समाज

व्यापार मेलामा बालन नाच, सूचना प्रविधिबारे परिचर्चा

पोखरा, १८ मंसिर, पोखराको नयाँबजारमा जारी ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२ पोखरा’मा बिहीबार बालन नाच प्रदर्शन गरिएको छ । हराउँदै गएको बालन नाचको संरक्षण गर्न तथा नयाँ पुस्तालाई यो नाचबारे जानकारी दिन मेलामा बालनलाई प्राथमिकतासाथ प्रस्तुत गरिएको मेलाका सांस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य ललित कुँवरले बताए । बालन नाचको क्रममा भगवानका लीला र अवतारहरुको वर्णन गरिन्छ । यो नाचका गीतहरु रामायण,महाभारत,कृष्णचरित्र र पुराणहरुमा आधारित हुन्छन् । ती ग्रन्थमा… पुरा पढौ

२७ औं संस्करणको पोखरा सडक महोत्सव पुष १३ देखि हुने, यस बर्ष थप परिस्कृत गछौंः अध्यक्ष पौडेल

मंसिर १८,पोखरा, पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २७ औं संस्करणको पोखरा सडक महोत्सव हुने भएको छ । महोत्सवको तयारी तिब्ररुपमा अघि बढेको आयोजक रेवान पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । पुष १३ गतेदेखि १७ गतेसम्म लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रफलमा महोत्सवको आयोजना गरिने सो अवसरमा जानकारी दिइयो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नया वर्षको गन्तव्य स्थलका रुपमा… पुरा पढौ

अपाङगता भएका व्यक्ति सडकमा (भिडियो सहित)

अपाङगता भएका व्यक्तिहरुको ३४ औं अन्तराष्ट्रिय दिवसको अवसरमा पोखरामा निकालिएको प्रभात फेरीमा अपाङगता भएका व्यक्तिहरु सडकमा प्रभातफेरीमा सहभागि हुदै । पोखराको जिरोकिलोमिटरबाट सुरु भएको र्याली सृजनाचोक, सभागृहचोक हुदै पोखरा सभागृह परिसरमा पुगेर समारोहमा परिणत भएको थियो । https://www.youtube.com/watch?v=7ZFgd1iAnpM पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त कार्यक्रममा सम्बोधन गर्दै अपाङगता भएका व्यक्तिहरुले हकहितको लागि तीनै तहका सरकारले सहयोग गर्नुपर्ने बताउदै सरोकारवाला निकायले पनि यसमा बिषेश ध्यान दिन आग्रह गर्नुभयो । पुरा पढौ

पोखरा प्रर्दशनी केन्द्रमा औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक सुरु (भिडियो सहित) ,नेपालमा धेरै गर्न सकिन्छः महासंघ अध्यक्ष ढकाल

पोखरा, १७ मंसिर, पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उद्घाटनको क्रममा उनले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको पनि बताए । https://www.youtube.com/watch?v=eA4V17mzgww नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउँदै उनले त्यसका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब… पुरा पढौ

निट डेण्टल पत्रकारिता पुरस्कार’ प्रतिभा छनोट समिति गठन

पोखरा, १७ मंसिर, पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले स्थापना गरेको ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ का लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीप्रदेशले सञ्चालन गर्ने पुरस्कारका लागि बुधबार प्रतिभा छनोट समिति गठन गरिएको हो । फोनिज गण्डकीको बैठकले फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकी ईन्चार्ज रुद्र श्रीसमगर, अनुशासन समितिकी संयोजक मिना थापामगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर छन्… पुरा पढौ

पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोला भियतनामको युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागी हुने (भिडियो सहित)

पोखरा, पोखराबाट टेनिस खेल जीवन सुरू गरेका नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला भियतनाममा हुने युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुने भएका छन्। डिसेम्बर १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा उनी नेपालका एक मात्र प्रतिनिधि हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन उनले जनाएका हुन् । https://www.youtube.com/watch?v=jXUNokRYPx8 हाल अमेरिकामा अध्ययन सहित व्यावसायिक टेनिस खेल्दै आएका २३ वर्षीय बास्तोला अन्तर्राष्ट्रिय टेनिस महासङ्घ आइटिएफको विश्व वरियताका खेलाडी हुन् । आठ वर्षको उमेरमा पोखरामा टेनिस खेल्न सुरू गरेका बास्तोलाले तेह्र वर्षदेखि अन्तर्राष्ट्रिय… पुरा पढौ

आइटिएफ जे३० टेनिस टुर पोखरा जारी

पोखरा, १६ मंसिर, आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरामा जारी रहेको छ । मंगलबार ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का सिंगल्स तथा डबल्सतर्फ नेपाल सहित ६ देशका खेलाडीहरु बिच रोमाञ्चकपूर्ण खेलहरू प्रर्दशन भएको कास्की जिल्ला टेनिस संघले जनाएको छ । पोखरा रंगशालाको टेनिस कोर्टमा मंगलबार नेपाल सहित भारतीय, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेलाडी बीच दिनभर कडा प्रतिस्पर्धा भएको थियो । ब्वाइज सिंगल्सकै अन्य खेलमा निकुञ्ज खुराना (भारत) ले सेल्विन टिस युन वोंग (हङकङ) लाई ७–६(५), ३–६, ६–४ ले हराउनु… पुरा पढौ

पर्यटनबाटै आर्थिक समृद्धि हुने दाबी सहित गतिशील लोकतान्त्रिक पार्टीले पोखराका पर्यटन व्यवसायीसंग गर्यो छलफल (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १६ मंगलबार, नवगठित गतिशील लोकतान्त्रिक पार्टी (गतिलो) ले देशको आर्थिक समृद्धि र रोजगारी विस्तारको मूल मन्त्रसहित आफ्नो राजनीतिक यात्रामा निर्णायक मोड अघि सारेको छ । मंगलबार पोखरामा पर्यटन व्यावसायी र पत्रकारहरु बिच आयोजित छलफल–कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वले पर्यटनलाई ‘रोजगार तथा आर्थिक क्रान्तिको प्रमुख आधार’का रूपमा अघि सार्दै आगामी दशकमा वार्षिक ५० लाख पर्यटक भित्र्याउने महत्वकाक्षि लक्ष्य सार्वजनिक गर्नुभयो । https://www.youtube.com/watch?v=QYOj6BeXLC8 कार्यक्रममा बोल्दै पार्टीका संस्थापक सदस्य तथा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा)… पुरा पढौ

स्टेप–बाई–स्टेप मा.वि.को वार्षिक खेलकुद महोत्सव पोखरा रङ्गशालामा सुरु

पोखरा, पोखरा मासवारमा रहेको स्टेप–बाई–स्टेप माध्यमिक विद्यालयमा बार्षिक खेलकुद महोत्सव २०८२ आज पोखरा रङ्गशालामा विशेष समारोहका बीच सुरु भएको छ। विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, संस्थापक प्राचार्य निर्मला बराल, सह–प्राचार्य दिपक गिरी र को–अर्डिनेटर सूर्य प्रसाद लम्सालले संयुक्त रूपमा बेलुन उडाउँदै तीन दिने खेलकुद महोत्सवको उद्घाटन गर्नुभयो। महोत्सव अन्र्तगत सिनियर र जुनियर वर्गका विद्यार्थीहरू बीच फुटबल, क्रिकेट, टेबल टेनिस, बास्केटबल, कबड्डी, खो–खो, ब्याडमिन्टन, १००, २००, ४००, ८०० र १६०० मिटर दौड, ४×१०० मिटर रिले, म्युजिकल चेयर, चम्चा दौड, बेलुन फुटाई… पुरा पढौ

पोखरामा निट डेण्टल पत्रकारिता पुरस्कार स्थापना

पोखरा, १६ मसिर, पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमका बीच फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ… पुरा पढौ