देश तथा समाज पत्रिका

विश्व कीर्तिमानी पर्वतारोही निम्स दाईप्रति पोखरामा श्रद्धाञ्जली, दीप प्रज्वलन गर्दै योगदानको प्रशंसा (भिडियो सहित)

दीननाथ बराल, पोखरा, साउन १९, विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ तथा पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी दिवंगत हुनु भएका अन्य नेपाली आरोहीहरूको स्मृतिमा पोखरामा आज श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा–६, लेकसाइडस्थित बाराहीचोकको चौतारीमा विश्व कीर्तिमानी नेपाली पर्वतारोही निम्स दाई सहितका हिमाल आरोहीको स्मृतिमा उहाँहरुले पुर्याएको योगदानको प्रशंसा गर्दै दिप प्रज्वलन गरिएको हो । https://www.youtube.com/watch?v=0UoplEgV9SA कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ आचार्य, नेपाल… पुरा पढौ

पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण

पोखरा, साउन १९, पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन हाम्रो इको नेक्स्ट टेक्नोलोजी प्रा।लि।ले चार सय किलोग्राम इको अर्गानिक ९प्राङ्गारिक० मल सौजन्य स्वरूप प्रदान गरेको छ । जिल्ला खेलकुद विकास समिति, कास्कीको आयोजनामा रङ्गशाला परिसरमा सञ्चालित वृक्षारोपण कार्यक्रमअन्तर्गत उक्त मल हस्तान्तरण गरिएको हो । रङ्गशालालाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, खेल सम्बद्ध संघ–संस्थाका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रदेश सभासद् तथा खेलप्रेमी समाजसेवीहरूको सहभागितामा वृक्षारोपण अभियान निरन्तर चलिरहेको छ ।… पुरा पढौ

संघीयता र प्रदेशसभाबारे जनप्रिय क्याम्पसका विद्यार्थीलाई अभिमुखीकरण

पोखरा, संसदीय पत्रकार मञ्च गण्डकीले युवापुस्तालाई संघीय शासन प्रणाली र प्रदेशसभाको भूमिका तथा अभ्यासबारे जानकारी गराउने उद्देश्यले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। मञ्चको ‘युवा लक्षित संसदीय पहुँच कार्यक्रम’ अन्तर्गत मंगलबार आयोजित कार्यक्रममा क्याम्पसका विभिन्न तहमा अध्ययनरत १०८ जना विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका कानुनतर्फका उपसचिव आमोद दाहालले नेपालको संघीय शासन व्यवस्था, प्रदेशको क्षेत्राधिकार तथा प्रदेशसभाको संरचनाबारे सहजीकरण गर्दै संघीयता नेपालका विविध समुदायलाई समेट्ने र शक्ति विकेन्द्रीकरणमार्फत नागरिकलाई शासनको पहुँचमा पुर्‍याउने प्रणाली… पुरा पढौ

पोखरा क्षेत्रका शिवालय मन्दिरमा तेस्रो सोमबार भक्तजनको बिहानैदेखि घुइँचो

दीननाथ बराल, पोखरा, साउन महिनाको तेस्रो सोमबार आज पर्यटकीय नगरी पोखराका विभिन्न शिवालय मन्दिरमा बिहानैदेखि दर्शनार्थी भक्तजनको उल्लेखनीय भिडभाड भएको छ । भगवान् शिवको विशेष आराधनाको दिन मानिने सोमबारका अवसरमा पोखराको केदारेश्वर महादेव मन्दिर, पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति, पशुपतिनाथ मन्दिर, विन्ध्यवासिनी परिसरका शिवालय तथा अन्य शिव मन्दिरमा भक्तजनले पूजा–आराधना तथा जलाभिषेक गर्नु भएको छ । https://www.youtube.com/watch?v=0mb5MSQV2k8&t=604s बिहानैदेखि पोखरा महानगरका विभिन्न क्षेत्रसहित आसपासका जिल्लाबाट आएका श्रद्धालुहरू मन्दिर पुगेर जल चढाउने तथा पूजा आज गर्ने गर्नु भएको छ । वृद्धवृद्धा, महिला, युवा… पुरा पढौ

मानव सेवा आश्रमको महायज्ञबाट ३ करोड ४ लाख ५९ हजार बचत, १ करोड ४४ लाख उठ्न बाँकी, विना संचार माध्यम तर प्रचार प्रसारमै भयो १९ लाख खर्च !

दीननाथ बराल,पोखरा, १८ साउन, मानव सेवा आश्रम हेम्जा शाखाले गत वैशाखमा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३ बाट ३ करोड ४५ लाख ९ हजार १ सय ८४ रुपैयाँ बचत भएको छ। तर, महायज्ञका क्रममा घोषणा गरिएका व्यक्तिगत, संस्थागत तथा स्थानीय तहका प्रतिबद्धतामध्ये अझै १ करोड ४४ लाख ४० हजार ८ सय ५४ रुपैयाँ उठ्न बाँकी रहेको आश्रमले सोमबार पोखराको साइमन पार्टी प्यालेसमा आयोजना गरेको पत्रकार सम्मेलनमा आय व्यय सार्वजनिक गरेको हो । गत वैशाख १९ देखि २६ गतेसम्म सम्पन्न महायज्ञको… पुरा पढौ

पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु

पोखरा, पोखरा–८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन अनुष्ठान प्रारम्भ भएको छ । आगामी भदौ १९ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रमको पोखरा महानगरपालिका वडा नं। ८ का वडाध्यक्ष रुद्रनाथ बरालले एक विशेष समारोहका बीच उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष बरालले यस मन्दिरले वार्षिक रूपमा आयोजना गर्दै आएको श्रीमद्बीतक चर्चाले समाजमा आध्यात्मिक जागरण ल्याउनुका साथै आत्मिक शान्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । रत्नचोकस्थित… पुरा पढौ

पर्यटन प्रबद्र्धन केन्द्रित भई काम गर्ने बोर्डको योजना छः सदस्य पोखरेल, चलिय पोखरालाई थप प्रभावकारी बनाउन होटल संघको माग

पोखरा, १८ साउन, नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए । बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै उनले यसबाट… पुरा पढौ

नेलम्बो नेपालद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

दीननाथ बराल, पोखरा, १७ साउन, नेलम्बो नेपालले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउने उद्देश्यले छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले विगतका बर्षदेखि जारी राखेको उक्त अभियान अन्र्तगत चालु आर्थिक बर्ष २०८३÷८४ का लागि कक्षा ११ का नयाँ बिद्यार्थी र कक्षा १२ का बिद्यार्थीहरुको नविकरण सहित ५६ जना बिद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको संस्थाका अध्यक्ष एकदेव देवकोटाले बताउनु भयो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकाका विभिन्न १५ वटा विद्यालय र क्याम्पसबाट छनोट… पुरा पढौ

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्र बनाउन पूर्वाधार, हवाई पहुँच र प्राकृतिक सम्पदाको संरक्षणमा सरकार केन्द्रित हुन्छः मन्त्री पौडेल

दीननाथ बराल, पोखरा १७, साउन, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले जल सम्पदा, ताल–तलैया, प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सरकार योजनाबद्ध रूपमा अघि बढेको बताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिकाबीच पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले पोखराको समग्र पर्यटन विकासका लागि सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण, अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार… पुरा पढौ

सोमबारदेखि पोखरा–काठमाडौं रुटमा जगदम्बाको अत्याधुनिक बस सेवा सञ्चालन, भाडादर २१ सय, शौचालय र मिनीबार सहितका सेवा

दीननाथ बरालपोखरा, साउन १७ यातायात क्षेत्रमा अत्याधुनिक बस सेवा भित्राउदै आएको पोखरा जगदम्बा ट्राभल्सले भोलि(सोमबार) देखि पुनः थप परिस्कृति अत्याधुनिक बस सेवा संचालन गर्ने भएको छ । पोखरा–काठमाडौं सडक यात्रालाई थप सुरक्षित, आरामदायी र सुविधासम्पन्न बनाउने उद्देश्यसहित पोखरा जगदम्बा ट्राभल्सले सोमबारदेखि अत्याधुनिक भीआईपी लक्जरी बस सेवा सञ्चालनमा ल्याउने भएको कम्पनीले जनाएको छ । पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले यात्रुको सुविधा र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रियस्तरका सुविधायुक्त बस सञ्चालनमा ल्याइएको जानकारी दिए। उहाँका अनुसार यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनु मात्र नभई… पुरा पढौ