समाज

लगातार ४ दिने सार्वजनिक बिदामा पोखरामा पर्यटकको चहलपहल ह्वात्तै बढ्यो, होटल अकुपेन्सि ९० प्रतिशत

दीननाथ बराल,पोखरा, १७ जेठ, लगातार चार दिनको सार्वजनिक बिदाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ । विहिबार बकर ईद, शुक्रबार गणतन्त्र दिवस तथा शनिबार–आइतबारको सार्वजनिक बिदाका कारण विगत तीन दिनदेखि पोखराका पर्यटकीय स्तरका होटलहरू भरिभराउ भएको व्यवसायीहरुले बताउनु भयो । पोखरामा हाल होटल अकुपेन्सि करिब ९० प्रतिशत पुगेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । जेठ १४ गते बकर ईदको सार्वजनिक बिदा, जेठ १५ गते गणतन्त्र दिवस तथा त्यसलगत्तै शनिबार र आइतबार गरी लगातार… पुरा पढौ

गण्डकीमा राइड सेयरिङको भाडादर निर्धारण, चारपांग्रेको न्यूनतम भाडा १५७ र दुईपांग्रेको ४६.५० रुपैयाँ

दीननाथ बराल,पोखरा, १७ जेठ, गण्डकी प्रदेशमा राइड सेयरिङ एपलाई कानुनी मान्यता दिएर कार्यान्वयनको चरणमा ल्याएको छ । गण्डकी प्रदेशमा अब चारपांग्रे सवारी प्रयोग गर्ने यात्रुले चढ्नासाथ १५७ रुपैयाँ सुरुवाती भाडा तिर्नुपर्नेछ भने दुईपांग्रेको ४६.५० रुपैयाँया शुल्क तिर्नुपर्ने भएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) (दोस्रो संशोधन) नियमावली, २०८३ को नियम १९ बमोजिम भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मिति २०८३÷०२÷११ (मन्त्रीस्तरीय) को निर्णयानुसार मिति २०८३÷०२÷११ देखि लागू हुने… पुरा पढौ

विभिन्न कार्यक्रम सहित जय मनकामना बचत तथा ऋण सहकारीको रजत जयन्ती बर्ष सम्पन्न

पोखरा, पोखरा १९ लामाचौरमा रहेको जय मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रजत बर्ष बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।आज पोखरामा एक कार्यक्रमका बिच सहकारीले रजत बर्ष समापनसहित संस्थाको स्मारिका विमोचन एवं विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको संस्थाका सचिव बुद्धि खत्री क्षत्रीले बताए । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री भिम बहादुर कार्कीले सहकारी क्षेत्रमा देखिएका नितिगत समस्यालाई समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । उनले बद्लिदो आर्थिक तथा सामाजिक परिवेशमा सहकारी क्षेत्रले… पुरा पढौ

रेडक्रस, कास्कीको जुनियररयुवा तथा शिक्षक नायक गोष्ठी सम्पन्न

पोखरा, जेठ १७, नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेडक्रस सर्कल, शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापनमा ४३ औँ जिल्लास्तरीय जुनियररयुवा तथा ३२ औँ शिक्षक नायक गोष्ठी आइतवार सम्पन्न भएको छ । जेठ १६ र १७ गते गरी दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा कास्कीका ११० ओटा सर्कलले भाग लिएका जुनियर÷युवा सर्कल संयोजक तथा रेडक्रस, कास्कीका उपमन्त्री डिल्लीराम बरालले जानकारी दिए । शीतलादेवी जुनियर रेडक्रस सर्कलका अध्यक्ष सार्थक पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री… पुरा पढौ

एक लाख नगद पुरस्कारसहित ‘प्रथम मिस्टर कास्की’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

पोखरा, जेठ १७, कास्की जिल्ला शारीरिक सुगठन संघले एक लाख रुपैयाँ नगद पुरस्कार राशीसहित ‘प्रथम मिस्टर कास्की एण्ड वुमेन्स वेलनेस तथा मेन्स फिजिक प्रतियोगिता’ आयोजना गर्ने भएको छ । संघका अध्यक्ष लेखबहादुर गुरुङका अनुसार प्रतियोगिता आगामी २०८३ साल भदौ १३ गते पोखरामा आयोजना हुनेछ । प्रतियोगिताको तयारीका लागि खेलाडीहरूलाई करिब तीन महिनाको समय आवश्यक पर्ने भएकाले मिति अगावै सार्वजनिक गरिएको उनले बताए । जिल्लाभित्र शारीरिक सुगठन खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा… पुरा पढौ

सिटीवान टेलिभिजनको महिलाको समृद्धी सम्वन्धी राउण्ड टेवुल कार्यक्रम सम्पन्न, एक महिला एक सीप अभियनमा सवैको प्रतिवद्धता

पोखरा, सिटीवान टेलिभिजनले आयोजना गरेको महिला अधिकारको सम्मान आत्मनिर्भरता र समृद्धीको अभियान विषयक राण्डटेवुल कार्यक्रममा सहभागी सवै जनप्रतिनिधी र मन्त्री तथा साम्सद महिलाहरुले एक महिला एक शिष अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका छन् । आठौं राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको राण्ड टेवुल कार्यक्रममा कास्कीका सवै स्थानीय तहका उपाध्यक्षहरु, र गण्डकी प्रदेश अन्र्तगतको महिला मन्त्रालय सम्हालेका मन्त्रीहरुको सहभागिता रहेको थियो । मुख्य वक्ताका रुपमा पर्यटन तथा उद्योग मन्त्रालय गण्डकीका मन्त्री यशोदा रिमालले पेशा व्यवसायमा संलग्न नभएका घरेलु महिलाहरुको समृद्धीका र… पुरा पढौ

बालअधिकार र अनलाइन यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका

पोखरा, विश्वभर इन्टरनेटको बढ्दो पहुँचसँगै नेपालमा पनि अनलाइनमार्फत बालबालिकामाथि हुने यौन दुर्व्यवहार, शोषण र हिंसाका घटना बढ्दो क्रममा छन्। यसै सन्दर्भमा भ्वाईस अफ चिल्ड्रेनले आइतबार पोखरामा आयोजना गरेको अन्तरक्रियामा सञ्चारकर्मीको भूमिका र बालअधिकार प्रवर्द्धनमा उनीहरूको योगदानबारे चर्चा गरिएको हो । कार्यक्रममा सहभागीहरूले बालबालिकालाई सुरक्षित डिजिटल वातावरण प्रदान गर्न समाजका सबै तहका सरोकारवालाको योगदान आवश्यक रहेकोमा जोड दिएका छन्। बालबालिकालाई मात्र होइन, अभिभावक, शिक्षक, नीति निर्माता, न्यायिक निकाय, सेवा प्रदायक, व्यवसायिक संस्था तथा गैरसरकारी संघसंस्थाले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा बल… पुरा पढौ

बालोदय बोर्डिङ स्कूलले पाँचौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जित्यो

दीननाथ बराल,पोखरा, १७ जेठ, पोखरा–१७ मा रहेको बालोदय बोर्डिङ स्कूलले पाँचौँ संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। पोखरामा आज (आइतबार) सम्पन्न फाइनल खेलमा बालोदयले साविक उपविजेता एल.पी.देवकोटा मेमोरियल बोर्डिङ स्कूललाई ३–० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । बालोदयका लागि निसान भुजेलले २ र आयुष थापा मगरले १ गोल गरे। भुजेलले खेलको २६ र ४५ औं मिनेटमा गोल गरे भने मगरले २८ औं मिनेटमा गोलको योगदान दिए। खेलमा बालोदयका रिदम थारुलाई ‘म्यान… पुरा पढौ

शिशुवामा युआरएलको शिविर, ६०१ को सित्तैमा जाँच

पोखरा, १६ जेठ, युआरएल शिशुवा डायग्नोस्टिक सेन्टरको पाँचौ स्थापना दिवस एवं १९ औं गणतन्त्र दिवशको अवसरमा शुक्रबार शिशुवामा निशुल्क रक्त परीक्षणसहितको सचेतना कार्यक्रम भएको छ । युआरएल फाउन्डेसनले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) मुख्य कार्यालय गिरी कम्प्लेक्सको प्राविधि सहयोगमा आयोजना गरेको कार्यक्रममा ६ सय १ जनाको सित्तैमा जाँच गरिएको छ । कार्यक्रममा मधुमेह तथा थाइराइडसम्बन्धी रगत जाँच सित्तैमा गरिएको थियो भने अरु सबै प्रकारका जाँचमा विशेष छुटको व्यवस्था गरिएको थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा प्रकाश भट्टराईले मधुमेह, थाइराइड जस्ता रोगहरु… पुरा पढौ

लेउवा संघमा लमजुङ उद्योग वाणिज्य संघको टोलीलाई स्वागत

लेखनाथ, १६ जेठ, लेखनाथ उद्योग वाणिज्य संघले लमजुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई शुक्रबार एक कार्यक्रमका विच स्वागत गरेको छ । संघमा शुक्रबार आयोजित कार्यक्रममा संघका पदाधिकारीहरु एवं सदस्यहरुको टोलीलाई स्वागत गर्दै अध्यक्ष जानुका पराजुली अधिकारीले संस्था व्यक्तिको हैन विधिको आधारमा सञ्चालन हुनुपर्नेमा जोड नेतृत्वको दासताको आधारमा संञ्चालन हुन नहुने सुझाव दिंदै सदैव व्यवसायिहरुको हितमा कार्य गर्न संघ सफल हुने विश्वास व्यक्त गरेकी थिईन । कार्यक्रममा लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठले यो आफुहरुको पहिलो अध्ययन अवलोकन भ्रमण… पुरा पढौ