
पोखरा, चैत १६,
स्याङ्जा जिल्ला अर्जुनचौपारी १ स्थायी घर भई हाल पोखराको गण्डकी मेडिकल कलेज हस्पिटलमा उपचारत ३२ बर्षिय बिमल पाण्डे विगत ५–६ वर्षदेखि दुबै मृगौला फेलियरको समस्यासँग संघर्ष गरिरहनुभएको छ। हाल उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र चिकित्सकको सल्लाहअनुसार भारतमा मृगौला प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको जनाइएको छ।
परिवारका अनुसार प्रत्यारोपणका लागि आवश्यक डोनर (दाता) भेटिएको भए पनि उपचार प्रक्रियाका लागि करिब १५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएकाले ठूलो आर्थिक अभाव सिर्जना भएको छ। सीमित आर्थिक स्रोतका कारण उपचार अगाडि बढाउन कठिनाइ भएपछि उहाँका साथीभाइ तथा आफन्तहरूले सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन्।
पाण्डेसँगै अध्ययन गरेका साथीहरूले सामाजिक सञ्जालमार्फत अस्पतालका प्रतिवेदन सार्वजनिक गर्दै “सानो सहयोगले पनि एउटा जीवन बचाउन सकिन्छ” भन्दै सहयोग गर्न आग्रह गरेका छन्। सहयोग गर्न इच्छुकहरूले इ–सेवा नम्बर ९८४६९४४८४० (बिमल पाण्डे) मा रकम पठाउन सक्नेछन्। त्यसैगरी, मुक्तिनाथ विकास बैंकमा रहेको बिमल पाण्डेको खाता नम्बर ०७९२१६००५३८१६४०००००१ मा पनि सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। साथै, क्यूआर कोडमार्फत समेत सहयोग गर्न सकिने बताइएको छ। साथीभाइहरूले उक्त सहयोग अपिललाई सकेसम्म धेरैसम्म साझा गरी मानवीय सेवामा सहयोग गर्न सबैमा आग्रह गरेका छन्।



