देश तथा समाज पत्रिका

मंसिरमा पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने

पोखरा २८, असोज पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने भएको छ । बैदाम तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने (प्राण प्रचिष्ठा) —२०८० नाम दिइएको छ । आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म हुने उक्त पूजा कार्यक्रममा धर्मगुरु ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछेको उपस्थिति रहने छ । विश्व शान्ति पूजामा प्रज्ञा पारामिता र त्रिपिटक काग्युर पाठ वाचन हुने जानकारी गराइएको छ । १०८ जना लामा गुरुबाट लगातार ८… पुरा पढौ

होमस्टे महासंघ नेपालको अध्यक्षमा प्रेमशंकर मर्दिनिया उपाध्यक्षमा प्रकाशचन्द्र गुरुङ्ग

जीवन बराल असोज २८ पोखरा । देशभरका होमस्टेहरुको छाता संगठन होमस्टे (घरबास) महासंघ नेपालको चौथो अधिवेशनबाट अध्यक्षमा प्रेमशंकर मर्दिनिया सर्वसम्मत चयन भएका छन् ।असोज २६ र २७ गते चितवनको माडीमा भएको अधिवेशनले आगामी ४ बर्षका लागि मर्दिनियालाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । उनी नवलपरासीमा रहेको अमलटारी होमस्टेका अध्यक्षसमेत हुन् । ५१ सदस्यीय केन्द्रीय समितिमा ६ जना उपाध्यक्ष, १ महासचिव, १ जना सचीव, १ जना कोषाध्यक्ष र ४१ जना सदस्य चयन गरिएको छ । उपाध्यक्षहरुमा बाबुराजा महर्जन, धनिश्वर… पुरा पढौ

पोखरामा दीप प्रज्वलन

पोखरा २८, असोज ईजराईलमा ज्यान गुमाएका नेपालीहरुको स्मृतिमा पोखरामा दीप प्रज्वलन गरिएको छ । ईजराईलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरुको स्मृतिमा पोखराको पृथ्बीचोक, बगर, महेन्द्रपुल लगायतका स्थानमा दीप प्रज्वलन गरिएको हो । हमासको आक्रमणमा परेर ईजराईलमा काम गर्न गएका १० जना नेपालीको ज्यान गएको थियो । अन्य केहि घाइते भएको नेपाल सरकारले जनाएको छ । घाईते मध्ये केहि स्वदेश फर्किसकेका छन् भने गम्भीर घाईते केहिको ईजराईलमै उपचार भइरहेको छ । नेपाल सरकारले केहि दिनअघि विमान चार्टर गरेर ईजराईलमा रहेका… पुरा पढौ

गल्फ संघ गण्डकीमा विष्ट, जिल्लामा गुरुङ चयन

जीवन बराल पोखरा २८, असोज गण्डकी प्रदेश गल्फ संघको अध्यक्षमा मुस्ताङका इन्द्रधारा विष्ट निर्वाचित हुनु भएको छ । पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको पहिलो अधिवेसनले गण्डकी प्रदेशका पुर्व सांसद एवं एम्योचर गल्फर विष्टलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । त्यसै गरी समितिको उपाध्यक्षमा रमेश गुरुङ र सुनिता राणा तथा सचिवमा सन्तोष गुरुङ र कोषाध्यक्षमा राजु थकाली चयन हुनु भएको छ भने सदस्यहरुमा बुद्धिमान गुरुङ, बलराम थापा, जुनी गुरुङ र जुनकाजी गुरुङ सर्वसम्मत चयन हुनु भएको हो ।… पुरा पढौ

कलाकार संघको शुभकामना आदानप्रदान

अशोज २८, पोखरा पोखरा सांगितिक कलाकार संघले विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संस्थाका पदाधिकारी र सदस्य विच शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ्ग भाइले नेपालीहरुको महानपर्व विजयादशमीको अवसरमा शुभकामना व्यक्त गर्दै कलाकारहरुमा सृजनशिलता सदैब कायम रहोस भन्नुभयो । उहाँले हालै सम्पन्न इन्टर कलेज ब्याण्ड च्यालेञ्ज सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यबाद दिनुभएको छ । पुर्व अध्यक्ष श्यामसुङ्ग तामाङ्गले दशैंको शुभकामना व्यक्त गर्दै कलाकारलाई यस्ता चाडले अझै रचनात्मक बनाउने बताउनुभयो । संस्थाका… पुरा पढौ

र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने रु’ बारे छलफल

पोखरा २८, असोज र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने रु किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यस पटक आफ्नै उद्देश्यसँग मिल्दो शीर्षकमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमका वक्ता साहित्यकार सरुभक्तले जे पढे पनि पढ्नु नै महत्त्वपूर्ण रहेको भनाइ राखे । ‘धेरै पढ्नु महत्त्वपूर्ण कुरा होइन, पढेको कुरालाई मनन गर्न सक्नु महत्त्वपूर्ण कुरा हो ।’ सरुभक्तले भने, ‘पढाइले मानिसलाई ज्ञानी मात्र बनाउँदैन, आग्रही पनि… पुरा पढौ

विजयपुर खोलामा रहेको पुलको विकल्प खोज्न सुझाव

लेखनाथ,२६असोज लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरुले पृथ्वी र सिद्धार्थ राजमार्ग स्तरोन्नतिमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले स्तरोन्ततिमा भएको ढिलाइले लेखनाथबासीको स्वास्थ्यमा गम्भीर असर परेको पनि जिकिर गरिएका छन् । ९ जना पूर्वअध्यक्षहरुले शुक्रबार विज्ञप्ति जारी गर्दै मुग्लिनदेखि पोखरासम्मको सडक स्तरोन्तति कार्यमा तीव्रता दिन ठेकेदार कम्पनी र सहजीकरणका लागि सडक डिभिजन कार्यालयसहित नेपाल सरकारसँग जोडदार माग गरेका छन् । मुग्लिन–पोखरा सडक स्तरोन्नतिको जिम्मा दुई चिनियाँ कम्पनीले पाएका छन् । आउँदो साउनभित्र सक्नुपर्ने गरी ठेक्का लिएका ती कम्पनीहरुको काम… पुरा पढौ

विना र आभालाई लक्ष्मण र चन्द्रको उडी उडी चुप्पा

काठमाडौं, २७ असोज युवा पुस्तामाझ भाइरल थेगो उडी उडी चुप्पा बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् । ुसार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको गज्जबको रोमान्स प्रस्तुत गरेका छन् । गीतको भावसँग मिल्ने गरि मोडल छनौट र कोरियोग्राफिको डिजाइन गरिएको हो । युवा पुस्तामाझ चर्चित थेगोमा… पुरा पढौ

मुस्ताङका भेंडा–च्यांग्रा पोखरामा सुरु भयो बिक्रि गर्न

दीननाथ बराल पोखरा २७ असोज हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ५ हजार ७ सय वटा भेंडा च्यांग्रा निकासि भएका छन्। नेपालीहरुको महान पर्व वडा दशैंको अवसरमा बिक्रि गर्ने उद्धेश्यले मुस्ताङमा शनिबारसम्म ५ हजार ७ सय वटा भेंडा च्यांग्रा निकासि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले बताउनु भयो । केही दिन देखि सुरु भएको भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण हालसम्म जारी रहेको उहाँले बताउनु भयो । प्रति भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गर्दा १५ रुपैया शुल्क लाग्ने गरेको छ… पुरा पढौ

महानगरको पहिलो चरणको सफाइ अभियान सम्पन्न

पोखरा, २७ असोज पोखरा महानगरपालिकाको व्यवस्थापनमा सप्ताहव्यापी सफाइ अभियान शनिवार सकिएको छ । अभियानका क्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा सरसफाइका कार्यक्रमहरू गरिएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ । अघिल्लो शनिवार पोखरा १९ लामाचौर स्थित प्रसिद्ध शक्तिपिठ अकलादेवी मन्दिर परिसरबाट सुरु गरिएको पहिलो चरणको सफाइ अभियान पोखरा १३ मियाँपाटन स्थित जामे मस्जिदे अक्सा परिसर सरसफाइसँगै टुङ्गिएको हो । यद्यपि, महानगरपालिकाको नियमित सफाइको कार्य भने जारी नै रहनेछ । नजिकिँदै गरेको चाडपर्वको पुर्वसन्ध्यामा धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरू मठमन्दिरहरू, मस्जिद, गुम्बा… पुरा पढौ