
पोखरा ९, बसपार्कमा अवस्थित सहारा बाल आधारभूत विद्यालयमा एक कार्यक्रमका विच पोखरा, १७ विरौटा निवासी समाजसेवी सुवेदारनी धन कुमारी गुरुङले ४३ इन्चको स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । विपन्न तथा अव्यवस्थित वस्तिका २७० बालबालिकाहरु अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकाहरुलाई प्रविधीमैत्रीरुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको दाता गुरुङले बताउनुभयो ।
मातातिर्थ औँशीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा वोल्दै सुवेदारनी धन कुमारी गुरुङले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना सहित आशिर्वाद समेत व्यक्त गर्नुभयो । दाता गुरूङ सञ्चारकर्मी, व्यवसायी सपना गुरुङकी आमा हुन् ।
पोखरा(९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् सोहि कार्यक्रममा प्रमुख अतिथि मर्सानीले विद्यालयको शैक्षिक एवम् भौतिक अवस्थाको बारेमा चासो व्यक्त गर्दै दाता गुरुङ परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
साथै सो विद्यालयको नर्सरी कक्षा र बैठक कक्षमा कार्पेट वडा कार्यलयले व्यवस्था गरेकोमा खुशी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले सम्पूर्ण दाताहरुको सहयोगले विद्यालय अझ माथि पुग्ने धारणा राख्नु भयो । विद्यालयको प्रथना समयमा रहेको कार्यक्रममा वडा सदस्य नन्दराम गिरि, अग्रज फोटो पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णू सुवेदीको समेत उपस्थिति रहेको कार्यक्रम विद्यालयका शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेका थिए ।