देश तथा समाज पत्रिका

पोखराको दिगो पर्यटनका लागि सबै पर्यटन सम्बद्ध संघ–संस्थाबीच एकीकृत प्रयास आवश्यक छः बोर्ड सदस्य पोखरेल

पोखरा, ७ साउन, नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी वोर्ड सदस्य सन्तोष पोखरेलले पोखरासहित समग्र नेपालको दिगो पर्यटन विकासका लागि सबै पर्यटन सम्बद्ध संघ–संस्थाबीच एकीकृत प्रयास अपरिहार्य रहेको बताउनुभएको छ। निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो। पोखरा पर्यटन परिषद्ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै बोर्ड सदस्य पोखरेलले पर्यटन क्षेत्रका साझा समस्या, चुनौती र सम्भावनालाई एउटै दृष्टिकोणबाट सम्बोधन गर्न सके मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले नेपाल… पुरा पढौ

खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार

पोखरा, ७ साउन , नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बैठकले सारुमगर र जिटीको नाम अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन् । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ । फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पत्रकार सारुमगर र जिटीको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा… पुरा पढौ

रुपा गाउँपालिकामा कृषि तथा पशु सेवा शाखाको नवनिर्मित भवनको उद्घाटन

पोखरा, कास्कीको रुपा गाउँपालिका वडा नं. ६, फाल्भञ्ज्याङमा नवनिर्मित कृषि तथा पशु सेवा शाखा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आज (बिहीबार) एक समारोहका बीच उक्त भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि विशेष बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले कृषिलाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोड्ने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको समेत बताउनुभयो । oplus_0 उद्घाटन कार्यक्रममा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ कृषकको प्रयासलाई पालिकाले पनि सक्दो सहयोग गदै… पुरा पढौ

भाद्र अन्तिम सातादेखि पोखराको पुरानो टुडिखेलमा तीज महोत्सव हुने

पोखरा, ७ साउन नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारि पोखरा महानगरपालीका वडा नम्बर १ स्थित पुरानो टँुडिखेलमा ऐतिहासीक टँुडिखेल तीज महोत्सव २०८३ हुने भएको छ । इन्द्रेणी एकिकृत विकास केन्द्र, पोखरा १ को आयोजना महोत्सव हुने भएको हो । महोत्सवलाई भव्य एंव सभ्य रुपमा सम्पन्न गर्न आयोजक केन्द्रले स्थानिय निकाय, स्थानिय सरोकारवालाहरु, विभिन्न संघ संस्था, राजनैतिक दलका प्रतिनिधी, आमा समुह, क्लबहरु लगायतको सहभागीतामा छलफल एंव सुझाब संकलन गरेको छ । भेलामा सहभागीहरुले महोत्सव सम्पन्न सगै सफल पार्न सवैले… पुरा पढौ

पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तारमा सरकारको ठोस कदम, फ्लाई दुबई अभियानलाई थप बल पुग्ने विश्वास

पोखरा, नेपाल सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय हवाई उडानलाई प्रोत्साहन गर्न प्रदान गर्दै आएको सहुलियतलाई थप दुई वर्ष निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०८५ साल भदौ मसान्तसम्मका लागि यी दुई विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क शतप्रतिशत छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। सरकारको यो निर्णयसँगै आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्न लागेको फ्लाई दुबईको… पुरा पढौ

१८ वर्षपछि स्वेच्छिक विवाह गर्न कानुन संशोधनको माग, सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त समाज बनाउने अभियान (भिडियो सहित)

पोखरा, साउन ६, सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त समाज बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै राज्य, परिवार, समुदाय र सम्पूर्ण नागरिकको सक्रिय सहकार्य अपरिहार्य रहेको निष्कर्ष पोखरामा आयोजित एक प्रादेशिक परामर्श कार्यक्रमले निकालेको छ। राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गर्ल्स नट ब्राइड्स (बालिका दुलही होइनन्) को सहकार्यमा सम्पन्न ‘बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझको प्रादेशिक परामर्श कार्यक्रम’ मा सहभागीहरूले कानुन, नीति, जनचेतना र सामाजिक व्यवहारमा एकसाथ सुधार नगरेसम्म बालविवाह… पुरा पढौ

पोखरा २२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने

दिननाथ बराल, पोखरा, ६ साउन, पोखरा महानगरपालिका वडा नं.२२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने भएको छ । स्वदेशमा उत्पादन भएको बिद्युतको प्रयोग सहित आयातित खानापकाउने ग्याँसलाई प्रतिस्थापन गर्ने उद्धेश्यले वडाले चालु आर्थिक बर्ष २०८३÷०८४ का वडाका सबै घरमा इन्डक्सन चुलो वितरण गर्ने योजना अघि सारेको वडाध्यक्ष हिमलाल बरालले पोखराक्लिकलाई बताउनु भयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको लागत साझेदारीमा ‘एक घर, एक इन्डक्सन चुलो’ अभियान सञ्चालन गर्ने भएको अध्यक्ष बरालले जनाउनु भयो । यस कार्यक्रमका लागि वडा… पुरा पढौ

पोखराका दुई पत्रकार बराल र पौडेल जापान प्रस्थान

पोखरा, ६ साउन, नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा हुने एफएनजे ग्लोबल मिडिया सम्मेलन २०२६ मा सहभागी हुन पोखराका दुई पत्रकार जापान प्रस्थान गर्ने भएका छन्। महासंघका गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल र कास्की शाखा अध्यक्ष माधव बराल उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जापान जान लागेका हुन्। जापान शाखाको कार्यसमिति बैठकले आगामी जुलाई २५, २०२६ मा ग्लोबल मिडिया सम्मेलन आयोजना गर्ने निर्णय गरिसकेको छ। जुलाई २३ देखि २६ सम्म (३ रात ४ दिन) सञ्चालन हुने यस कार्यक्रमलाई थप व्यवस्थित र… पुरा पढौ

नेका कास्कीद्धारा विपि स्मृति दिवसमा विविध कार्यक्रममा

पोखरा, नेपाली कांग्रेस कास्कीले ४४ औँ बीपी स्मृति दिवस मनाएको छ। स्मृति दिवस सँगसँगै नेपाली कांग्रेसले सुरु गरेको जरा अभियान पनि समापन गरिएको छ । कास्की कांग्रेसले यसपटक विद्यार्थीबीच वक्तित्वकला प्रतियोगिता र पोखरा पर्यटन सम्बन्धी नीति लेखन प्रस्तुतिकरण प्रतियोगिता गरेको नेपाली काँग्रेस कास्कीका सहससचिव एवम् प्रवक्त नबिन सिग्देलले जानकारी दिए । ११ जना सहभागी नीति लेखन प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदिप सिग्देल द्वितीय र संगीता गौतम तृतीय भएका थिए । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद… पुरा पढौ

यसपालि भारतीय पर्यटक एक्याप क्षेत्रमा पौने ४ लाख पुगे१ सय ६९ देशका पर्यटकले रोजे अन्नपूर्ण संरक्षण क्षेत्र

दीननाथ बराल,पोखरा, ६ साउन, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) क्षेत्रमा आर्थिक वर्ष २०८२र८३ मा भारतीय पर्यटकको संख्या पौने चार लाख पुगेको छ। नेपाल–भारतबीचको खुला सीमा, धार्मिक आस्था, हिमाली प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राप्रतिको बढ्दो आकर्षणका कारण एक वर्षमै ३ लाख ७५ हजार ७ सय ९७ भारतीय पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। यस अवधिमा भारतसहित विश्वका १ सय ६९ देशका पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेको एक्यापले पोखराक्लिकलाई जनाएको छ । एक्यापको तथ्याङ्कअनुसार भारतबाट आएका पर्यटकमध्ये २ लाख ४६ हजार ७ सय… पुरा पढौ