दीननाथ बराल,
पोखरा २६, चैत,
हिमालपारीको जिल्ला मुस्ताङमा घुम्न गएका पर्यटकहरुले होटल नपाएको गुनासो गर्नु भएको छ । काठमाण्डौं देखि केही दिनको लागि मुस्ताङ जाने क्रममा मुस्ताङमा होटल रुमहरु सहज ढंगले नपाएको कलाकार तिलक बस्नेतले बताउनु भयो ।
उहाँले भन्नु भयो “हामी सुटिङ गर्नको लागि सहित मुस्ताङमा घुमघामको लागि काठमाण्डौंबाट पोखरा हुदै मुस्ताङ तर्फ लाग्दै गर्दा होटल बुझेकोमा सहज ढंगले मुस्ताङको मार्फा, लेतेमा होटल नपाए पछि बल्लबल्ल जोमसोममा एउटा होटलमा बस्ने भएका छौं । ” आफुहरुसंग २५ जनाको टिम भएको बताउदै कलाकार बस्नेतले काठमाण्डौं पोखराको बाटोको कारणले गर्दा पनि धेरै सास्ती भोग्नु परेको गुनासो गर्नु भयो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिक तिर्थ स्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा सोमबार दर्शन गर्न जानेहरुको अध्याधिक भिड भएकोले हिजो र आज होटलमा रुम नपाउने समस्या भएको स्थानिय होटल व्यवसायी योगेश शेरचनले बताउनु भयो । होटल मुस्ताङ लजका संचालक शेरचनले हिजो होटलमा रुम नपाए पछि करिब १ सय जना पर्यटकहरुलाई सामुदायिक भवनमा व्यबस्थापन गरिएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।
कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको आइतबार बिहानैदेखि भिड लागेको थियो भने मुस्ताङ गएकाहरु एक दुइृ दिन बस्न थालेकोले होटलमा हाल अकुपेन्सि शच प्रतिशत जस्तै भएको स्थानिय होटल व्यवसायीहरु बताउनु हुन्छ । “चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वासका कारण कागबेनीमा पिण्डदान गर्नेहरुको भिडभाड भएको थियो ।
हिजो र आज मुस्ताङ जाने र आउनेको भिडभाड भएकोले गर्दा बाटोमा पटक पटक सडक समेत जाम हुन थालेको स्थानिय सन्तोष भुजेलले बताउनु भयो । म्याग्दीबाट करिब ३ घण्टामा जोमसोम पुगिन्छ भने हाल जामका कारण दोब्बर समय लागेको उहाँले जनाउनु भयो । मुस्ताङमा सामान्यतया ५ हजार भन्दा बढी पर्यटकहरु उकै पयटक जादा होटल तथा खाजा तथा खानामा समस्या हुने गरेको छ । नेपाली नयाँ बर्षको अवसरमा मुस्ताङमा घुमघाममा निस्कन थालेकोले पनि अब मुस्ताङमा पर्यटकहरुको चहल पहल सूरु भएको स्थानियले बताउनु भयो । नेपालकै पर्यटनको राजधानि पोखरा क्षेत्रमा भने हाल होटल अकुपेन्सि ५० प्रतिशत रहेको छ ।
होटल संघ पोखरा नेपालले यही चैत ३० दखेखि १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको फेवा नव बर्ष महोत्सवको अवसरमा संघले होटल आवासमा २० प्रतिशत छुटको व्यबस्था गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । उहाँले पोखरामा नयाँ बर्ष मनाउनको लागि पर्यटकहलाई आव्हान गर्नु भएको छ ।