देश तथा समाज पत्रिका

सहकारीमा संकट ः राज्यले नियमन गरेन‘सहकारी कम्पनी चलाउन कलेक्सन काउन्टर बनाइयो’

पोखरा ५,फागुन सडक छेउमा मकै पोल्नेदेखि दैनिक ज्यालामजदुरी गर्नेहरुले भविष्यलाई साँचेर बचत गरेको रकम सहकारीले हिनामिना बनाएर बिचल्लीमा पारेको छ । सञ्चालक सहकारीको रकम कुम्लाएर फरार छन् । सहकारी संकटको समस्याले अहिले सडक र सदन तताइरहेको छ । सहकारी संकट विषयमा शनिबार पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा पनि वहस भयो । पूर्वन्यायाधीश गौरीबहादुर कार्की, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी अध्यक्ष ओमदेवी मल्ललाई पत्रकार जनार्दन बरालले सहकारीमा… पुरा पढौ

काई बर्ड ः ओपेनहाइमर नेपाल जस्ता देशका लागि सापेक्ष छ

दुई शक्तिशाली राष्ट्रबिच रहेको विकासउन्मूख देश हो नेपाल । भारत र चीन विश्व अर्थतन्त्रमा शक्तिशाली छन् । यही भू बनावटमा बसेको नेपाललाई हेरेर काई बर्ड भन्छन् ओपेनहाइमर नेपाल जस्ता देशका लागि सान्दर्भिक छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११ औं संस्करणको तेस्रो दिनको पहिलो सत्रमा काई बर्डसँगको कुराकानी प्रस्तुत गरिएको थियो । ‘बेष्टसेलरदेखि ब्लकबाष्टर ः द ओपेनहाइमर स्टोरी’ सत्रमा काई बर्डलाई सहजकर्ताको भूमिकामा पत्रकार कुन्दन दीक्षितले प्रश्न गरेका थिए । बर्डले लेखेको जीवनी ‘अमेरिकन प्रोमेथियसः द ट्राइम्फ एन्ड… पुरा पढौ

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारहरुलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यसकारण भएको हो’, प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘माथिबाट थिचेको थिच्यै गरेको छ । माथिबाट प्रदेशको अधिकारलाई कटौती गरेर तलबाट स्थानीय तहलाई उचाल्ने काम गरिरहेको छ ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको एघारौं संस्करणअन्तर्गत ‘प्रदेशका पीर’ विषयक सत्रमा गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य गुरुङले संघीयता कार्यान्वयनमा आफूले भोगेको सकसको पोको खोलेका हुन् । गुरुङले संघीयता कार्यान्यवनको दोस्रो… पुरा पढौ

केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता, गण्डकी प्रदेशको तयारी सुरु

पोखरा ५, फागुन नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी सुरु गरेको छ । केन्द्रिय राष्ट्रपति कप रनिङ शिल्डफागुनको अन्तिम साता गर्ने यस अघि राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । यहि फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भए पछि बैशाखमा धकेलिएको हो । यता केन्द्रियस्तरको प्रतियोगिता सर्ने निश्चित भए पनि प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका… पुरा पढौ

देशमा आर्थिक सुधार हुदै छः पूर्व अर्थमन्त्रीःपुन

दीननाथ बराल, पूर्व अर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव वर्षमान पुन(अनन्त) ले देशमा आर्थिक सुधार हुदै आएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पुनले देशमा खार्थिक सुधारका केही सकरात्मक प्रयासहरु भई रहेको दाबी गर्नु भएको हो । अघिल्लो बर्षको तुलनामा यस चालु आर्थिक बर्षको यो समय सम्ममा केही कम युवाहरु विदेशीयको, विदेश गएकाहरुले आफ्नो ज्ञान सिप लियर स्वदेशमै नयाँ उद्योग व्यवसायीमा लागेको उहाँले दाबी… पुरा पढौ

‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’

पोखरा ५, फागुन माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए । नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराँती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदिप पौडेल, रास्वपा नेतृ प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए । सहजकर्ता बसन्त बस्नेतले भर्खर खुलेको नयाँ पार्टीकी नेतृ सुमनालाई सोधे – तपाईं किन राजनीतिमा आउनुभयो ?उनले गठबन्धन गर्ने अनि… पुरा पढौ

नेपालका राजनीतिक दलभित्र लोकतन्त्रको अवस्था के छ ?

पोखरा ५, फागुन ०६२÷६३ जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको घोषणा भयो । त्यतिबेला आन्दोलनको अग्रभागमा रहेका दल नै अहिले सत्ताको भागदौड सम्हालिरहेका छन्, प्रतिपक्षमा छन् । कुनैबेला लोकतन्त्रका लागि संघर्ष गरेका मुख्य दल नै अहिले विभिन्न बहानामा पटकपटक विवादको घेराउमा छन् । यसको मुख्य कारण राजनीति र लोकतन्त्र सहअस्तित्वमा रहनु चुनौतीपूर्ण रहेको राजनीतिक विश्लेषक तथा आइआइडिएस सेन्टर फर गोभरनेन्सकी निर्देशक डा. सुचेता प्याकुरेल बताउँछिन् । ‘लोकतन्त्रले सबै समान हुन् भन्छ भने राजनीति यसको उदयको कालदेखि नै पदक्रममा आधारित रहेको छ’,… पुरा पढौ

निराशाजनक विकास खर्चको जिम्मेवार को ? पूर्व अर्थमन्त्री !

पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा नेपालमा ७० प्रतिशतभन्दा बढी विकास खर्च हुन सकेको छैन । हरेक वर्ष सरकारले निश्चित विकास खर्च गर्ने लक्ष्य राखेको हुन्छ । तर, लक्ष्यअनुरूपको उपलब्धि भने कहिले भेटाउन सकेको देखिँदैन । अघिल्लो आर्थिक वर्षमा ६१.१७ प्रतिशत विकास बजेट खर्च भएको थियो । यो आर्थिक वर्षको पहिलो ६ महिना बितिसक्दा पनि विकास खर्च २१.४ प्रतिशतमा सीमित छ । सरकारले किन विकास गर्न सक्दैन ? यसको जिम्मेवार अर्थमन्त्री हुनुपर्दैन ? भन्ने प्रश्नमा अर्थमन्त्री भइसकेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले… पुरा पढौ

बालोदय र शान्ति निकुन्ज वडा अध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधिको लागि भिड्ने

पोखरा ५, फागुन शान्ति निकुन्ज र बालोदय बोर्डिङ स्कुल पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधिको लागि फाइनल खेलमा प्रतिष्प्रर्धा गर्ने भएका छन्। ड्याम साइड क्लवको आयोजनामा पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा भोलि(आइतबार) दिउँसो २ः३० बजे फाइनल खेल हुने भएको क्लवले जनाएको छ । फाइनल खेल हुनु पूर्व सन्ध्यामा आइतबार दिउँसो क्लवको भेट्रान टिम र पोखरा महानगरपालिका वडा नम्बर १७ का जनप्रतिनिधि तथा कर्मचारी बिचको मैत्रिपूर्ण फुटवल खेल हुने भएको… पुरा पढौ

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावकको बर्चश्व

पोखरा ५, फागुन १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याका धावकहरुले वर्चस्व रहेको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन् । म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो भए । त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले… पुरा पढौ