राजनीति

‘पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं’ मेयर आचार्य

पोखरा, १८ फागुन, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन् । एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताए । ‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ । कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि… पुरा पढौ

हिमालय आँखा अस्पतालको ३२ औं बार्षिकोत्सव, पूर्वाधारको विकास विना विकास हुदैन मन्त्री गुरुङ (भिडियो सहित)

दीननाथ बराल, पोखरा १७, फागुन, ५० बर्ष निरन्तरत र धैयताले गर्दा संघिय मन्त्री हुदै गण्डकी प्रदेशको मुख्यमन्त्री हुदै हाल नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री एवं प्रवक्ता हुने अवसर प्राप्त भएको मन्त्रीे पृथ्वीसुब्बा गुरूङले बताए । नेपाल नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालको शनिबारमा पोखरामा आयोजना भएको ३२ औं बार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले आफ्नो लामो समय राजनीतिमा लागेका कारण हाल पुनः संघिय मन्त्रीको अवसरमा प्राप्त भएको बताएका हुन । कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न निरन्तरता र धैर्यता… पुरा पढौ

संविधान संशोधन राजनीतिक एजेण्डा हो ः रेखा शर्मा

पोखरा, पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३, २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र विपक्षमा बहस भइरहन्छ । संविधान संशोधन किन गर्ने ?के संविधान संशोधन आवश्यक छ ? राजनीतिक राजनीतिक अस्थिरताको कारक संविधानमा भएका केही प्रावधानलाई मान्दै केही खेमा यसको संशोधनको पक्षमा उभिएका छन् । सरकार गठबन्धन प्रक्रिया, अनावश्यक आयोग, नियुक्तिका विषय देखाएर संशोधनको विषय उठाइरहेका छन् ।अर्का पक्षमा भने… पुरा पढौ

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्यः प्रदेश प्रमुख भट्ट

पोखरा, १७ फागुन, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभएको छ । उहाँले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताउनुभयो । नेपाल वितरक महासंघको १३ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएकाले अर्थतन्त्रको ऊर्जा भएको उल्लेख गर्नुभयो । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले व्यापार, ढुवानी तथा वितरणमा सहज… पुरा पढौ

सरकारले स्पिडमा काम गर्न सकेनः नेता गगन थापा

पोखरा, रोजगारी र शिक्षाका लागि विदेशी युवाको भीड दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ सालमा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । नेपालीहरु वैदेशिक रोजगारीमा सबैभन्दा बढी यूएई जान्छन् । पछिल्लो समय यूरापेली देशमा पनि नेपालीले आफनो गन्तव्य रोज्न थालेका छन् । वेरोजगारी, विदेश पलायन, राजनीतिक अस्थिरताको प्रभाव समाजमा प्रत्यक्ष परिरहेको छ । समाजमा देखिएको निराशा पछिल्लो समय सडकमा अराजकतामा परिणत हुँदै देखिनपनि थालिएको छ । समाजमा देखिएको निराशाको… पुरा पढौ

‘जनशक्ति थप्न सकेनौं, जनताको स्वास्थ्यमा पहुँच पुुगेन

पोखरा, नेपालमा ३३ बर्ष पहिले एक हजार ११२ जना चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् ।२०४८ सालको जनसंख्या १ करोड ८० लाख थियो । पछिल्लो जनगणना अनुसार जनसंख्या बढेर २ करोड ९१ लाख पुुग्यो । पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ८ हजार ६२४ हो । तीनै मध्यका ६ हजार ३६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र… पुरा पढौ

विकास वजेट माग्दै सिंहदरवारमा

पोखरा, चालु आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी रहँदा, पोखरा महानगरपालिका वडा नं। १९ को एक टोली विकासका योजनामा वजेट माग गर्दै सिंहदरवार पुगेको छ । निर्वाचनका बेला स्थानिय तहका जनतासँग गरेका विकास सनर्माणका बाचा पुरा नहरने देखिएपछि, समानीकरण अनुदान रकम विनियोजनका लागि विभागिय मन्त्री र सांसदलाई झकझक्याउन टोली योजना बोकेरै सिंहदरवार पुगेको हो । टोली भौतिक पुर्वाधार मन्त्रालय, खानेपानी मन्त्रालय सहित विभिन्न निकायमा पुगेको टोलीमा सहभागी वडा नं। १९ का वडा सदस्य विकास कुमार आचार्यले जानकारी दिनुभयो ।एमाले… पुरा पढौ

राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न उठ्यो ः मुख्यमन्त्री पाण्डे

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारप्रति प्रश्न उठ्नुको कारण परम्परागत केन्द्रीकृत शासन सत्ता रहेको दाबी गरेका छन् । पोखरामा जारी ‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल’को ‘प्रदेशको पाइला’ सत्रमा पत्रकार भरत कोइरालासँगको संवादमा मुख्यमन्त्री पाण्डेले केन्द्रीकृत शासन सत्ताको परम्पराबाट बाहिर निस्कन नसकिएको बताए । राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रमा अधिकार हस्तान्तरण गर्न नचाहने समस्या देखिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ‘केन्द्रीकृत शासन सत्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा देखिन्छ । मैले उपयोग गरिरहेको अधिकार अरूलाई हस्तान्तरण गर्न नचाहने मानसिकता हुने… पुरा पढौ

सरकारले छाडापन नियमन गर्न खोजेको हो ः सञ्चारमन्त्री गुरूङ

पोखरा सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् । विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको धेरैको दाबी छ । तर, संसदमा विधेयक पेस गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न विधेयक ल्याएको बताएका छन् । बिहीबारबाट पोखरामा सुरु भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘सञ्चार संवाद’ मा उनले असभ्यतिर जान लागेको समाजलाई रोक्न विधेयक ल्याएको प्रष्टिकरण दिए । उनले… पुरा पढौ

आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट

पोखरा, १४ फागुन, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउने बताउनुभएको छ ।विश्वमा शान्ति र सर्वपक्षीय समृद्धिको लक्ष्यका लागि मानवमा आत्मिक जागरण अपरिहार्य रहेको भन्दै उहाँले अध्यात्म, ध्यान र योगले मानव कल्याण हुने बताउनुभएको हो । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराले शिवरात्रिको अवसरमा आयोजना गरेको महाशिवरात्रि महोत्सव, प्रवचन, शिवध्वजारोहण एवं स्नेह मिलन समारोहका प्रमुख अतिथि भट्टले मानवमा शान्त र सकारात्मक मन, सवल र शुद्ध बुद्धि एवं श्रेष्ठ र दिव्य संस्कार निर्माणका… पुरा पढौ