समाज

पोखरामा आइतबारदेखि दोस्रो पोखरा कप प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा, १७ जेठ, खेलकुदको शहर पोखरामा आइतबारदेखि गण्डकी प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा र प्रदेश खेलकुद परिषद् गण्डकीको विशेष सहयोगमा सोमबारसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कास्की सहित ६ जिल्लाका टिमको सहभागिता रहेको संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले बताउनु भयो । पोखरा रङ्गशालामा संचालन हुने प्रतियोगितामा कास्की सहित पर्वत, लमजुङ, म्याग्दी, तनहु र स्याङ्जा गरी ६ जिल्लाका पुरुष टोलीहरूले सहभागिता हुने भएको उहाँले जनाउनु भयो । लिगकम नकआउटका आधारमा खेलाइने… पुरा पढौ

पिसिएम कप प्लस टु फुटसलको उपाधी तालपारीलाई

जेष्ठ १६,पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा पोखरामा सम्पन्न प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्टको उपाधी तालपारी टिमले जितेको छ । बि–फिट फुटसलमा शनिबार भएको फाइनल खेलमा टिम ९११ लाई ६–३ गोल अन्तरले पराजित गर्दै तालपारीले सो उपाधी जितेको हो । तालपारीको जितमा सुजन थापा र सिद्धान्त श्रेष्ठले २–२ तथा सुन्दर मगर र कुञ्जन पौडेलले १–१ गोल गरे । टिम ९११ को तर्फबाट सुसान्त सेञ्चुरी, प्रसान्त गुरुङ र हर्षभ बोहराले १–१ गोल गरे । जितसंगै तालपारीले नगद रु २०… पुरा पढौ

पाँचौँ वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एल.पी. देवकोटा र बालोदय बोर्डिङ स्कुल भिड्ने

पोखरा, १६ जेठ, पाँचौँ अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधिका लागि एल.पी. देवकोटा मेमोरियल बोर्डिङ स्कुल र बालोदय बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ । आज (शनिबार) सम्पन्न सेमिफाइनल खेलहरूबाट दुवै टोलीले जित हासिल गरी फाइनलमा प्रवेश गर्दै उपाधि नजिक पुगेका हुन् । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलले र ढुङ्गेसाँघु बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गर्दा दोश्रो खेलमा बालोदय बोर्डिङ स्कुलले स्पाइरल ग्यालेक्सी स्कुललाई २–० ले पराजित गरेको हो । एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुल… पुरा पढौ

पोखरा ३२ मा बन्यो सुकुम्वासी व्यबस्थापन सहजिकरण समिति, कसैको बास उठ्न नदिने वडाअध्यक्ष कार्कीको भनाई

पोखरा , पोखरा महानगरपालिका ३२ मा सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि वडास्तरिय सहजीकरण समिती र संघर्ष समिति समेत र्निमाण गरिएको छ । वडा नं ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीको उपस्थितीमा खुदीखोलामा रहेका सुकुम्वासीहरु संगको अन्र्तकृया पश्चात समीती समेत घोषणा गरिएको हो । कार्यक्रममा वडाअध्यक्ष अक्कल बहादुर कार्कीले कोही कसैले पनि बिना कारण र बिना बिकल्प बसिरहेको ठाउ छोडन नपर्ने स्पष्ट पार्नुभएको छ । कार्यक्रममा उहाँले हचुवाको भरमा डोजर लिएर बस्ती बस्ती चाहर्ने गरि स्थानिय सरकार नलाग्ने र… पुरा पढौ

तमु कल्याणकारी कोषमा ३५ लाख जम्मा, ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित

पोखरा, धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद सहित सम्मान गरिएको छ । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा गत चैत्र ८ गते पोखरा रंगशालामा सम्पन्न धनबहादुर गुरुङ सांगीतिक साँझमा तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिका विदेश विभाग प्रमुख गौरी गुरुङले ११ लाख २० हजार ९ सय ६० रुपैयाँ संकलन गरेकी थिइन । उनलाई सर्वोत्कृष्ट रकम संकलन गरेबापत संस्थाले नगद २२ हजार २ सय २२ रुपैयाँको थैली सहित कदर पत्रले सम्मान गरेको… पुरा पढौ

लेकसिटी कलेजमा स्नातक विद्यार्थीको सम्मानमा विदाइ कार्यक्रम

पोखरा, जेठ, लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराले स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रम आयोजना गरि विदाइ गरेको छ । स्नातक तह तृतीय वर्षको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई खादा र मायाको चिनोसहित विदाइ गरिएको हो । कार्यक्रमका प्रमूख अतिथि तथा कलेज संचालक समितिका अध्यक्ष प्रा। डा। विश्वकल्याण पराजुलीले लेकसिटी कलेज सदैव समय अनुकुल आधुनिक शिक्षा प्रदान गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । सोही अवसरमा प्रा। डा। पराजुलीले विद्यार्थीहरुलाई समाजको हितका लागि क्रियाशील हुन सुझाव दिए । कार्यक्रमका… पुरा पढौ

गणतन्त्र दिवसमा उत्कृष्ट योगदानको कदरः सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मा, पत्रकारमा माधव शर्मा सहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

पोखरा, गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले नागरिक सुरक्षा, सञ्चार, शिक्षा, कृषि, पर्यटन, उद्यमशीलता तथा समाजसेवा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरेको छ। पोखरामा शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी बल नम्बर २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मालाई नगद २५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान प्रदान गरिएको हो। शर्मासँगै प्रहरी वरिष्ठ हवल्दार लोकेन्द्रबहादुर नेगी र सशस्त्र प्रहरी सहायक हवल्दार विनोद खड्का पनि सम्मानित भएका छन्। सुरक्षातर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र… पुरा पढौ

पोखराको नदीपुरमा सडक सहित एक घरको केही भाग भासियो (भिडियो सहित)

दीननाथ बराल,पोखरा १५, जेठ, पोखरा ३ नदीपुरमा सडक सहित एक घरको केही भाग भासिएको छ । खानेपानीको पाइप आज विहानै फुटेसंगै सडक सहितको एक स्थानियको घरको केही भाग भासिएको पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश उदासले बताउनु भयो । https://www.youtube.com/watch?v=XrPdhVr3jHA उक्त क्षेत्रमा ६ महिनाको अन्तरालमा ५ पटक यस्तै समस्या हुँदा हाल आफ्नो घर तर्फको एउटा कोठा मुनिसम्म भाषिएको स्थानिय सिता पराजुलीले गुनासो गर्नुभयो । उहाँले यसरी पटक पटक एकै ठाँउमा सडक सहितको घर अगाडी र घरमा समेत क्षति… पुरा पढौ

सुशासन, विकास, रोजगारी, आर्थिक समृद्धिमार्फत गणतन्त्रलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड

दीननाथ बराल, पोखरा १५, जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास, रोजगारी, सामाजिक न्याय र आर्थिक समृद्धिमार्फत गणतन्त्रलाई थप सुदृढ र प्रभावकारी तथा जनमुखी बनाउनुपर्नेमा जोड दिनु भएको छ । गणतन्त्र दिवस २०८३ का अवसरमा प्रदेश सरकारले आज (शुक्रबार) पाखेरामा आयोजना गरेको समारोहमा वोल्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अघि बढाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो । संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाली नागरिकलाई अधिकार, स्वतन्त्रता र समावेशी शासन व्यवस्थाको अनुभूति दिलाएको उल्लेख… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई

पोखरा, ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारको राशि रु. २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । आगामी जेठ २० गते घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण म्याराथनको छैटौँ संस्करणको समापन समारोहमा उनलाई सम्मान गरिने आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित तथा सञ्चालित उक्त पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने एक जना… पुरा पढौ