्येमा सरु मगर सबैभन्दा कम उमेरको हुनुहुन्थ्यो । संस्थाले आफ्नो स्थापना दिवसका दिनमा हरेक वर्ष रक्तदान गर्दै आएको छ । “स्थापना दिवसमा हामी… पुरा पढौ

रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई मिलेनियम ट्रेक अवार्ड प्रदान गरिने

पोखरा, १८ जेठ, मिलेनियम ट्रेक व्यवस्थापन समितिले राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेललाई मिलेनियम ट्रेक अवार्ड प्रदान गर्ने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट नेपालको पहिलो मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै आगामी जेठ २३ गते नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालय काठमाडौंमा एक समारोहका बीच पौडेललाई अवार्ड प्रदान गरी सम्मान गर्न लागिएको हो । उहाँलाई १५ हजार पाँच सय ५५ रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्र सहित अवार्ड प्रदान गर्न गर्न लागिएको मिलेनियम ट्रेक व्यवस्थापन… पुरा पढौ

नगरपालिकाको पुनःस्थापनाको माग गर्दै साविक लेखनाथका जनप्रतिनिधिको सामूहिक उद्घोष

लेखनाथ, १३ जेठ, कास्की जिल्लाको साविक लेखनाथ नगरपालिकाको पुनःस्थापनाको माग सशक्त बन्दै गएको छ। पुनःस्थापना पहल समितिको नेतृत्वमा सोमबार तालचोकस्थित साविक लेखनाथ नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ देखि ३३ सम्मका जनप्रतिनिधि, स्थानीय अगुवा तथा अभियन्ताहरूले लेखनाथ नगरपालिकाको पुनःस्थापनाको पक्षमा सामूहिक उद्घोष गरेका छन्। अभियानका संयोजक एवं साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, सचिव मुराहरी कोइराला, दिननाथ ढकाललगायतको उपस्थितिमा आयोजित कार्यक्रममा स्थानीय तह पुनर्संरचनापछि पोखरा महानगरपालिकामा समाहित लेखनाथ क्षेत्रका नागरिकको भावना, पहिचान र विकासका आवश्यकतालाई… पुरा पढौ

विश्व खाद्य स्वच्छता दिवसः पोखरामा साताव्यापी सचेतना तथा अनुगमन कार्यक्रम सञ्चालन हुने

पोखरा, जेठ १८, “खाद्य पदार्थमा स्वच्छता हामी सबैको प्रतिबद्धता” भन्ने मूल नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा ले विश्व खाद्य स्वच्छता दिवस २०८३ साताव्यापी कार्यक्रम सहित मनाउने भएको छ। यस वर्षको विश्व खाद्य स्वच्छता दिवस “सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित जेठ १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक, अनुगमनात्मक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ ले खाद्य स्वच्छता प्रवर्द्धन, सुरक्षित खाद्य उपभोगको सुनिश्चितता तथा उपभोक्तामा… पुरा पढौ

म्याग्दीले जित्यो दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि

पोखरा १८, जेठ, म्याग्दी जिल्लाले दोस्रो पोखरा कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज (सोमबार) सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दीले पर्वतलाई ८०–७३ अंकले पराजित गर्दै उपाधि चुमेको हो । प्रतियोगितामा बिजेता टिम म्याग्दीले नगद रु ५० हजार तथा उपविजेता पर्वतले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यसअघि भएको पहिलो सेमिफाइनलमा पर्वतले तनहुँलाई ४९–२५ अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।… पुरा पढौ

टेम्पल बेल बुटिक होटलको प्रथम वार्षिकोत्सवमा होटल निर्माण अभियानमा योगदान दिने व्यक्ति तथा संस्थालाई नगदसहित सम्मान, टेनिस संघलाई गाला डिनरबाट करिब ९ लाख सहयोग

पोखरा, १८, जेठ पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो प्रथम वार्षिकोत्सव विशेष समारोहका होटल निर्माण तथा स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति, निर्माण कम्पनी, बैंकिङ साझेदार, काष्ठकर्मी, शिल्पकार, डिजाइनर तथा विभिन्न क्षेत्रका सहयोगीलाई नगदसहित सम्मान गरेको छ। पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय चिल्ली ग्रुपको लगानीमा निर्माण भएको टेम्पल बेल बुटिक होटलले पहिलो वर्षको सफल सञ्चालन पूरा गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा होटल निर्माण अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको… पुरा पढौ

फेवातालमा तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता सम्पन्न (भिडियो सहित) पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाट प्रथम

जेष्ठ १८,पोखरा, फेवा डुंगा व्यवसायी संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा पोखराको फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पण मत्स्य सहकारी संस्था प्रथम, टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराहीघाट समूहले तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान… पुरा पढौ

भीआर मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार किशोरको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

दीननाथ बराल,पोखरा, जेठ १८, पोखराको न्यूरोड क्षेत्रमा आइतबार भएको सवारी दुर्घटनामा स्कुटरमा सवार एक किशोरको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकाको पुरानो कार्यालय अगाडिको सडकमा ग १८ प ९८८१ नम्बरको भीआर मोटरसाइकलले ग १० प ८१४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार १७ वर्षीय सिजन तिवारी गम्भीर घाइते भएका थिए तर उनको उपचारकै क्रममा मृत्यु भएको हो । पोखरा–२८ स्थायी घर भई हाल पोखरा–११ फुलवारी बस्दै आएका तिवारीलाई दुर्घटनालगत्तै उद्धार गरी उपचारका लागि… पुरा पढौ