दीननाथ बराल, पोखरा, ७ कात्तिक, स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा गरिएको वृक्षारोपणले दिवंगत गुरुङप्रतिको माया, सम्मान र आत्मीयतालाई प्रकृतिसँग जोडेको छ। मानिसको भौतिक शरीर हामीमाझ नरहे पनि उसले छोडेर गएका सम्झना, माया र आत्मीयता सधैँ जीवित रहने सन्देशसहित गरिएको वृक्षारोपणले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको महत्त्वसमेत उजागर गरेको छ। स्वर्गीय गुरुङको सम्झनामा रोपिएका बिरुवा हुर्कंदै जाँदा उहाँप्रतिको सम्झना पनि जीवन्त रहने…
पुरा पढौ