देश तथा समाज पत्रिका

प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य

प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्यलाई पाएको छ ।स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन् । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभव प्राप्त गरेका आचार्य यस अघि प्रदेश निति तथा योजना आयोगको सचिब संगै राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणमा समेत कार्यरत रहिसकेका छन् । पििरषदको संगठन संरचनाअन्तर्गत १६ जना स्थायी कर्मचारी… पुरा पढौ

कास्कीले जित्यो गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि

कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ । पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो । उपाधि बिजेता कास्कीले नगद रु ५० हजारसहित, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा तनहुँले नगद रु ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सेमीफाइनलमा तनहुँले बाग्लुङलाई ४५–४३ को झिनो अंकको जित हात पार्दै फाइनल प्रवेश गर्दा कास्कीले म्याग्दीलाई ४१–२८ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा तृतिय हुने दुई टिम म्याग्दी… पुरा पढौ

हेमजामा हुने असारे रोपाई महोत्सवको तयारी पूरा

पोखरा, १३ असार, देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवको तयारी पुरा भएको छ ।महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् । महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न… पुरा पढौ

भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सकियो

भरतपुर, असार १२ नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । असार १० गतेदेखि वी।पी कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सकिएको हो । महानगरपालिकाले आर्थिक वर्ष २०८१र०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पास गरेको छ । १५ औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र… पुरा पढौ

फेवातालमा बेपत्ता भएका युवाको शव भेटियो

दीननाथ बराल, पोखरा १२, असार, पोखराको फेवातालमा बेपत्ता भएका युवाको शव भेटिएको छ । बाग्लुङ्ग स्थायी घर भई हाल पोखरा–१८ खपौदी बस्दै आउनु भएको ३१ वर्षका सुक बहादुर मगरको आज पूर्वान्हः ५ः०० बजे फेवातालमा शव भेटिएको कालिका गण कास्कीका गणपति एसपि अरुण कुमार शर्माले बताउनु भयो । हर्पन खोलामा माछा मार्न जानु भएको उहाँ केही घण्टा देखि सम्पर्क विहिन भए पछि सबै तर्फ खोजीकार्य हुदा फेवातालमा रहेको एपिएफ रेस्क्यू वाच टावरको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले बेपत्ता भएका मगरको… पुरा पढौ

पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

पोखरा, १२ असार, पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको लेखक सापकोटाले बताए । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए । नेपाल… पुरा पढौ

गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवलाई

दीननाथ बराल, पोखरा १२, असार, त्रिभुवन आर्मी क्लवले पाँचौं गिरिजाप्रसाद कोईराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा बुधबार भएको फाइनल खेलमा आर्मीले अर्को विभागिय टोली नेपाल पुलिस क्लवलाई ५–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । आर्मीको जितमा प्रदिप राजवंशीले ४ गोल र दिपेन्द्र अयरले १ गोलको योगदान दिनु भएको हो । पुलिसका रोमन रानाले शान्त्वना एक गोल गर्नु भएको थियो । प्रतियोगिताको फाइनल खेलमा आर्मीका मनोज चौधरी म्यान अफ दी… पुरा पढौ

१९ औं असारे रोपाई महोत्सवमा भलिवल सहितका खेलकुद गतिविधि हुने

दीननाथ बराल,पोखरा १२, असार, १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा हिलोमा भलिवल सहितका विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । हिलोमा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । रस्सा कसी तर्फको प्रतियोगिताको विजेतालाई ५… पुरा पढौ

पहिरोमा पुरिएर पोखरा सहित कास्कीमा २ जनाको मृत्यु एक घाइते

दीननाथ बराल,पोखरा १२, असार, मंगलबार बेलुका देखि परेको अविरल बर्षाको कारण पोखरा सहित कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै जना बालबालिका रहनु भएको छ । बर्षाका कारण पहिरोमा परी पोखरा महानगरपालिका वडा नं.२७ आरूपाटाका ३ बर्षीय बालक अनमोल सुनार र कास्की मादी गाँउपालिका वडा नं. ५ चितेपानी बस्ने १३ बर्षीया बालिका आयुस्मा रानाभाटको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले बताउनु भयो । पोखरा २७ का स्थानिय हरी सुनारको ढुङ्गा माटोले बनेको २ कोठाको… पुरा पढौ

पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने

पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ ।उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो… पुरा पढौ