देश तथा समाज पत्रिका

नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण

नेशनल क्रियशन एकेडेमी पोखरा– ८ नागढु·ामा शैक्षिक तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको २०७९ को शैक्षिक तथा २०८० को अतिरिक्त क्रियाकलापको पुस्कार वितरण गरिएको हो । कार्यक्रममा शैक्षिक तर्फ ट्रफी र अतिरिक्त क्रियाकलाप तर्फ मेडल प्रदान गरिएको थियोे । कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल ज्ञानेन्द्र बहादुर थापाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि हर पल लागि रहेको बताए । ‘नयाँ नयाँ प्रविधिको विकास सँगै विद्यालयको पठन पाठनलाई पनि प्रविधि मैत्री बनाउदै गएका छौं’ संस्थापक प्रिन्सिपल थापाले भने,‘… पुरा पढौ

राम्चे–मैदान ग्रामिण सडकको निर्माणकार्य तिव्र

वर्खायाम नजिकिदै आउँदा पोखरा महानगर पालिका वडा नं. १९ मा स–साना योजनाका निर्माणले गति लिएका छन । वडा तथा महानगर स्तरिय टुक्रे योजना असार मसान्त अघि नै सम्पन्न गर्ने लक्ष्यका साथ उपभोक्ता समितिले कामलाई तिव्रता दिएका हुन् । वर्षायाममा काम गर्न समस्या हुने तथा निर्माण सामाग्री ढुवानीमा समेत समस्या हुने भएपछि समितिको क्रियाशिलता बढेको वताईएको छ । पोखरा महानगर पालिकावाट विनियोजित रकमवाट घार्मीको राम्चे, काउलेपानी हुदैं मैदान जोड्ने सडक निर्माणले पछिल्लो समय गति लिएको छ । केही समय अघिसम्म सुस्त… पुरा पढौ

उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न सांसद भट्टराईको माग

पोखरा ,चैत्र १८ कास्की निर्बाचन क्षेत्र न २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्त्व गर्ने सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही माग गरेकी छन् । आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै नजिता पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् । ‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए,’ उनले भनिन्, ‘तर उनीहरुले नतिजा होइन उत्तर पुस्तिका… पुरा पढौ

माछापुच्छे« परोपकार संस्थाको सहयोग तथा सम्मान कार्यक्रम

माछापुच्छे« परोपकार संस्था लाहाचोकले एक समारोहबीच विभिन्न प्रतिभालाई सम्मान तथा प्रोत्साहन गरेको छ ।संस्थाले शनिवार लाहाचोकका अग्रज समाजसेवी, युवा कृषक, खेलाडी, जेहेन्दार विद्यार्थी, ज्येष्ठ आमालाई सम्मान र घाइतेलाई सहयोग अर्पण गरेको छ । समारोहमा ज्येष्ठ समाजसेवीतर्फ हर्कबहादुर गुरुङ, प्रेमप्रसाद पौडेल, युवा कृषकतर्फ आनन्द अधिकारी, ओमप्रकाश अधिकारी, रमेश जिसी र खेलतर्फ सुजन नेपालीलाई सम्मान गरिएको थियो । सोही समारोहबीच संस्थाले झिझीर्का निवासी दुर्घटनाकी घाइते बबिता अधिकारीका लागि ४० हजार सहयोग हस्तान्तरण गरिएको थियो । संस्थाले महेन्द्र मावि लाहाचोककी छात्रा कुसुम नेपालीलाई… पुरा पढौ

‘अनलाईन एब्युज’विरुद्ध अभियानको घोषणा

राष्ट्रिय खेलकुद संघहरुको सहकार्यमा ‘अनलाईन एब्युज’बिरुद्धको राष्ट्रब्यापी अभियानको घोषणा गरिएको छ । ई स्पोर्ट्स संघ, नेपाल (ईशान) र नेपाल अटोमोबाईल्स एसोसियसन (नासा नेपाल)ले संयुक्त रुपमा मिलेर शनिबार यस अभियानको घोषणा गरेका हुन् । ई स्पोर्ट्स संघ नेपालको आयोजनामा शनिबार काठमाडौंमा दर्जन बढी खेल संघका पदाधिकारी बीच विश्वब्यापी रुपमा सुरुवात भएको अनलाईन एब्युजको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विश्वब्यापी रुपमा खेलकुदमा हुने अनलाईन एब्युज, यसले पारेको प्रभाव र यसबाट बच्न सकिने उपायका विषयमा छलफल गरिएको हो । कार्यक्रममा अनलाईन… पुरा पढौ

प्रदेश प्रमुख भट्टद्वारा महेन्द्र र चमेरे गुफा अवलोकन

गण्डकी प्रदेशका नव नियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले पोखराको प्रमूख पर्यटकीय स्थल महेन्द्र गुफा र चमेरे गुफाको अवलोकन गर्नुभएको छ। करिब ३ दशक पछि प्रसिद्ध महेन्द्र र चमेरे गुफाको अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गर्दै , गुफा क्षेत्रको विकासले फड्को मारेको वताउनु भयो। प्राकृतिक गुफालाई यसको पहिचान नमेटिने गरि संरक्षण गरिनुपर्नेमा जोड दिदै, प्रमुख भट्टले निर्माणाधीन संरचनाले थप आकर्षण दिने विश्वास ब्यक्त गर्नुभयो। स्थानीय विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा संचालित दुवै गुफाको विषयमा विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य एवम् महेन्द्र… पुरा पढौ

पोखरामा अनौठो बस दुर्घटनाः ठुलो क्षती हुनबाट बच्यो

शनिबार पोखरामा अनौठो बस दुर्घटनामा परेको छ । सायद यो दुर्घटना हुदा पोखरामा मानविय क्षती हुनबाट भने बच्न सफल भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २७, अर्चलेमा शनिबार बिहान करिब १०ः०० बजे ग १ ख ८६८० नम्बरको बस दुर्घटना हुँदा बसका चालक तथा सहचालक सामान्य घाइते भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचार पछि आज नै उनीहरु डिष्चार्ज भएको अस्पताल श्रोतले… पुरा पढौ

प्रतिभा माविमा विदाई कार्यक्रम

पोखराको पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयले १२ कक्षाका विद्यार्थीलाई शनिबार एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । कक्षा १२ को वार्षिक परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीका लागि विद्यालयले बिदाई कार्यक्रम आयोजना गरेको थियो । बिदाई कार्यक्रमका लागि कक्षा ११ का विद्यार्थीले संयोजन गरेका थिए । सांस्कृतिक कार्यक्रम सहित आयोजित बिदाई कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले बिदाई भई जाने अग्रज विद्यार्थीलाई आगामि दिनका लागि शुुभकामना दिएका थिए । प्रतिभा मावि संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले कक्षा ११ का विद्यार्थीले अग्रज कक्षा… पुरा पढौ

पश्चिमाञ्चल माविमा बिदाई

गैहपाटनस्थित पश्चिमाञ्चल माविले १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच बिदाई गरेको छ । कक्षा ११ का विद्यार्थीको संयोजनमा बिदाई कार्यक्रम आयोजना गरिएको हो । बिदाई कार्यक्रममा बोल्दै विद्यालयका दशजोड दुइका संयोजक देव क्षेत्रीले वार्षिक परीक्षाको पर्खाइमा रहेका विद्यार्थीले थप मेहनत गर्नुपर्ने बताए । उनले भविश्य उज्जवल बनाउनका लागि मेहनतको विकल्प नरहेको बताए ।विद्यालयका प्राचार्य सरोज कोइरालाले थप मेहनत गरेर अध्ययन गरेमा भविश्य उज्जवल हुने भएकोले अबको एकमहिना पढाईमा थप मेहनत गर्न विद्यार्थीलाई सुझाव दिए । बैशाखको मध्यदेखि कक्षा १२… पुरा पढौ

जो बस्छन् गाउँमा, उसैको स्वास्थ्य बीमा

जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १३ ले गाउँमा बस्ने नागरिकको स्वास्थ्य बीमा गरेको हो । शनिबार वडाले विजयपूर, खामघले, डिगाउँ र पोखरी स्वाराको स्थानीयको स्वास्थ्य बीमा गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार गाउँका ४० घर परिवारको एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गराइएको हो । बीमा गरेसँगै अब गाउँका नागरिकले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण गराउन पाउने उनले बताए । आफु भाषण भन्दा पनि काममा विश्वास राख्ने… पुरा पढौ