देश तथा समाज पत्रिका

कारागारका महिलालाई निःशुल्क सेनेटेरी प्याड, युरोगार्ड लगायत सहयोग

महिला पर्यटन व्यवसायी मञ्च (ध्इत्भ्ँ) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा रहेका महिलाहरूलाई आज सेनेटरी प्याड, म्याट्रेक्स तथा युरोगार्ड वितरण गरिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कारागाराका महिलालाई सेनेटेरी प्याड लगायतका समाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीले जानकारी दिनुुभयो । उहाँका अनुुसार महिलाहरूलाई अत्यावश्यक सेनेटरी प्याड एक हजार २०० थान, म्याट्रेक्स एक रोल र युरो गार्ड एक थान हस्तान्तरण गरिएको हो । मञ्चका अध्यक्ष उमा रेग्मी भण्डारीको अध्यक्षता एवम् मञ्चका संस्थापक अध्यक्षतामा जमुना… पुरा पढौ

कास्कीद्वरा प्रदेश स्तरीय हक्की प्रतियोगिताको उपाधी रक्षा

पोखरा, ८ असार, प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा दुईदिन सम्म भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधी कास्की जिल्लाले जितेको छ । पोखराको रामवजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिवार भएको फाईनलमा वागलुङ्लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी रक्षा गरेको हो । गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहूँलाई पराजित गर्दै उपाधी जितेको थियो । दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन

तेस्रो सस्करणको गण्डकी प्रदेशस्तरीय आर्चरीमा कास्की च्याम्पियन भएको छ । पोखरामा शनिबार सम्पन्न प्रतियोगितामा कास्कीले कुल ७ पदक प्राप्त गर्दै च्याम्पियन भएको हो । प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ३ काश्य गरी कुल ९ पदकका लागि भएको प्रतिस्पर्धामा कास्की ३ स्वर्ण, २ रजत र २ काश्य पदक प्राप्त गरी च्याम्पियन हुँदा बागलुङ १ रजतका साथ दोस्रो हुँदा म्याग्दी १ काश्य पदकका साथ तेस्रो बन्न सफल भएको छ । पोखरा रंगशालास्थित आर्चरी खेल मैदानमा भएको रिकर्व मेन्स सिंगल्सतर्फ कास्कीका अशिम… पुरा पढौ

नेपाली भाषामा लडाई चलिरहेको छ ःअधिकारी

पोखरा ८ जेठ ÷ गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दे अधिकारीले सो कुरा बताएका हुन्। उनले भने , भाषामा व्याकरण विदहरुले अराजतकता भएको टिप्पणी गर्छन् । तर, अराजकताले कहिलेकाही नयाँ कुरा पनि निकाल्ने बताए । प्रदेश संघ र स्थानीय सरकार जनप्रतिनिधिसगँ जनताको अपेक्षा धेरै रहेको भन्दै जनताले अहिले आक्रोस पोख्नु स्वभावीक हो । तर आफु अहिले काम वाटै… पुरा पढौ

पर्यटनको विकासबाट मुलुकको आर्थिक समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा, ८ असार, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पर्यटनको प्रचुर श्रोत भएको नेपालले पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हाँसिल गर्नसक्ने बताउनुभएको छ । पोखराको नोवेल एकेडमीले भारतको एसएसपीजी कलेज, सहाञ्जपुरको सहकार्यमा पोखरामा शनिबार आयोजना गरेको धार्मिक पर्यटनः वर्तमान समयमा चुनौती र अवसरहरू सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै प्रदेश प्रमुखले यस्तो बताउनुभएको हो । ‘पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले पर्यटक भित्रन ठूलो सहयोग गर्ने विश्वास लिएको छु’ उहाँले भन्नुभयो – ‘विद्वत एवं प्रवुद्ध वर्ग सहभागी यस्ता… पुरा पढौ

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय ः मन्त्री थापा

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले आयोजना गरेको दोस्रो एडभेन्चर फेस्ट—२०८१ को समापन कार्यक्रममा आज बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले बालबालिकाका लागि स्काउटले प्रदान गर्दै आएको शिक्षा उपयुक्त रहेको उल्लेख गरे । “समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको समयमा स्काउटले बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्नु सह्रानिय काम… पुरा पढौ

शहिद लखन गाउँपालिकाको बजेट ६० करोड ७ लाख

दीननाथ बराल,पोखरा ७, असार, गोर्खाको शहिद लखन गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को लागि ६० करोड ७ लाख ४४ हजारको बजेट प्रस्तुतः गरेको छ । शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले शुक्रबार गाउँसभाको १५ औं बैठकमा आउदो बर्षको लागि उक्त बजेट प्रस्तुतः गर्नु भएको हो । उक्त बजेट चालु आर्थिक बर्ष भन्दा ६.२ प्रतिशत कम विनियोजन भएको उहाँले जनाउनु भयो । चालु तर्फ ७५.८६ र पूँजीगत तर्फ २४.१३ प्रतिशत रकम विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ । २.६ प्रतिशत रकम आर्थिक… पुरा पढौ

स्वस्थ जीवनशैलीका लागि योग र साधना अपरिहार्य छ मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हरेक ब्यक्तिकालागि योग र साधना सँधै अपरिहार्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय दूतावासको आयोजनामा पोखरामा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले भने ‘आजको दिनमा योगको महत्व झनै धेरै छ, तनावबाट मानिसलाई मुक्त गराउन योग, ध्यान र साधन जरुरी छ ।’ योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ । योगले मानिसको जीवनशैली अनुशासित बनाउनुका साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न मद्दत पुग्ने मुख्यमन्त्री… पुरा पढौ

गोरखकाली रबर र भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन माग

पोखरा, ७ असार, गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले गोरखास्थित गोरखकाली रबर उद्योग र नवलपुरस्थित भृकुटी कागज कारखाना पुनः सञ्चालनमा ल्याउन उनले माग गरेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै नेकपा एमाले सांसद केसीले प्रदेशका दुई ठूला उद्योग बन्द रहेको र यसमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए । ‘मुख्यमन्त्रीज्यूकै गृहजिल्लाको उद्योग हो । यसलाई पुनः सञ्चालन गर्न सके दीर्घकालमा प्रदेशलाई लाभ हुन सक्छ,’ उनले थपे, ‘संघ सरकारले हेर्ने भएपनि यो उद्योग पुनः सञ्चालनका लागि प्रदेश सरकारको… पुरा पढौ

पोखरामा स्केटबोर्ड प्रतियोगिता

पोखरा, ७ असार नेपाल स्केटबोर्ड संघको आयोजनामा पोखरामा शुक्रबार ११ औं जिल्ला स्तरीय खुल्ला स्केटबोर्ड प्रतियोगिता भएको छ ।विश्व स्केटबोर्ड दिवसको अवसरमा आयोजित प्रतियोगितामा समिर भण्डारी प्रथम भए । सुमित गुरुङ द्वितिय र अनिस गुरुङ तृतिय भएको प्रतियोगिता संयोजक तारानाथ अधिकारीले जानकारी दिए । प्रथम भएका समिरले स्केटसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । द्वितिय भएका सुमितले स्केट ट्रक र तृतिय बनेका अनिसले सेफ्टी प्याडसहित मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगिता संयोजक अधिकारीका अनुुसार स्केटबोर्ड ट्रिक्समा पेम्थिलिङ शेर्पा प्रथम,… पुरा पढौ