देश तथा समाज पत्रिका

पोखराको लेकसाइडमा होली पर्वको रौनक (फिचर फोटो) सहित

दीननाथ बराल, विदेशी पर्यटक पनि रंगिदै रमे, नेपालको पर्यटनको राजधानि पोखरामा आइतबार स्वदेशी तथा विदेशी पर्यटकहरु रंगिदै, छम्छम्ती नाच्दै होली पर्व मनाउनु भएको छ । पोखराको लेकसाइड क्षेत्रमा केन्द्रित भएको होली विशेष कार्यक्रम लेकसाइडको सडक देखि विभिन्न क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरु सामुहिक रुपमा एक आपसमा रंग लगाउदै, खुसि साटसाट गर्दै छम्छम्ती नाच्दै होली पर्व मनाउनु भएको हो । लेकसाइड क्षेत्रमा होली बिशेष कार्यक्रम आयोजना हुँदा उक्त कार्यक्रममा सहभागिहरुलाई व्यबस्थापन गर्न प्रहरी र आयोजकलाई हम्मेहम्मे भएको थियो । रेष्टुरेण्ट एण्ड… पुरा पढौ

फागु पूर्णिमाको प्रदेश प्रमुख भट्टद्धारा शुभकामना

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार एक शुभकामना सन्देशमार्फत् उहाँले नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ – ‘खुशीको रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र  सम्वर्द्धन  गर्ने प्रेरणा मिलोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन… पुरा पढौ

भिटोफ गण्डकीको ठूलाकोट–ठूलास्वारा गाउँ परिचयात्मक भ्रमण सम्पन्न

गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकी प्रदेशको आयोजनामा दुुईदिने गाउँ परिचयात्मक भ्रमण सम्पन्न भएको छ ।पोखरा पर्यटन राजधानी घोषणा भएको सन्दर्भमा आसपासका पर्यटकीय गाउँको पर्यटकीय प्रवद्र्धनको उद्देश्यका साथ पर्यटन सम्बद्ध संघ संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ, सञ्चारकर्मी समेतको सहभागितामा कार्यक्रम गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले जानकारी दिनुुभयो । पोखराबाट नजिकै रहेको प्राकृतिक, सांस्कृतिक सँगै धार्मिक पर्यटनका दृष्टिले सम्भावना युक्त स्थानको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस पटक ठूलाकोट–ठूलास्वारा लाई समेट्न खोजिएको उहाँले बताउनुुभयो । कास्कीको पोखरा महानगरपालिका वडा नं २८ मा… पुरा पढौ

बेगनास तालमा आइतबार देखि ड्रागन बोट रेस प्रतियोगितामा हुने

दीननाथ बराल,पोखराको बेगनास तालमा भोलि(आइतबार) देखि सुरु हुने ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा ३ वटा महिलाको टिम सहित १४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले बताउनु भयो । राष्ट्रिय स्तरको उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको उहाँले बताउनु भयो । उक्त प्रतियोगिताको आइतबार बिहान १०ः०० बजे पछि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गर्ने तयारी गरिएको छ । प्रतियोगितामा पोखराका विभिन्न तालबाट, कर्णाली प्रदेशबाट, नेपाल… पुरा पढौ

लोकतन्त्रवादी आदिवासी जनजातिको अध्यक्षमा जीत गुरुङ

पोखरा, १० चैत, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित भए । सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिए । अधिवेशनले २३ कार्यसमिति निर्वाचित गरेको प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिए । कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट बैठकले निर्णय गर्ने उनले सुनाए । भने, उनका अनुसार… पुरा पढौ

युवा तथा खेलकुद मन्त्रीलाई कमिटीको स्वागत

नेपाल ओलम्पिक कमिटीले नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजझक्त श्रेष्ठको स्वागतमा शुत्रबार विशेष कार्यक्रम गरेको छ । कमिटीका प्रमुख पदाधिकारी तथा विभिन्न संघका अध्यक्षहरूले मन्त्री श्रेष्ठको कार्यकालको सफलताको कामना गरेका थिए । त्यस अवसरमा मन्त्री श्रेष्ठले नेपाली खेलकुदको विकासका लागि सबै क्षेत्र मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । उनले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक सम्बन्ध बढाउन र त्यसलाई मजबुत बनाउन खेलकुद सबैभन्दा उपयुक्त माध्यम भएको बताए । यस्तै कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मन्त्री श्रेष्ठको कार्यकालमा नेपाली खेलकुदको विकासमा थप टेवा पुग्ने… पुरा पढौ

कास्कीको भीरबाट लडेर गोरखाका एक जनाको मृत्यु

भिरबाट लडेर जिल्लाको शहिदलखन गाउँपालिका वडा नम्बर २ घर भएका ५० वर्षिय याम बहादुर थापा को मृत्यु भएको छ ।कास्कीको माछापुच्छ्रे गाउँपालिका १, स्थित ज्यामिरे भिरबाट लडेर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । करुवा सेति हाईड्रोपावरमा मजदुरी काम गर्ने थापा काम गर्दै गर्दा बिहीबार अचानक अन्दाजी ३ सय मिटरमाथि भीरबाट तल खसी मृत्यु भएको सशस्त्र प्रहरी बल, कालिका गण, मालेपाटनले जानकारी दिएको छ । थापाको शवलाई गणबाट खटी गएको विशेष विपद् उद्धार टोलीले झिकेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान… पुरा पढौ

गण्डकी पारा खेलकुदका सम्पूर्ण इभेन्टहरु सम्पन्न

गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पूर्ण इभेन्टहरु शनिबार पोखरा रंगशालमा सम्पन्न भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा महिला पुरुष दृष्टिबिहिन क्रिकेट, बहिरा पुरुष भलिबल, ह्विलचयर पुरुष बास्केटबल, ह्विल चियर टेबुल टेनिस, बहिरा महिला व्याडमिन्टन र बहुअपङ्गता बोसियाका खेलहरु सम्पन्न भएका हुन् । प्रतियोगिता अन्तर्गत ह्विलचियर बास्केटबल पुरुषतर्फ हरियो खर्क अस्पताल बिजेता बनेको छ भने उपविजेता नवलपुर ह्विलचियर टिम र तेस्रो स्थान पोखरा महानगर पालिका ह्विलचियर टिम बनेको छ । बिजेता टिमले बिजेता, उपबिजेता र तेस्रो स्थान… पुरा पढौ

निस्शुल्क दन्त शिविरमा २२७ लाभान्वित

रोट्रायक्ट क्लब अफ हेमजाको आयोजना तथा बिष्णु पादुका क्लबको सह आयोजनामा पोखरा २५ हेमजामा शनिबार निस्शुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ । सिद्दार्थ डेण्टल एण्ड स्किन केयर प्रा।लिको प्राबिधिक सहयोग तथा वडा नं। २५ वडा कार्यालयको समन्वय भएको कार्यक्रममा २२७ जना लाभान्वित भएको कार्यक्रम संयोजक बिकल थापाले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष टोय बहादुर भट्टराईले सफलताको शुभकामना दिदै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा बिष्णु पादुका मा।बिका अध्यक्ष… पुरा पढौ

प्रियाः मुक्तक सङग्रहको लोकार्पण तथा परिचर्चा

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक सुरज पौडेलद्वारा लिखित प्रियाः मुक्तक सङग्रहको शनिवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रमका बीच लेखक तथा शिक्षाविद् विष्णुप्रसाद अधिकारीले उक्त कृर्ति लोकार्पण गरेका हुन् । कृर्ति लोकार्पण गर्दै अधिकारीले प्राध्यापक निष्कलङक हुनुपर्नेमा जोड दिर्दै साहित्यको शक्ति जीवन्त रहने औँल्याए।उनले विद्यार्थीहरुमा नैतिक आचारण सिकाउन सुझाव दिर्दै सबै कुरालाई आर्थिक नजरले मात्रै हेर्ने पारीपाटीको अन्त्य गर्नुपर्ने सुझाए । पछिल्लो समय प्राध्यापकहरु राजनीतिक रुपमा प्रतिबद्ध रहदाँ प्राज्ञिक मूल्यमान्यता हराउँदै गएको तर्फ उनले… पुरा पढौ