देश तथा समाज पत्रिका

मापसेपछि साथीहरूबीच विवाद, आफ्नै साथीको कुटपिटबाट युवकको मृत्यु; पाँच जना पक्राउ (भिडियो सहित)

दीननाथ बराल,पोखरा ११, कार्तिक, सामान्य विवादले उग्र रूप लिएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एक युवकले ज्यान गुमाएका छन् । सँगै बसेर मदिरा सेवन गरेका साथीहरूबीच मौरीको घार फुटाएको विषयमा सुरु भएको विवादले हिंसात्मक रूप लिँदा २२ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको प्रारम्भिक प्रहरी अनुसन्धानले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । https://www.youtube.com/watch?v=8rRX_BO_NNo माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसस्थित आफ्नै घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको बारीमा पौडेल कात्तिक ९ गते बिहान करिब ८ः२० बजे मृत अवस्थामा फेला… पुरा पढौ

पोखरामा नवजात शिशु सौचालयमा मृत फेला परेको घटनामा आमा पक्राउ

दीननाथ बराल,पोखरा, ११ कात्तिक, पोखराको लेकसाइडमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले शिशुकी १९ वर्षीया आमालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६, लेकसाइडस्थित स्ट्रीट नम्बर ८ भित्रको गल्लीमा रहेको शौचालयको च्याम्बरमा पुरुष नवजात शिशुको शव फेला परेको घटनामा शिशुकी आमा निरुता नेपालीलाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । यही कात्तिक ३ गते साँझ करिब ७ः४० बजे शौचालय जाम भई पानी बाहिर ननिस्किएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला पारेका थिए ।… पुरा पढौ

‘अर्नब’ चक्रवातको अप्रत्यक्ष प्रभावले कास्कीमा भारी वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

पोखरा, ११ कात्तिक, बङ्गालको खाडीमा विकसित शक्तिशाली समुद्री आँधी ‘अर्नब’ चक्रवातको सम्भावित अप्रत्यक्ष प्रभावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कास्कीले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबारदेखि शनिबारसम्म मौसम प्रतिकूल हुन सक्ने सम्भावना रहेकाले भारी वर्षा, हिमपात, बाढीपहिरो र हिमपहिरोको जोखिमबाट जोगिन प्रशासनले अनुरोध गरेको हो । मौसम विज्ञान विभागबाट प्राप्त मौसमी बुलेटिनका आधारमा जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार सूचना जारी गर्दै कात्तिक १२ देखि १४ गतेसम्म विशेष सावधानी अपनाउन आग्रह गरेको हो । प्रशासनका अनुसार उक्त अवधिमा… पुरा पढौ

पोखराको न्यूरोडमा मध्यराति स्कुटर दुर्घटना हुदा २८ वर्षीय आशिषको उपचारका क्रममा मृत्यु

पोखरा ११, कार्तिक, पोखरामा स्कुटर दुर्घटनामा परी २८ वर्षीय एक युवाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८, सभागृहचोक नजिक चिप्लेढुङ्गाबाट सभागृहचोकतर्फ जार्दै गरेको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरी घर भई हाल पोखरा महानगरपालिका–६, लेकसाइड बस्दै आउनु भएको आशिष कुँवरको ज्यान गएको कास्की प्रहरीले पोखराक्लिकलाई जनाएको छ । आज (बुधबार) बिहान करिब २ः५० बजे ग १६ प ६६१९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको थियो । स्कुटरको पछाडि सवार कुँवरको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनापछि बोल्नसमेत… पुरा पढौ

ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

पोखरा, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङ ९श्याम० को परिकल्पनामा निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन प्रा।लि।, पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो। गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित चलचित्र ‘बुकी फूल’ले ऐतिहासिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। राजनीतिसँगै चलचित्र निर्माणमा समेत सक्रिय रहेका पूर्वमन्त्री गुरुङको परिकल्पनामा निर्माण भइरहेको यस चलचित्रको असोज १ गते कास्कीको पर्यटकीय… पुरा पढौ

चितवन राइनोजको रोमाञ्चक जित, विराटनगर ८ रनले पराजित

काठमाण्डौं, चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो । विराटनगरलाई रोक्ने क्रममा चितवनका कमलसिंह ऐरीले ४ विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। रिजन ढकालले २ विकेट लिए भने अन्य बलरले एक–एक विकेट हात पारे । विराटनगरका इम्रान शेखले सर्वाधिक ३९ र आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाए । लोकेश बमले २६ रनको योगदान दिए पनि टोलीलाई… पुरा पढौ

पोखरा रंगशालामा युनाइटेड क्लबद्वारा ११ थान कुर्सी जडान गरी हस्तान्तरण

पोखरा, सामाजिक क्षेत्रमा सक्रिय युनाइटेड क्लब पोखराले पोखरा रंगशाला परिसरमा ११ थान कुर्सी जडान गरी जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गरेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले सञ्चालन गर्दै आएको क्लीन रंगशाला, ग्रीन रंगशाला अभियानमा सहयोग पु¥याउने उद्देश्यले क्लबले कुर्सी जडान गरी हस्तान्तरण संगै वृक्षारोपण गरेको हो । गत पुसमा सम्पन्न १३औँ पोखरा महोत्सवका अवसरमा युनाइटेड क्लबले जिल्ला खेलकुद विकास समिति कास्कीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । सोही रकमबाट रंगशाला परिसरमा ११ थान कुर्सी… पुरा पढौ

पोखरामा हटएयर बेलुनको सिजन सुरु, दैनिक बिहान र बेलुका ४ वटा फ्लाइट हुँदै

दीननाथ बराल, पोखरा १०, कार्तिक, पोखरामा साहसिक पर्यटनको आकर्षणका रूपमा स्थापित हट एयर बेलुनको नयाँ सिजन सुरु भएको छ । वर्षायामका कारण रोकिएको व्यावसायिक उडान पुनः सञ्चालनमा आएसँगै पर्यटकको आकर्षण बढ्न थालेको हो । अहिले पोखरामा दैनिक बिहान र बेलुका गरी चारवटा उडान सञ्चालन हुँदै आएको वेलुन नेपालले पोखराक्लिकलाई जनाएको छ । यस वर्षको सेप्टेम्बरसम्म करिब ६ सय आन्तरिक तथा बाह्य पर्यटकले हट एयर बेलुनमा उडान गरेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले पोखराक्लिकलाई बताउनु भयो । गत वर्ष सेप्टेम्बरदेखि मेसम्मको… पुरा पढौ

पोखरामा एटएयर वेलुनको सिजनः

आकाशमा उड्दै रमाइलो लिनको लागि सिजन सुरु भयो । पोखरामा साहसिक खेल एटएयर बेलुनको सिजन सुरु भएको छ । पोखराको खपौदी क्षेत्रमा सोमबार गरिएको दुई वेलुन उडानको रौनक । तष्विर दीननाथ बराल पुरा पढौ

दशैंसंगै पर्यटनमा छायो खुसि, पर्यटन व्यवसायीमा आशा

दीननाथ बराल, पोखरा, ९ कात्तिक, वडा दशैंसंंगै पर्यटनमा खुसियाली छाएको छ । यस वर्षको वडा दशैंको अवसरमा गत बर्षको तुलनामा पोखरा क्षेत्रमा कम पर्यटक आगमन भए पनि पर्यटन व्यवसायमा थप आशा पलाएको हो । यस वर्षको वर्षा, बाढीपहिरो र सडक अवरोधका कारण प्रभावित बनेको पोखराको पर्यटन बजारमा दसैंसँगै चहलपहल बढेसंगै हाल व्यवसायहिरुमा आशा पलाएको हो । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन कम रहे पनि दसैंको टीकापछि होटलमा पाहुनाको उपस्थिति बढ्न थालेसँगै पर्यटन व्यवसायीमा आशा पलाएको हो । विगतका वर्षमा दसैं… पुरा पढौ