देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भयर लाग्छ ः मन्त्री गिरी

-


     पोखरा क्लिक     
     चैत्र २६ गते २०८० मा प्रकाशित


नेपाल सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भयर लाग्ने बताउनु भएको छ । प्रेस चौतारी कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गिरीले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्ने बताउनु भएको हो ।

देशको सुशासन, धराशायी हुदा अर्थतन्त्र र विकास निर्माणले गती लिन नसकेको दाबी गर्दै मन्त्री गिरीले व्यवसायी संकटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेकोे उल्लेख गर्नु भयो । उहाँले केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटाउन सरकार र दलहरुप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन एमाले सरकारमा गएको प्रष्ट्याउनु भयो ।

नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने गरी काम गर्ने उहाँको भनाई छ ।

वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसदमा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई निर्देशन दिनु भयो । सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्नेमा उहाँको जोड छ ।

सघं सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरीले बताउनु भयो ।

मन्त्री गिरीले सभामुखलाई पनि दलकै सदस्य मानेर सरकारमा दाबी गरिएको विषयलाई अन्यथा लिन आवश्यक नरहेको प्रतिकृया दिनु भयो । मन्त्री गिरीले भएका सांसदको बहुमतको अभिमत भएकाले त्यसलाई अन्यथा लिन आवश्यक नरहेको भन्दै चित्त नबुझेमा कसैले फरक मत राख्न पाउने उहाँको भनाइ थियो ।