समाज

पाँच दिने व्यापार मेला तथा क्यान इन्फोटेक सम्पन्न

पोखरा,२१ मंसिर, पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् । समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवद्र्धन केन्द्रमार्फत् महानगरले उद्यमशीलता चाहनेहरुको लागि तालिम र परामर्श सेवा प्रदान गरिरहेको उनले बताए । रोजगारी सिर्जना र भौतिक विकासका निम्ति महानगर निजी क्षेत्रसँग हातेमालो गर्दै… पुरा पढौ

जनकल्याण समितिको ४३ औ बार्षिक जन्मोत्सव सम्पन्न

जनकल्याण समिति पोखरा १३ सिद्दकालिका स्थानले बिभिन्न बिधाहरुमा सम्मान गरेको छ। ७० बर्ष पुरा भएका लाई स्व. रेशम बहादुर स्मृति समानमा ६ जना व्यक्तिहरु,एस ई ई मा उत्कृस्ट भएकालाई रामलक्ष्मी शैक्षिक पुरस्कार २ जनालाई, १०ं२ एस एलसीमा उत्कृष्ट ल्याउने बिन्देश्वरी मिथिला झा शैक्षिक पुरस्कार १ जनालाई मिलेर गरौ उच्च शिक्षा सम्मानमा २ जना,भौतिक निर्माणमा सहयोग गर्नै बिभिन्न व्यक्तिहरुलाई सम्मान,नयाँ आजिबन सदस्यहरु २ जनाको सम्मान एवं स्वागत गरिएको थियो। पोखरा वडा न. १३ का वडा अध्यक्ष किरण बरालले उक्त कार्यक्रम सहित… पुरा पढौ

पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार

Post पोखरा, २१ मंसिर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरकोसंयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नामफोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमागुरुङ, अनुशासन समिति संयोजक… पुरा पढौ

कोरी डाँडामा अस्थायी संरचना निरीक्षण, तत्काल भौतिक संरचना निर्माणमा रोक

दीननाथ बराल पोखरा २१, मंसिर, कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी पद मार्गमा पर्ने सार्वजनिक जग्गामा निर्माण भएका अस्थायी संरचनाहरूको स्थलगत निरीक्षण गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, जनप्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरूको संयुक्त टोलीले हालै कोरी पद मार्ग क्षेत्रको निरिक्षण गरेको हो । निरीक्षण टोलीमा एक्याप कार्यालयका आयोजना प्रमुख डा. रविन कडरिया, मादी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष देबीजंग गुरुङ, एक्याप सिक्लेस प्रमुख संग्राम कार्की, एक्यापका प्राविधिक रामजी आचार्य तथा स्थानीय पर्यटन व्यवसायीहरू सहभागी हुनु भएको थियो ।… पुरा पढौ

लेकसाइडमा पार्किङ व्यवस्थापन गर्न बसलाई सडकमा पार्किङ गर्न रोक

पोखरा, २० मंसिर, पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकलाई अप्ठेरो परेपछि समाधानका लागि विभिन्न सामुदायीक सेवा केन्द्र एवंम सामुदायीक प्रहरी सेवा बैदामले छलफल गरेको छ । स्थानीय निकाए, सुरक्षा निकाए र सरोकारवालाहरु बिच भएको छलफलमा पहिलो चरणमा लेकसाइडका सडकमा बसलाई सडकमा पार्किङ गर्न रोक लगाउने भएको छ । ठुला सवारी साधानहरुलाई पोखराको पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिनचोकमा अहिलेलाई राख्ने व्यवस्था गरेको सामुदायीक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले जानकारी दिए । छलफलमा अहिले भ्रमण आउने बस र… पुरा पढौ

केज फाइटको तयारी तिब्र, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार

पोखरा, पोखरामा पहिलो पटक हुन लागेको केज फाइटको तयारी तिब्र पारिएको छ । पर्यटकीय राजधानी पोखरालाई थप नयाँ गन्तव्यको रुपमा स्थापित गर्नका लागि कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा नयाँ विधा थप गरिएको हो । साक यान्त मुवाथाईकोको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलाडीले विभिन्न विधामा गरि १२ लाख रुपैयाँ भन्दा बढि पुरस्कार प्राप्त गर्नेछन् । पुसको १२ गते हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल वारियर सिरिजले समेत सहकार्यमा हुन लागेको हो । फाइटको प्रबद्र्धन गर्दै पर्यटकलाई थप मनोरञ्जन दिनका लागि केज फाइटको आयोजना… पुरा पढौ

एन प्याब्सनको फुटसल उपाधि न्यु ग्यालेक्सीलाई, क्रिकेट जारी

पोखरा, नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको फुटसल प्रतियोगिताको उपाधि न्यु ग्यालेक्सी माविले उपाधि चुमेको छ । शनिबार भएको फाइनल खेलमा अक्सफोर्ड स्कुललाई ३–१ ले पराजित गर्दै न्यु ग्यालेक्सीले उपाधि चुमेको छ । अक्सफोर्डले भने उपविजेतामा चित्त बुझायो । प्रतियोगितामा कास्की मोर्डनाइज्ड एकेडेमी र श्री रत्नज्योति मावि तेस्रो भएको फुटसल प्रतियोगिताको संयोजक केशब शरण पौडेलले जानकारी दिए । यस अघि भएको प्रतियोगितामा न्यु ग्यालेक्सीले नेशल क्रियशनलाई ७–० ले, श्री रत्न ज्योतिले न्यू लेखनाथलाई २–० ले, कास्की मोडनाईज्डले गोर्खा इंगलिसलाई ५–० ले,… पुरा पढौ

गुप्तेश्वर क्याम्पसका एमबिएस विद्यार्थीको कालाबाङ्ग होमस्ट अध्ययन अवलोकन भ्रमण

पोखरा, मंसिर २०, गुप्तेश्वर महादेवबहुमुखी क्याम्पसका व्यवस्थापन संकाय (एमबिएस) दोस्रो तथा चौथो सेमेस्टरकाविद्यार्थीहरूले पोखरा–२२, पुम्दीभुम्दी मा अवस्थित कालाबाङ्ग घरेडी सामुदायिक होमस्टे क्षेत्रमा अध्ययन अवलोकन भ्रमण शनिबार सम्पन्न गरेका छन्।व्यवहारिक सिकाइका लागि आयोजना गरिएको भ्रमण मार्फत विद्यार्थीहरूले सामुदायिक पर्यटन, स्थानीय गतिविधि तथा होमस्टे सञ्चालनबारे प्रत्यक्ष अनुभव हासिल गरेका छन् । कालाबाङ्ग सामुदायिक होमस्टे घर नं. १ का सञ्चालक दम्पती नन्दा गुरुङ र रविन्द्र गुरुङले होमस्टेको स्थापना पृष्ठभूमि, संचालन प्रक्रियाका बारे जानकारी दिदै हाल १८ घरधुरी होमस्टे संचालन रहेको र यसमा मुख्यतः… पुरा पढौ

२१ औं लेखनाथ महोत्सवको तयारी तिव्र ः दिनहुँ छलफल र बैठक

लेखनाथ, १९ मंसिर, लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म हुने २१ औं संस्करणको लेखनाथ महोत्सव तयारी तीव्र पारेको छ । महोत्सव सम्पन्न गर्न १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरी विभिन्न उपसमितिसँगको छलफललाई तीव्रता दिइएको छ । महोत्सवमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भईसकेका छन् । कार्य सम्पादन, सुरक्षा व्यवस्थापन, सहकारी संस्था… पुरा पढौ

आइटिएफ जे३० टेनिस टुर पोखरा ः कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि, शिवालीले रचिन इतिहास

पोखरा, मंसिर २०, कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा युल हो जुङले श्रीलंकाका गानुका फर्नान्डोलाई रोमाञ्चक टाइब्रेकमा ६–२, ६–७(७) ले पराजित गर्दै उपाधि जिते । गल्र्स सिंगल्सतर्फ नेपालकी शिवाली गुरुङले ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि हात पारिन् । डबल्सतर्फ पनि युल र… पुरा पढौ