देश तथा समाज पत्रिका

नेटो चम्किदा चेल्सीको जित

पोखरा, इङलिस प्रीमियर लिग अन्तर्गत एभर्टन विरुद्ध चेल्सीले जित हासिल गरेको छ । पेड्रो नेटोले दोश्रो हाफको सुरुवाति र नब्बे मिनेटमा गोल गरे । चेल्सीले समग्रमा २(० ले जित हासिल गर्यो । खेल अधिकाश समय चेल्सीको नियन्त्रणमा थियो । सो खेलमा चेल्सीका पहिलो रोजाइका गोलकिपर एमिलियानो मार्टिनेज टाउकोमा चोटका कारण घाइते हुन पुगेका छ्न । पुरा पढौ

पिटिसिको शुभकामना आदानप्रदान कार्यक्रममाः रत्नमन्दिरलाई संरक्षणसहित दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा जोड

दीननाथ बराल,पोखरा ३१, असोज, पोखराको ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको रत्नमन्दिरलाई संरक्षणसहित दिगो रूपमा सञ्चालन गर्नुपर्नेमा पर्यटन क्षेत्रका अगुवा तथा सरोकारवालाले जोड दिएका छन् । पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले रत्नमन्दिरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके पोखरा घुम्न आउने पर्यटकको बसाइ अवधि बढाउन र पर्यटन क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्न सकिने वक्ताहरुको भनाई थियो । पोखराका पर्यटन व्यावसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी) को आयोजनामा शनिबार पोखरा–६, लेकसाइडस्थित रत्नमन्दिर परिसरमा आयोजित विजया दशमी, शुभ दीपावली, छठ पर्व तथा… पुरा पढौ

विभिन्न बाधा–अवरोध पार गर्दै मोर्डन इरा १९औँ वर्षमा, पोखरा–दिल्ली सीधा बस सेवाले बढायो पहिचान

पोखरा, असोज ३१, पर्यटनको राजधानि पोखराबाट भारतको राजधानी नयाँदिल्लीसम्म सीधा सडक यातायात सेवा सञ्चालन गर्दै आएको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले विभिन्न बाधा–अवरोध र चुनौतीको सामना गर्दै आफ्नो व्यावसायिक यात्राको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ। ‘हाम्रो साथ, सुरक्षित यात्रा, समृद्ध भविष्य’ भन्ने मूल नाराका साथ कम्पनीले शुक्रबार पोखरा इभेन्ट सेन्टर, बुलौदीमा स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । स्थापना दिवसका अवसरमा कम्पनीले उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारी दाताराम उपाध्याय र… पुरा पढौ

पोखरामा बाजागाजासहित भव्य शोभायात्रा निकालेर फूलपाती भित्र्याइयो

दीननाथ बराल,पोखरा, ३१ असोज, नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका अवसरमा आज (शनिबार) पोखरामा बाजागाजा र भव्य शोभायात्रासहित फूलपाती भित्र्याइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायको सहभागितामा पोखराको मानव अधिकार चोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म फूलपाती शोभायात्रा निकालिएको प्रशासनले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=MySlVtY0VhQ विगतका वर्षमा जस्तै यस वर्ष पनि बडादसैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा परम्परागत विधिअनुसार कास्की जिल्लाकै प्रमुख शक्तिपीठका रूपमा परिचित विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको हो। बाजागाजा र ब्यान्डबाजासहित… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको अवसरमा शुभकामना व्यक्त

असोज ३१, पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैंरविजयादशमी २०८३ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘बडादशैंले हामी सबैमा राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, नागरिकको सुरक्षा, अमनचयन, सुशासन,… पुरा पढौ

कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहलाई

पोखरा, ३० असोज, विश्व खाद्य दिवसको अवसरमा पोखरामा आयोजित कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका–१४ को ज्येष्ठ नागरिक भजन समूहले जितेको छ। बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पोखरा–१४ चाउथेको ज्येष्ठ नागरिक भजन समूह प्रथम भएको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित प्रतियोगितामा पोखरा–६ को कृषि सञ्जाल दोस्रो, पोखरा–२४ को गुन्टेचौर कृषक समूह तेस्रो तथा पोखरा–२५ को कृषि सञ्जालले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीको ५३ औ बैठक

पोखरा,३० असोज, जिल्ला समन्वय समिति कास्कीले चाडपर्बको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई प्रभाबकारी बनाउन कास्कीको प्रशासन सहित स्थानीय तहहरूलाई आग्रह गरेको छ । समितिको शुक्रबार सम्पन्न ५३ औ बैठकले निर्णय गरे मुताबिक सो आग्रह गरेको हो । बैठकले कास्की जिल्लाका यातायात व्यवसायीहरुले क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने गरेको गुनासो आएकोले सो हुन नदिन अनुगमनकारी निकाय थप सक्रिय बन्न अनुरोध गरेको प्रमुख लिलाधर पौडेलले बताउनुभयो ।प्रमुख पौडेलका अनुसार चाडपर्व समयमा मूल्यबृद्धी बढ्दै गएको, मिसावट बढ्दै व्यापक… पुरा पढौ

मुस्ताङ र जुम्लाको स्याउ पोखरामा सहुलियत मूल्यमा बिक्री, अमरदीपमा स्याउ मेला सुरु (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २९ असोज, मुस्ताङ र जुम्लामा उत्पादित स्थानीय स्याउ पोखरामा सहुलियत मूल्यमा बिक्री वितरण सुरु गरिएको छ । नेपालीहरूको महान् पर्व विजयादशमीलाई लक्षित गर्दै पोखरा महानगरपालिका–१६ र १९ को सिमाना अमरदीपस्थित देउराली कृषि फर्मले स्याउ मेला आयोजना गरी स्याउ बिक्री सुरु गरेको हो । https://www.youtube.com/watch?v=xpvD0cdcvsQ&t=10s मेलामा मुस्ताङ र जुम्लाका विभिन्न जातका स्याउ प्रतिकिलो १८० देखि २७० रुपैयाँसम्ममा उपलब्ध छन् । फर्मका सञ्चालक वासुदेव तिवारीका अनुसार गोल्डेन, रोयल र रेड डेलिसियस जातका स्याउ उपभोक्ताले खरिद गर्न सक्नेछन् । चाडपर्वका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू हुने प्रक्रिया अघि बढ्यो, पर्यटन क्षेत्र उत्साहित

पोखरा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्सन तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आरएनपी–एआर प्रविधि लागू गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यसका लागि आवश्यक प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेसँगै पोखराको हवाई सेवा थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेलले यस प्रक्रियालाई पोखराको हवाई सेवाको सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्नुभयो । उहाँका अनुसार आरएनपी–एआर प्रणाली कार्यान्वयनमा आएपछि प्रतिकूल मौसम… पुरा पढौ

पोखरामा दशैंको अवसरमा १० किलोमिटर खुला सडक दौड प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा, असोज २९, स्वस्थ जीवनशैली र नियमित शारीरिक व्यायामको महत्वबारे सन्देश प्रवाह गर्ने उद्देश्यले पोखरामा १० किलोमिटर खुला सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना तथा एनवाईसी रत्नचोकको सहआयोजनामा हुने प्रतियोगितामा हालसम्म ४५० जना महिला तथा पुरुष धावकले नाम दर्ता गराइसकेको आज क्याम्पसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । दशैंको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताले नियमित शारीरिक व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउन प्रेरित गर्ने क्याम्पस प्रमुख कृष्णबाबु बरालले बताउनु… पुरा पढौ