देश तथा समाज पत्रिका

‘पोखरा कोरा च्यालेन्ज २०२६’, दृष्टिविहीन विद्यार्थी छात्रावासका लागि सहयोग जुटाइँदै

पोखरा, २ साउन, सामाजिक सेवा, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ ‘पोखरा कोरा च्यालेन्ज २०२६’ शनिबार पोखरामा सम्पन्न भएको छ । ‘सँगै साइकल चलाऔँ, जीवनमा परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा संकलित सहयोग पोखरा स्थित दृष्टिविहीन विद्यार्थी छात्रावासलाई प्रदान गरिने आयोजकले जनाएको छ। कार्यक्रमका संरक्षक तथा रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनले खेल, स्वास्थ्य र सेवाभावलाई एकसाथ अघि बढाउने यस्ता कार्यक्रमको… पुरा पढौ

पोखरामा श्रृंखलाबद्ध चोरी गर्ने गिरोह पक्राउ, ४ विदेशीसहित ९ जना प्रहरी नियन्त्रणमा

दीननाथ बराल, पोखरा, साउन २, पोखराका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरीका घटनामा संलग्न भएको आरोपमा कास्की प्रहरीले विदेशी सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २५ तोलाभन्दा बढी सुनका गरगहना, ९ थान मोबाइल, एक थान ल्यापटप, एक थान स्मार्ट घडीको साथमा नगद दुई लाख एक हजार दुई सय २० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको… पुरा पढौ

भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल,पत्रकार वासुदेव पौडेललाई ‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार’ अर्पण

दीननाथ बराल,पोखरा, साउन २, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी प्रदेशको पाँचौँ अधिवेशन तथा एघारौँ वार्षिक साधारण सभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ चयन हुनु भएको हो । त्यस्तै समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा चयन हुनु भएको निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले गाउँ… पुरा पढौ

भुटानमा रजत पदक जितेकी बिनु जिटी गण्डकी प्रदेश शारीरिक सुगठन संघद्वारा सम्मानित

पोखरा, भुटानमा सम्पन्न १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल खेलाडी बिनु जिटीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ। प्रतियोगिताको स्विम स्विट खुल्ला विधामा प्रथम हुदै स्वर्ण पदक जित्नु भएको गण्डकी प्रदेश शारीरिक सुगठन संघले जनाएको छ । पदक जितेकी जिटीलाई संघले नगद रु ५ हजार खादा र मालासहित सम्मान गरेको हो। सम्मानपछि बोल्दै बिनु जिटीले सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताउँदै आफूजस्तै अन्य खेलाडीलाई पनि यस्ता कार्यक्रममार्फत सम्मान गर्न… पुरा पढौ

स्थापना दिवसमा पोखरा फोटोग्राफर सङ्घको रक्तदान, ४६ युनिट रगत सङ्कलनपाँचौँ फोटोग्राफी अवार्ड घोषणा,

पोखरा, साउन २, पोखरा फोटोग्राफर सङ्घले आफ्नो ४५औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–८ स्थित मानवअधिकार चोकमा सम्पन्न कार्यक्रममा ४६ जना सहयोगी मनका धनि रक्तदाताले रक्तदान गरेका हुन्। “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित आयोजित कार्यक्रमको उद्घाटन कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले सङ्घका संरक्षक एवं ७३औँ पटक रक्तदान गर्नुभएका गणेशलाल श्रेष्ठ (छवि)लाई ब्लड… पुरा पढौ

आन्तरिक राजश्व कार्यालयमा पुनः ठडियो कर सहायता कक्ष

पोखरा,१ साउन, आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) कक्षको शुक्रबार प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुममानसिंह गुरुङले सो कक्षको उद्घाटन गरे । सो कक्ष उद्घाटनमा नेपालस्थित जर्मन राजदूतावासका हेड बेञ्जामिन साइडर तथा जीआइजेड नेपालकाको तर्फबाट मेन्दी राजा रिज्वी, आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवसाद ढुंगाना र जिआइजेडका वित्तीय सल्लाहकार नविनलाल श्रेष्ठ पनि सहभागी थिए ।सो अवसरमा बोल्दै… पुरा पढौ

डा. बुद्धि मल्लको दोश्रो पुस्तक “सपना सकार हुन्छन्” अब बजारमा

पोखरा, बैंकर डा. बुद्धि मल्लको दोश्रो पुस्तक “सपना सकार हुन्छन्” बजारमा आएको छ । यसअघि “सफलता सम्भव छ” पुस्तक बजारमा ल्याएका लेखक डा. मल्लले अहिले “सपना सकार हुन्छन्” पुस्तक ल्याएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रम बिच भएको बिमोचन कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक बिमोचन कार्यक्रम शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले अध्यक्षता र नेपाल ब्यवस्थापन संघका अध्यक्ष डा.हेमा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार तथा लेखक रोहित… पुरा पढौ

देवघाटबाट सम्पर्कविहीन भएकी बन्दीपुरकी सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला, रहस्यमय घटनाको सत्यतथ्य छानबिन गर्न माग

पोखरा, देवघाट क्षेत्रबाट केही दिनदेखि सम्पर्कविहीन रहेकी बन्दीपुर गाउँपालिका–४, टुँडिखेल निवासी सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेकी छन्। उनको शव नेपाल–भारत सीमावर्ती त्रिवेणी क्षेत्रअन्तर्गत भारतको उत्तर प्रदेशतर्फ भेटिएको पुष्टि भएको छ। यो घटनाले परिवार, आफन्त, स्थानीयवासी तथा शुभेच्छुकलाई गहिरो शोकमा डुबाएको छ। बन्दीपुर गाउँपालिका–४ का वडा अध्यक्ष दानबहादुर थापा मगरका अनुसार सन्तोषी विगत केही वर्षदेखि चितवनमा स्टाफ नर्सका रूपमा कार्यरत थिइन् र गैंडाकोटमा डेरा गरी बस्दै आएकी थिइन्। परिवारका अनुसार असार १४ गते साँझ करिब ८ बजे उनी आफ्नै स्कुटर… पुरा पढौ

गण्डकीमा बजेट खर्च ६४.३६ प्रतिशत

दीननाथ बराल,पोखरा, १ साउन, गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा विनियोजित बजेटको ६४.३६ प्रतिशत खर्च गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा ३२ अर्ब ६ करोड ८ लाख रुपैयाँको बजेटमध्ये २० अर्ब ५८ करोड ९ लाख रुपैयाँ खर्च भएको छ ।अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ को ६९.५४ प्रतिशतको तुलनामा ५.२८ प्रतिशतले कम भए पनि प्रतिकूल परिस्थितिका बीच प्रदेश सरकारले खर्चलाई सन्तोषजनक मानेको छ । कुल खर्चमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख… पुरा पढौ

गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन

साउन १ , पोखरा, कोपिला नेपालद्वारा ब्यबस्थापन भएर संचालनमा रहेको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भयको छ।जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल नेतृत्वको टिमले सो केन्द्रको स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा प्रमुख पौडेलले तत्कालीन समय २०७९ असारको पहिलो हप्ता आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुखको पदभार लगत्तै पोखरा ३३ को आमाचौरस्थित करिब रुग्ण प्राय बनिसकेको भवन अनुगमनमा पुगेको स्मरण गर्नुभयो । पौडेलले तत्कालीन मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र सामाजिक बिकास मन्त्री नरदेबी पुन… पुरा पढौ