देश तथा समाज पत्रिका

सशस्त्र प्रहरीको पोखरामा फ्युल तथा चार्जिङ स्टेसन २४ सै घण्टा खुल्ला

दीननाथ बराल,पोखरालाई नेपालकै पहिलो पर्यटनको राजधानिको रुपमा घोषणासंगै पोखराका केही ठाँउमा केही व्यवसायलाई २४ घण्टा सेवा संचालन गर्न अनुमति दिएको अबस्थामा अब पोखराको एक पेट्रोल पम्प जहाँ २४ सै घण्टा पेट्रोलिय पदार्थ उपलब्ध हुने भएको छ । पोखरा पर्साङमा रहेको शसस्त्र प्रहरी वल नेपालको कालिका पेट्रोल पम्पमा अब देखि २४ सै घण्टा पेट्रोलिय पदार्थ उपलब्ध हुने भएको हो । गृह मन्त्रालयले २४ सै घण्टा उक्त पम्पलाई संचालन गर्न दिएको निर्देशन अनुसार २४ सै घण्टा पेट्रोल पम्प सञ्चालन हुने भएको हो… पुरा पढौ

बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने

दीननाथ बराल,पोखराको बेगनास तालमा हुने ड्रागन बोट रेस प्रतियोगिताको विजेताले २ लाख पुरस्कार प्राप्त गर्ने भएको छ । राष्ट्रिय स्तरको उक्त प्रतियोगिता यही चैत्र ११ र १२ गते बेगनास तालमा हुने तयारी गरिएको छ भने विजेतालाई २ लाख पुरस्कारको व्यबस्था गरिएको हो । प्रतियोगितामा पाँच सय मिटरमा दोश्रो हुनेले एक लाख ५० हजार र तेश्रो हुने टिमले ७५ हजार र दुई सय मिटरमा प्रथम हुनेलाई एक लाख दोश्रोलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक… पुरा पढौ

प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठक

पोखरा ८, चैत, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिशीले खेलकुद भित्र बजेटमा देखिएका समस्याहरु समाधान गर्न आफू प्रयत्नशिल रहने जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठकलाई सम्वोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका मन्त्री जिशीले सरकार आफ्नो उद्धेश्य प्राप्तीका लागि अघि बढिरहेको जनाउँदै भने–“हाम्रा मागहरु असिमित छन् । बजेट न्यून छ । तर हामी न्यून बजेटबाटै प्रतिफल प्राप्त गर्नुछ ।” प्रशिक्षकहरु बिना खेलकुदको विकास सम्भव नभएको उल्लेख… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकामा युवा लक्षित डिजिटल साक्षरता तालिम

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ ले संचालन गरेको ४ दिने युवा लक्षित नेतृत्व विकास संगै डिजिटल साक्षरता तालिम सम्पन्न भएको छ । गाउँपालिकामै पहिलो पटक यस किसिमको तालिम आयोजना गरेको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष राम बहादुर गुरुङले बताए । पछिल्लो समय युवापुस्ता मोवाइल तथा कम्प्युटरको प्रयोगमा अभ्यष्थ भएको बताउदै इन्टरनेटको सहि सदुपयोग गर्दै पर्यटकिय गाउँ तथा स्थानिय उत्पादनको डिजिटल माध्यमबाट प्रर्वद्घन गर्न वडा भित्रका सामुदायिक विघालयका शिक्षक , पर्यटन तथा कृषि क्षेत्रमा आवद्घ डिजिटल माध्यममा… पुरा पढौ

गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा धोज कुमार गुरुङ निर्वाचित

पोखरा ८, चैत, गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा धोज कुमार गुरुङ सर्बसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङ सहित १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुने भने यस अघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षमा समेत रहिसकेका छन् । यसै गरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

पोखरा, ८ चैत्र, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् । छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य एवं खेलकुदकर्मी तथा समाजसेवी महेश गुरुङले निरन्तर रुपमा आयोजना भैरहेको यो कार्यक्रमलाई भव्य बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । निरन्तर अवार्ड कार्यक्रमलाई सहयोग… पुरा पढौ

पोखरामा दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ हुने तयारी

पोखरा, ८ चैत, रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो दोश्रो होली म्यूजिक फेष्टिवल हो । कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ हुने कार्यक्रम होलीको दिन पूर्वाह्न ११ बजेदेखि अपराह्न ५ बजेसम्म जारी… पुरा पढौ

गण्डकी पारा खेलकुदमा विभिन्न इभेन्टहरु सम्पन्न

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बुधबार पहिलो दिन विभिन्न इभेन्टहरु सम्पन्न भएका छन् । पोखरा रंगशालामा पहिलो दिन मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र अटिजम अपाङ्गता गरी तीन विभिन्न खेलका इभेन्टहरु सम्पन्न भएका हुन् । यस अघि उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । मनोसामाजिक अपाङ्गता म्युजिकल चियर प्रतियोगितामा विपना तामाङ्ग प्रथम, मनिशा भुसाल द्वितिय, सुजिता परियार तृतिय र ऋतु मजाकोटी चौथो भएकी छन् । बिजेताहरुले क्रमश नगद रु ५ हजार,… पुरा पढौ

एक्सपर्ट एडुकेशनले आयोजना गर्ने विशेषज्ञ शिक्षा सम्मेलनको तयारी पूरा

८ चैत, पोखरा विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ। एक्सपर्ट एडुकेशनले विद्यार्थीलाई मध्यनजर गर्दै विशेषज्ञ शिक्षा सम्मेलन आयोजना गरेको हो। आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ आयोजना गरेको एकुकेशन कन्केलभको तयारी पूरा भएको एक्सपर्टले जनाएको छ। विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रम विशेषज्ञ शिक्षा सम्मेलन आयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी दिए। बिहान १० बजेदेखि दिउँसो ३… पुरा पढौ

हेमजामा आलु महोत्सवको तयारी सुरु

यही चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत आइतवार भएको सरोकारवालाको भेलाले राजेन्द्र थापाको संयोजकत्वमा सांस्कृतिक उपसमिति तथा उमा पौडेलको नेतृत्वमा झाँकी ¥याली समिति गठन गरेको छ । स्थानीय विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी स्वरुप हाल दिनहुँ जसो बैठक, छलफल एवम् भेटभाट भइरहेका छन् । त्यसका साथै हेमजाका रहेका आमा समूह तथा केही संघ संस्थासँग प्रारम्भिक चरणको छलफल सकिएको छ भने अर्थ सकलनका लागि विभिन्न… पुरा पढौ