देश तथा समाज पत्रिका

“पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक, गुरुङ संस्कृतिको सुगन्ध बोकेको चलचित्रप्रति बढ्यो उत्साह

पोखरा, आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा चलचित्र कर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सार्वजनिक गरिएको ‘जुनी जाला’ गीतले गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा, संगीत र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ । कार्यक्रममा प्रदर्शन गरिएको गीतलाई उपस्थित दर्शकले निकै रुचाएका छन् भने गीतको दृश्य, संगीत र सांस्कृतिक… पुरा पढौ

क्रबाजी सिङ्दी तमु समाजको दबदबा, रमेश गुरुङ १० किलोमिटर सडक दौडमा प्रथम

पोखरा, साउन , हिमाली गुरुङ परिवार, पोखरा–१२ को आयोजनामा सम्पन्न तेस्रो सडक दौड प्रतियोगिता–२०८३ अन्तर्गत पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाज ले व्यक्तिगत तथा टिम दुवैतर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेको छ। पुरुष १० किलोमिटर दौडमा क्रबाजी सिङ्दी तमु समाजका रमेश गुरुङ ले निर्धारित दूरी ३५ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे। सोही समाजका प्रवीन गुरुङ ले ३७ मिनेट १० सेकेन्डमा दौड पूरा गर्दै दोस्रो तथा चन्द्र सुभ्बा गुरुङ ले ३७ मिनेट… पुरा पढौ

पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने

पोखरा, स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन तथा पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित साइकल सिटी पोखराले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको फन राइड यसपटक करिब ६० किलोमिटर लामो रुटमा सञ्चालन हुने भएको छ। साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठका अनुसार यसपटकको यात्रा पोखराको ट्रेडमलबाट सुरु भई दोभिल्ला–भागमारा–नेपाल आयल निगम गगनगौडा डिपो–रूपाताल–तालबेसी–माझीकुना–बेगनासताल, तालचोक, विजयपुर हुँदै अमरसिंह चोकमा पुगेर फन राइड समापन हुनेछ। अध्यक्ष श्रेष्ठले स्वच्छ वातावरण र पर्यटन भन्ने मूल नारासहित पोखराका विभिन्न पर्यटकीय गन्तव्यलाई जोड्ने तथा ती क्षेत्रको प्रवर्द्धन… पुरा पढौ

साउनभर सोमबार साँझ २५० मै अन्नपूर्ण केबलकार चढ्न पाइने, साउन–भदौमा बिहानको सेवा अस्थायी रूपमा बन्द

जया पौडेल,पोखरा ३२, असार पोखराको पर्यटकीय गन्तव्य अन्नपूर्ण केबलकारले साउन महिनाभर आन्तरिक पर्यटकलाई लक्षित गर्दै विशेष छुट योजना सार्वजनिक गरेको छ। साउन महिनाको प्रत्येक सोमबार बेलुका ४ बजेदेखि केबलकारमा यात्रा गर्ने नेपाली यात्रुले केवल २५० मै जाने–आउने सेवा उपलब्ध गराउने भएको कम्पनीका जनरल म्यानेजर दिनेश पौडेलले पोखराक्लिकलाई बताए । साउन सोमबार शिवभक्त, सराङकोट धाम पुग्ने दर्शनार्थी तथा पोखराको प्राकृतिक सौन्दर्य अवलोकन गर्न चाहने आन्तरिक पर्यटकलाई लक्षित गरेर यो योजना ल्याइएको उनले बताए । यसले धार्मिक पर्यटनसँगै मनोरञ्जनात्मक यात्रालाई पनि थप… पुरा पढौ

कास्कीमा कृषि आधुनिकीकरण कार्यक्रम प्रभावकारी ः ७६ प्रतिशत बजेट खर्च

दीननाथ बराल,पोखरा, असार ३२, कास्कीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष २०८२÷८३ मा उत्पादन वृद्धि, कृषि पूर्वाधार विस्तार, यान्त्रीकरण तथा कृषकको व्यावसायिकीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । तरकारी सुपरजोन, अलैँची जोन र गाई–भैँसी जोनमार्फत सञ्चालित कार्यक्रमले ७५।९९ प्रतिशत बजेट खर्च गर्दै जिल्लाको कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण प्रगति गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीले पोखराक्लिकलाई जनाएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजित ९ करोड ३८ लाख २८ हजार रुपैयाँमध्ये छ करोड… पुरा पढौ

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न ः

इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २५÷२६ का अध्यक्ष इनर ह्वील अन्जु चालिसेले वर्ष २६÷२७ का नवनिर्वाचित अध्यक्ष इनर ह्वील अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गर्नुभयो । क्लबको नव निर्वाचित उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल, जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिबु आचार्य अधिकारी, क्लब इडिटरमा तुलसा चापागाईं र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित हुनुभयो । यसअघि कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा। सृष्टि श्रेष्ठ… पुरा पढौ

साविक विजेता अर्जेन्टिना उपाधिका लागि स्पेनसँग भिड्ने,इन्जुरी समयमा सम्हालिन नसक्दा इंग्ल्यान्ड स्तब्ध, फाइनल खेल पोखराका ११ ठाँउमा ठुलो पर्दामा प्रत्यक्ष प्रशारण हुने

पोखरा, जारी फिफा विश्वकप २०२६ को उपाधिका लागि अन्ततः साविक विजेता अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुने भएको छ। एटलान्टास्थित स्टेडियममा सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्यान्डले ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलमार्फत अग्रता लिएको थियो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा एन्जो फर्नान्डेजले कप्तान लियोनल मेसीको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा पुर्याए । खेल अतिरिक्त समयमा धकेलिने अनुमान भइरहेका बेला ९… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट भुपाल गुरुङ सम्मानित

पोखरा, असार ३१, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ। निर्धारित मितिमा प्रदान गर्न नसकिएको उक्त पुरस्कार बुधबार पोखरामा आयोजित विशेष समारोहमा उहाँलाई अर्पण गरिएको हो। गत जेठ २० गते कास्कीको अन्नपूर्ण गाउँपालिका–घान्द्रुकमा सम्पन्न छैटौँ अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण आरोहण दिवसको समापन समारोहमा गुरुङलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरिएको थियो। विशेष परिस्थितिका कारण निर्धारित मितिमा पुरस्कार वितरण हुन नसकेपछि बुधबार विशेष समारोह आयोजना गरी पुरस्कार अर्पण गरिएको हो। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा अन्नपूर्ण… पुरा पढौ

पोखरामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर सहित चालक पक्राउ

दीननाथ बराल,पोखरा ३१, असार, पोखरामा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने टिप्पर सहित ३ जना चालक पक्राउ पर्नु भएको छ । पोखराको सेतीनदी किनारामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ३ वटा टिप्पर र चालकलाई पक्राउ गरी कार्वाही गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–२५ स्थित सेती नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा तीन वटा टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । असार ३० गते राति करिब १०ः१५… पुरा पढौ

पोखरामा साउन २ गते खुला बास्केटबल प्रतियोगिता हुने

पोखरा, भगवती युवा क्लब राखु भगवती, म्याग्दीको आयोजनामा सुलभ प्रिजेन्ट्स थ्री बाई थ्री (३×३) खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी साउन २ गते पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजना हुने भएको हो । प्रतियोगिताबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा क्लबले सामाजिक चेतना, अनुशासन, गतिशीलता, स्वाभिमान र विकास, क्लबको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै पहिलो पटक म्याग्दी बाहिर खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक सुलभ मल्लले जानकारी दिए । क्लबले राखु भगवती क्षेत्रमा… पुरा पढौ