देश तथा समाज पत्रिका

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ, प्रतिशोध होइन गृहमन्त्री गुरुङ

काठमाण्डौं, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङले यो कदम प्रतिशोध नभई “न्यायको सुरुआत” भएको स्पष्ट पार्नुभएको छ । जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा प्रहरीले आज बिहानै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएको श्रोेतको भनाई छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुखका अनुसार प्रहरी टोली बिहान करिब ५ बजे भक्तपुरको सूर्यविनायकस्थित निवासमा पुगेर दुवै नेताहरूलाई पक्राउ गरी काठमाडौँ ल्याएको हो ।… पुरा पढौ

चैत अन्तिम साता लेखनाथमा तेस्रो ‘सूर्य तारा खेल तथा सांस्कृतिक महोत्सव’ हुने, फुटवलबाट सेभेन ए साइड फुटवल तर्फ

दीननाथ बराल, पोखरा १३, चैत, पोखरा महानगरपालिका २७ (लेखनाथ) मा यही चैत महिनाको अन्तिम साता तेस्रो संस्करणको ‘सूर्य तारा खेलकुद तथा सांस्कृतिक महोत्सव’ हुने भएको छ । पोखरा २७ को सूर्य तारा क्लबको आयोजनामा यही चैत्र २७ गतेदेखि ३० गतेसम्म उक्त महोत्सव हुने भएको आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । महोत्सवलाई आकर्षक र सहभागितामूलक बनाउन विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको प्रतियोगिता मुल समारोह समितिका संयोजक विष्णु पुनले बताउनु भयो । महोत्सवका मुख्य आकर्षणहरूमा सेभेन… पुरा पढौ

चैत २८ गते पोखरामा हुने रात्रि दौडलाई खेल संघ संस्थाले सहयोग गर्ने, सुरक्षा र व्यवस्थापनमा ध्यान दिन आग्रह

पोखरा, चैत १३, पोखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन दौड (नाइट रन) प्रतियोगितालाई सफल बनाउन विभिन्न खेल संघसंस्था तथा सरोकारवालाले सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । पोखरा रंगशालामा आज(शुक्रबार) आयोजित छलफल कार्यक्रममा सहभागीहरूले यो इभेन्ट पोखराको नयाँ ब्राण्डका रूपमा स्थापित हुन सक्ने भएकाले यसलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक भएको सरोकारवालाहरुले बताएका हुन् । कार्यक्रममा वोल्दै नेपाल ह्यान्डबल संघका महासचिव केशव पाठकले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण हुने उल्लेख गर्दै यस अभियानलाई… पुरा पढौ

धार्मिक पदमार्ग विकासमा मन्त्री पौडेलको जोड, “म आफैँ लेखक र पदयात्री, समस्यासँग परिचित छु”

पोखरा, नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल(गनेस) ले पद बहालीसँगै नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल बाट राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उहाँ सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नुभएको हो। वालेन्द्र शाह नेतृत्वको सरकारमा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री पौडेललाई मन्त्रालयका सचिव, विभागीय प्रमुख तथा कर्मचारीहरूले स्वागत गरेका थिए। पद बहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।… पुरा पढौ

पोखरामा रामनवमीको अवसरमा प्रवचन

पोखरा, १३ चैत्र , श्री राम नवमीको अवसर पारेर पोखरामा विश्व शान्तिको कामना सहित प्रवचन समारोह आयोजना गरिएको छ । शुक्रबार पोखरा रानीपौवास्थित मनमन्दिरमा आयोजित विश्वमा हिंसा र युद्धको तत्काल अन्त्य भै शान्तिको कामना सहित सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमूख अतिथि उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले दीप प्रज्वलन गरी सो कार्यक्रममको उद्घाटन गरेका थिए । सो समारोहमा बोल्दै प्रमूख अतिथि कोइरालाले निस्वार्थ भावनाका साथ गरिने कार्यबाट समाजको सेवामा योगदान पुग्ने बताए । कार्यक्रम स्थल मनमन्दिरले पोखरामा… पुरा पढौ

अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने

पोखरा, १३ चैत्र, पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सो का लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेश बिच सम्झौता समेत भइसकेको छ । पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावली बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पोखरा महानगरपालिका गरिब घर धुरी पहिचान तथा परिचय पत्र विवरण मार्फत भूमि… पुरा पढौ

स्याङ्जाको स्वरेक कोटमा १२६ किलोको घण्टी र त्रिशूल स्तम्भ स्थापना

पोखरा, १३ चैत, स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ । स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारी ले ठूलो घण्टी र त्रिशूल स्तम्भको अनावरण गरिन्। सानो घण्टी ३० केजी को भने ज्येष्ठ नागरिकमार्फत अनावरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तिवारीले स्वरेक कोट आफ्नो माइती गाउँसँग… पुरा पढौ

देशमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाह, पर्यटन मन्त्रीमा पोखराका गनेस पौडेल

काठमाडौं, देशमा नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै बालेन्द्र शाह को नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल ले आज शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउनुका साथै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि शपथ गराउनुभएको हो। नवनियुक्त मन्त्रिपरिषद्मा अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, गृहमन्त्रीमा सुदन गुरुङ, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्रीमा सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ नियुक्त हुनुभएको छ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा पोखराका गनेस… पुरा पढौ

माछापुच्छ्रे अध्यक्ष कप भलिबलको दोस्रो दिन ६ खेल सम्पन्न, शुक्रवार समापन हुँदै

पोखरा, १२ चैत्र, माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा माछापुच्छ्रे–४,लाहाचोक कास्कीमा ११ गते देखि जारी चौथोमाछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबल तर्फको ४ खेल मध्य पहिलो खेल बागलुङ र हिम शिखर बिच थियो तर हिमशिखर आयोजकले तोकेको निर्धारित समयमा खेल मैदानमा उपस्थित हुन नसक्दा बागलुङ समूह एलाई सेमिफाइनलको यात्राको लागि आयोजकले विजय घोषण ग¥यो । दोस्रो खेलमा बागलुङ जैमुनीले एलिट भलिबल… पुरा पढौ

समिभञ्ज्याङ चैते दशैँको अवसरमा आयोजित हाल्फ अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि गोर्खाका निरज भट्ट क्षेत्रीलाई

१२,चैत्र, पोखरा लमजुङको समिभञ्ज्याङमा चैते दशैंको अवसर पारेर आयोजित हाफ अल्ट्रा म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। २५ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय कायापलट असल शासन क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा देशभरका धावकहरूको उत्साहजनक सहभागिता देखिएको थियो। मध्यनेपाल नगरपालिका–५ स्थित समिभञ्ज्याङमा सम्पन्न प्रतियोगितामा गोरखाका धावक निरज भट्ट क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भए। उनले २१ किलोमिटर दूरी १ घण्टा ३२ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। विजेता क्षेत्रीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र… पुरा पढौ