देश तथा समाज पत्रिका

मच्छिन्द्रलाई पराजित गर्दै जाउलाखेल आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइलनमा

पोखरा ११, माघ मच्छिन्द्र क्लवलाई पराजित गर्दै जाउलाखेल युथ क्लव पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइलनमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा विहिबार भएको तेस्रो प्रिक्वार्टरफाइनलमा जावलाखेलले मच्छिन्द्रलाई १–० गोल अन्तरले पराजित गरी अन्तिम आठमा यात्रा बनाएको हो । खेलको ३८ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले निणार्यक गोल गरे । विपक्षी टिमका एक डिफेण्डर सहित गोलरक्षक विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै हिसुबले उत्कृष्ट गोल गरे । जावलाखेलले माघ १५ गते मनाङ… पुरा पढौ

राष्ट्रियसभा निर्वाचन गण्डकीम १५ प्रतिशत मत खस्न बाँकी, उपप्रधान तथा गृह मन्त्री श्रेष्ठद्धारा निर्वाचनको अवलोकन

दीननाथ बरालपोखरा, ११ माघ राष्ट्रियसभा सदस्य निर्वाचन—२०८० अन्तर्गत गण्डकी प्रदेशमा अब करिब १५ प्रतिशत मात्र मत खस्न बाँकी रहेको छ । आज विहान ९ः बजे देखि सुरु भएको मतदान कार्यक्रममा यो समाचार तयार पर्दासम्म (विहान ११ः३५ बजे) हालसम्म करिब ८५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानले पोखराक्लिकलाई बताउनुभयो । अब करिब १५ प्रतिशत मात्र मत खस्न बाँकी रहेको उहाँले जनाउनु भयो । उहाँका अनुसार हालसम्म प्रदेशसभा सदस्यको ५१ मत र स्थानीय तहबाट १ सय ५३ मत… पुरा पढौ

पोखरामा प्रथम पुन हिल कप खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता हुने

दीननाथ बरालपोखरा १०, माघ, पोखरामा प्रथम पुन हिल कप खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । पुन समाज नेपालको आयोजनामा यही माघ १५ देखि १९ गतेसम्म पोखरामा प्रथम पुन हिल कप खुल्ला क्लब स्तरीय पुरुष÷महिला÷प्रौढ÷भलिबल प्रतियोगिता आयोजना गर्ने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । बिशेष गरी तीन इभेण्टमा हुने भलिवल प्रतियोगिता अन्र्तगत खुल्ला क्लब स्तरीय पुरुष भलिबल तर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय… पुरा पढौ

राष्ट्रिय बाणिज्य बैकको ५९ औं बार्षिकोत्सव , समन्वयको अभावले विकास हुन सकेनः मन्त्री आले

दीननाथ बराल पोखरा १०, माघ गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले तीन तहका सरकार प्रति समन्वय हुन नसकेको दाबी गर्नु भएको छ । राष्ट्रिय बाणिज्य बैकको ५९ औं बार्षिकोत्सव समारोहको अवसरमा पोखरामा बुधबार वोल्दै मन्त्री आलेले संघियताको मर्म र भावना अनुसार तीन तहका सरकारको समन्वय, सहकार्यको अभावले आर्थिक विकास हुन नसकेको दाबी गर्नु भएको हो । गण्डकी प्रादेशीक कार्यालय पोखरा नयाँबजारमा बुधबार आयोजित उक्त समारोहमा वोल्दै मन्त्री आलेले अर्थतन्त्र चलायमान बनाउनु पर्नेमा स्थानिय, प्रदेश र संघिय सरकारको उचित ढंगले… पुरा पढौ

सराङकोट ग्यारजातीमा बोलेरो जिप दुर्घटना परी चालकको मृत्यु, २ जना घाइते

सागर सुनारपोखरा १०, माघ पोखरा १८ को सराङकोट ग्यारजातीमा बोलेरो जिप दुर्घटनामा परी चालकको उपचारकै क्रममा मृत्यु भएको छ । चिसाखोला (बेदबृद्दाश्रम मुनि) बुधबार बिहान करिब ९ः१५ बजे ग ३ च २६०३ नम्मबरको जिप दुर्घटना हुँदा जिप चालक ग्यारजातीका ४९ बर्षीय कृष्ण बहादुर थापाको उपचारकै क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । चालक थापाको करिब आधा घण्टाको प्रयास पछी रुखमा च्यापिएको अवस्थाबाट उद्धार गरि अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारकै क्रममा बिहान १०ः२० मा अस्पतालले उनलाइ… पुरा पढौ

हेमजाका राष्ट्रिय प्रतिभा सम्मानित

१०,, माघ पोखरा, शिक्षासेवी टीकाराम बास्तोलाको स्मृतिमा हेमजाका राष्ट्रिय प्रतिभा सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा भाषासेवी मुकुन्दशरण उपाध्याय, प्यारासुट जम्प गर्ने पहिलो साहसी महिला अन्नपूर्णा कुँवर, हेमजाका व्यावसायिक कृषक शोभाकर तिम्सिना, साहित्यसेवी कृष्ण उदासी, र मानवसेवा आश्रम पोखरा–२५ रहेका छन् । उनीहरूलाई १२ हजार एकसय पाँच नगद राशिसहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिना, टीकाराम बास्तोला स्मृति कोषका संस्थापकद्वय डा. दिनेश बास्तोला, ई. रमेश बास्तोला र संस्थाका अध्यक्ष बलराम पौडेलले संयुक्त रूपमा… पुरा पढौ

सूर्य नेपाल इस्टर्न ओपन सुरुपहिलो दिन शुक्रलाई एक स्ट्रोकको अग्रता

धरान, माघ १० सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३(अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन। डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तीमा १ स्ट्रोकले पछि पारे। २(अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन। एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे। उनीहरूले १(अन्डर ६९ स्कोर गरे। पुर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन(पार ७० सहित पाँचौ स्थानमा… पुरा पढौ

पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने

चितवन, माघ १० स्थानीयको चर्को विरोधपछि स्थगित भएको पूर्व पश्चिम रेलमार्गको भरतपुर खण्डको नयाँ रुटको अध्ययन गरिने भएको छ । अध्ययनका लागि रेल विभागको महानिर्देशक रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको प्राविधि टोली बुधबार भरतपुर आइपुगेको छ । पुस २८ गते भरतपुर महानगरपालिकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको उपस्थितिमा चितवनका सरोकारवालासँगको बैठकले वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने निष्कर्ष निकालेको थियो । विकल्पमा प्रस्तुत गरिएको २ रुट टिकौली… पुरा पढौ

वडा अध्यक्ष सुवेदीद्वारा विश्वशान्तिका विद्यार्थीलाई पोशाक

पोखरा १०, माघ कास्कीको रूपा(५, देउरालीका ५० जना विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । रूपा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले जनप्रतिनिधि भएबापत आफूले पाउने सम्पूर्ण रकम जनसेवामा खर्च गर्ने प्रतिबद्धता जनाएअनुसार विद्यार्थीहरूलाई पोशाक वितरण गरेका हुन् । सुवेदीले यसअघि पनि चण्डी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेका थिए । उनले गत आर्थिक वर्षमा आमा समूह, युवा क्लब, टोल सुधार समिति, युवा… पुरा पढौ

आर्मी २३ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश

पोखरा १०, माघ त्रिभुवन आर्मी क्लब २३ औं आहारारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । आज (बुधबार ) पोखरा रंगशालामा भएको दोश्रो प्रि क्वाटरफाइनल खेलमा राइजिङ स्टार क्लवलाई १–० को गोल अन्तरले हराउँदै आर्मी अन्तिम आठमा यात्रा तय गरेको हो । आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गरे । खेलको २७ औं मिनेटमा क्रसबललाई पेनाल्टीबक्सबाट डाइभिङ गर्दै उनले उत्कृष्ट गाचेल गरे । आर्मीले माघ १४ गते संकटा क्लब सँग सेमिफाइनल यात्राको लागि भिड्ने भएको खेल संयोजक पूर्ण बहादुर… पुरा पढौ