भद्रकाली मन्दिरमा बस्ने बाबा चेतन गिरीको निधन

-


     पोखरा क्लिक     
     असार ५ गते २०८१ मा प्रकाशित


       

मृत्यु त्यो सत्य जुन अकाट्य र अवश्यम्भावी छ । त्यसैले कवि शिरोमणि लेखनाथ पौड्यालले भनेका थिए । ‘ आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो । ‘ हो कवि शिरोमणीले भने झै मृत्युलाइ कसैले छेक्न वा रोक्न सक्दैन । मृत्यु त सवैको अवश्य हुन्छ तर मृत्यु पश्चात केही न केही छाप छाडेर गएको पाइन्छ । वडा १२÷१३ हुँदै पोखरावासी विच जोगी बाबा चेतन गिरीको सालीन व्यवहार र वोलीले हामी सवैको जीवनमा सदा घुमिरहने र नविर्सने छाप टाँसीएको छ ।

बाबाले भक्तजनहरुले दिएको आर्थिक संकलन जति गर्नु भयो उति नै हरेक वर्ष सामाजिक कार्यमा सहयोग गर्दै आउनु भएको थियो । भद्रकाली विद्यालयको मुल गेट निर्माणमा समेत बाबा गिरीले सहयोग गर्नु भएको थियो । सहयोग गर्नुको पछाडि गौडाकोमुख निवासी समाजसेवी सरस्वती देवकोटाको सल्लाहमा विद्यालयमा सहयोग गर्नुभएको हो । बाबा नरहेपनि भद्रकाली विद्यालयको गेटमा बाबा गिरीको नाम मार्वलमा लेख्नाले सदैव अमर हुने समाजसेवी देवकोटाले भनिन् । भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान श्रेष्ठले हरेक हप्ता पत्रकार जी कता हुनुहुन्छ ? ल माथि चिया पिउन आउनुहोस् भनेर निमन्त्रणा दिनुहुन्थ्यो । सोही निमन्त्रणालाई मैले समय मिलाएर मन्दिर उक्लदा बाबा गिरी सँगको हरेक भेटले मालई जीवनमा उर्जा मिल्थ्यो । उनै बाबा गिरीको जस्तो सकारात्मक विचार र भावना दैवलाई पनि लोभ लागेर होला धर्तीवाट मंगलवार विहान ७ बजे टपक्क टिपेर लग्यो ।

जहाँ कसैको मृत्युले संसार रुवाउँछ, कसैको मृत्युले छिमेकीदेखि जिल्ला हुदै राष्ट्रलाई समेत रुवाउँछ । रुवाउँनुको पछाडि मृत्यु भएका व्यक्तिले गरेको व्यवहार र समाज प्रतिको माया ममताले उसलाई हरेकको आत्ममा राखि संझाउने गर्दछ । स्व.बाबाको मृत्युको खवरले पनि धेरै व्यक्तिको आँखा रसाएर आत्मामा जीवीत वनाइराखेको छ । भनिन्छ उच्च कोटीको पाकेको फल देख्दा कसको मन थामिन्छ र ? हो बाबा गिरी हामी सवैको बाबा वडा १२ र १३ कै बाबाको मृत्युले सवैलाई शोक मग्न बनायो ।

पोखरा वडा न १२÷१३ स्थित श्री भद्रकाली मन्दिरमा करिव २०५१ सालदेखी बस्दै आउनु भएको थियो । उनै बाबाको बुधवार मन्दिर व्यवस्थापन समितिका सदस्य, भद्रकाली विद्यालयका कर्मचारी, यस भेगका श्रद्धालु भक्तजनहरु, नागा बाबा साधु सन्तहरुको उपस्थितिमा नागा बाबा संस्कार परम्परा अनुसार रामघाटमा स्थित सेती नदिको किनारमा मंगलवार नै जल समाधीमा राखी अन्तिम संस्कार गरियो ।