समाजबादीलाई कसैले फुटाउने प्रयास गरे त्यो सफल हुन सक्दैनः अध्यक्ष नेपाल

-


     पोखरा क्लिक     
     जेठ ३० गते २०८१ मा प्रकाशित


पोखरा ३०, जेठ

पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले दक्ष र सिपमुलक जनशक्ति उत्पादन गर्न सके विदेशमा जाने युवालाई स्वदेशमै रोक्न सकिने बताउनु भएको छ । समाजबादी प्रेस संगठन नेपाल जिल्ला समिति कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु भएको हो ।


तीनै तहमा आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले राम्रो गरेको अध्यक्ष नेपालको भनाई थियो । आफ्नो पार्टीलाई यदि कसैले फुटाउने दुस्साहस गरेको छ भने त्यो सफल नहुने अध्यक्ष नेपालको भनाई थियो ।जसपा फुटाएको सन्दर्भमा समाजबादीलाई समेत फुटाउने प्रयास भएको छ भन्छन नी भन्ने पत्रकारको प्रश्नमा उहाँले त्यस्तो सूचना भए आफुहरुलाई जानकारी गराउन आग्रह गर्नु भयो ।

गण्डकी प्रदेश सभा सदस्य राजिव गुरूङ कुनै समयमा आफ्नो पार्टीमा रहे पनि पछि हाल उहाँ पार्टी छाडेको घटनालाई आफुहरुले स्वच्छाले पाटी छाड्नु भएको बिषयमा उहाँले स्वभाविक भएको जनाउनु भयो । असार १६–२० गते महाधिवेशन हुने तयारीमा रहेको उहाँले बताउनु भयो । सहमतीबाट निर्वाचन गराउने तयारीमा जुटेको नेता अध्यक्ष नेपालले जनाउनु भयो ।

समाजबादी मोर्चा नयाँ ढंगले अघि बढाउने बताउदै विप्लव नेतृत्वले विभिन्न घटकहरूसंग छलफल गर्दै गरेको नेता नेपालले बताउनु भयो । असोक कुमार राईसंग कुमार भई रहेको । ५ घटक एक गर्न छलफल, बामपंथी संग मिलेर एक भई अघि बढ्न चाहेको उहाँले बताउनु भयो । प्रेस संगठन कास्कीका अध्यक्ष रूद्रबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव भिम थापाले बताउनु भयो ।