समाज

मदिरा व्यवसायीको रक्तदान, ५० युनिट रगत संकलन

पोखरा, २० मंसिर । मदिरा व्यवसायी समिति कास्कीले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा समितिमा आवद्व व्यवसायी, सुभचिन्तक , नियममित रक्तदाताले रक्तदान गरेको समितिका कार्यसमिति सदस्य एवं कार्यक्रमका संयोजक सुदर्शन श्रेष्ठले जानकारी दिए । समितिको सचिवालय पोेखरा–८ सिमलचौरमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि कास्कीका अध्यक्ष उर्मिला खड्का भण्डारीले मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्ण रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिईन् । भण्डारीले रगतको मागलाई… पुरा पढौ

३५ औं नारायण गोपाल स्मृति दिबसको अवसरमा पोखरामा सांगितीक कार्यक्रमः सम्पन्न

पोखरा, उत्प्रेरणा साङ्गीतिक मन्चको प्रस्तुति र सप्तरङ्गी सास्कृतिक प्रतिस्ठान नेपालको दोस्रो सास्कृतिक शृङ्खला अन्तर्गत ३५ औं नारायण गोपाल स्मृति दिबस कार्यक्रम शुक्रबार जोजिजु म्युजिक स्कुल रानीपौवामा सप्पन्न भएको छ। उक्त कार्यक्रमको उद्घाटन गर्दै अग्रज साहित्यकार, सस्कृतिकर्मी एबम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका सदस्य सचिब तिर्थ श्रेष्ठपोखरामा हुने यस्ता सांगितीक कार्यक्रमले पोखरा क्षेत्रको संगित क्षेत्रको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे । नारायण गोपाल बहु आयमिक ब्यक्ती भएको बाद्यबादक को साथै गीत गायन सङ्गीत ,शब्द चयन गर्ने उनको अद्दितिय क्षमताले गर्दा… पुरा पढौ

व्यापार मेलामा शनितबार किसानका कुरा हुने‘प्रविधिको दुरुपयोगले अपराध बढ्दो’

पोखरा, पछिल्लो समय नेपालमा प्रविधिको दुरुपयोगले अपराध बढाएको भए त्यसको उपयोगमा संकुचन ल्याउन नहुनेमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । उनीहरुले प्रविधिले समाज र चेतनालाई उन्नत बनाउने, दैनिक जीवन सहज बनाउने तथा नयाँ अवसरको ढोका खोल्ने सत्यलाई बिर्सन नहुनेमा सहमति जनाए । यद्यपि,नेपालको परिपेक्ष्यमा प्रविधिलाई ‘बाँदरको हातको नरिबल’ बनाइएको र यो हिंसाको डरलाग्दो हतियार बन्दै गएकोमा विज्ञहरुले चिन्ता जताए । ‘राष्ट्रको जागरण ः प्रविधि र समाजको पुस्तान्तरण’ भन्ने विषयमा गफिँदै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा।दीपेन्द्रबहादुर क्षेत्री,सामाजिक अभियन्ता विना सिलवाल,उपप्राध्यापक… पुरा पढौ

कास्कीमा ध्वनी प्रदूषण गर्ने चार जना चालक पक्राउ, १८९ वटा मोटरसाइकल कारबाहीमा

पोखरा, पोखरा सहित कास्कीमा मोटरसाइकलबाट अनधिकृत रूपमा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्दै ध्वनी प्रदूषण गर्ने, समाजमा आतंक फैलाउने गरेको आरोपमा चार जनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरू विरुद्ध आवश्यक कानूनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार हालसम्म ध्वनी प्रदूषण तथा सार्वजनिक सुरक्षाविरुद्धका क्रियाकलापमा संलग्न रहेको आरोपमा १८९ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरिसकिएको छ। पक्राउ पर्नेहरूमा… पुरा पढौ

२१ औं लेखनाथ महोत्सवको तयारी तिव्र ः दिनहुँ छलफल र बैठक

लेखनाथ, १९ मंसिर, लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सव तयारी तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिसँगको छलफललाई तीव्रता दिइएको छ । महोत्सवमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भईसकेका छन् । कार्य सम्पादन, सुरक्षा व्यवस्थापन, सहकारी संस्था… पुरा पढौ

नेपाली समाज टेक्सास (अमेरिका) को आगामी निर्वाचनमा बहुआयामिक तथा समाजसेवामा सर्मपित शान्त गिरीको महिला उपाध्यक्षमा उमेदवारी

दीननाथ बराल , नेपाली समाज टेक्सास (अमेरिका) मा आगामी २०२६÷२७ का लागि नेतृत्व चयनको चर्चा सुरु भएसंगै धेरै सघर्षबाट उदाएकी एउटा नाम झनै आकर्षणको केन्द्र बनेको छ । बहुआयामिक व्यक्तित्वका धनि, दीर्घ अनुभव, निरन्तर समाजसेवा, दृढ प्रतिबद्धता र संवेदनशील नेतृत्वदायि क्षमताका कारण महिला उपाध्यक्ष पदकी उम्मेदवारका रूपमा प्रस्तुतः गर्नु भएको छ शान्त गिरीले । सक्षम नेतृत्व र समावेसी तथा एकताबद्ध समाज निर्माणमा उमेदवार प्रस्तुतः गर्नु भएको गिरी बागलुङमा जन्मेर पोखरामा लामो समय सघर्ष गर्दै हाल अमेरीकामा विगत ८ बर्ष देखि… पुरा पढौ

नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक

पोखरा, १८ मंसिर, नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक निर्विरोध निर्वाचित भए । यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि… पुरा पढौ

प्रतिभा माविमा वार्षिक खेलकुद गतिविधि सुरु

पोखरा, मंसिर १८, विद्यार्थीमा खेल उत्साह बढाउने र नयाँ खेलाडी पहिचान गर्नका लागि पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु गरिएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि आयोजित कार्यक्रममा विभिन्न खेल गतिविधि संचालन गरिनेछ । तीनदिनसम्म चल्ने वार्षिक खेलकुद कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरेका थिए । खेलकुद कार्यक्रमका संयोजक राकेश जोशीका अनुसार वार्षिक खेल गतिविधि अन्र्तगत बास्केटबल, भलिवल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, चेस, टेवलटेनिस र एथलेटिक्सका खेल खेलाईनेछ । विभिन्न कक्षाका… पुरा पढौ

मदरल्याण्ड माविमा तीनदिने वार्षिक खेलकुद

पोखरा, मंसिर १८, पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाउनेछन । व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउनेगरि विद्यालयमा खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । आचार्यका अनुसार तीनदिन अवधिमा छात्र तथा छात्राको ब्याडमिन्टन, भलिवल, बास्केटबल, चेस, टेवलटेनिस र फुटसलका गतिविधि हुनेछन । आन्तरिक प्रतिश्पर्धाका आधारमा उत्कृष्ट हुने विद्यार्थीले मेडल र प्रमाणपत्र समेत पाउनेछन… पुरा पढौ

आइटिएफ जे३० टेनिस टुर पोखरा ः सिंगल्सतर्फ सेमिफाइनल समीकरण पूरा

पोखरा, १८ मंसिर, आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट–१ अन्तर्गत बिहीबार सम्पन्न ब्वाइज सिंगल्स क्वार्टरफाइनल खेलबाट शीर्ष वरियताका टिङ–हो याङ (ताइपेई), युल हो जुङ (कोरिया), नेपालका प्रनव मानन्धर तथा श्रीलंकाका गानुका फर्नान्डो सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा याङले भारतका फजल अली मिरलाई ७–६(४), ६–४ ले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरे । यस्तै, तेस्रो वरियताका जुङले भारतका हर्ष मरवाहालाई ५–७, ६–२, ६–४ ले पराजित गरे । पाँचौं वरियताका नेपाली खेलाडी प्रनव मानन्धरले… पुरा पढौ