राजनीति

नेकपा माओवादी केन्द्र पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन सम्पन्न

पोखरा, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अन्तर्गत पर्वत–पोखरा सम्पर्क समन्वय समितिको पहिलो सम्मेलन आज पोखरामा सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्व, कार्यकर्ता, बुद्धिजीवी, युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्देश्य पार्टी संगठनलाई मजबुत बनाउने, जनसम्पर्क विस्तार गर्ने, र स्थानीयस्तरमा विकास, समावेशिता र सामाजिक समानताका एजेन्डाहरूलाई अगाडि बढाउने रहेको थियो। संगठन सुदृढीकरणमा सम्पर्क समितिको भूमिका कार्यक्रममा सहभागीहरूलाई सम्मानपत्र, स्मृति चिन्ह र सांस्कृतिक झल्को सहित स्वागत गरिएको थियो। आयोजकहरूले कार्यक्रमलाई सङ्गठित, मर्यादित र उद्देश्यपूर्ण बनाउँदै सकरात्मक सन्देश प्रवाह गरेका थिए… पुरा पढौ

ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ ः ईश्वर पोखरेल

पोखरा, ३० चैत, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुने घटनाको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएकाले उहाँलाई कारबाही गरिने बताउनुभएको छ । कास्कीमा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने बताउनुभयो । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उहाँले भन्नुभयो । अराजकताबादलाई सघाउने र मलजल… पुरा पढौ

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा.तिवारी नियुक्त

पोखरा, गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त हुनु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–३१ का प्रा.डा. तिवारीलाई कुलपतिमा नियुक्त गर्नु भएको हो । प्रा.डा. तिवारी पोखरा विश्वविद्यालयमा डिन तथा उपकुलपतिसमेत भइसक्नु भएको कुलपतिमा ५ वर्ष कार्यकाल रहनेछ । विश्वविद्यालय न्याषिक परिषद्ले प्राडा तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गर्नु भएको थियो । परिषद् अध्यक्ष तथा कुलपति छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र… पुरा पढौ

प्रभावकारी सेवा प्रवाहमा लाग्न प्रमुख सचिव विष्टको आग्रह

पोखरा २९, चैत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गण्डकी प्रदेशका प्रमुख सचिब रघुराम बिष्टले प्रभावकारी सेवा प्रवाहमा लाग्न कर्मचारीलाई आग्रह गर्नू भएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला समिति, कास्कीले नव वर्ष २०८२ सालको अवसरमा प्रकाशित सूचनामुलक टेबल क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै उहाँले कर्मचारीलाई प्रभावकारी रुपमा सेवा प्रवाहमा लाग्न आग्रह गर्नु भएको हो । प्रमुख सचिव बिष्टले नेपाल सरकार प्रदेश सरकार र स्थानीय तह तिनै तहमा कार्यरत निजामती कर्मचारीहरू रहने यस जिल्ला संगठनले आफ्नो सृजनशीलता… पुरा पढौ

आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो मन्त्री थापा

पोखरा, गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग सम्बन्धित नीति, कार्यक्रम तथा सेवाहरूको गहिरो समीक्षा गरिनुका साथै सुधारका पक्षहरू पहिचान गरिनुपर्ने उल्लेख गरे । “आत्महत्या रोकथाम कुनै एक निकायको जिम्मेवारी मात्र होइन। सकारात्मक सोच, सहकार्य र समाधानमुखी पहलबाट मात्रै हामीले आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सक्छौं।”, उनले भने ।मन्त्री थापाले आत्महत्या बढ्नुको प्रमुख कारणहरूमा असुरक्षित… पुरा पढौ

युवाले यथार्थ बोध गर्नुपर्छ ः मन्त्री केसी

पोखरा, २५ चैत, कास्कीको सुन्दर गाउँ ल्वाङ अहिले उत्सवमय छ । पोखराबाट पौने घन्टाको सडक यात्रामै पुगिने यो गाउँको थाप्लोमा रहेको चियाबारी र गाउँको होमस्टेले धेरै पर्यटक लोभ्याउने गरेका छन् । ल्वाङगाउँलाई प्रवर्धन गर्न मेला आयोजना गरिएको हो । माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ मा रहेको ल्वाङमा ग्रिनहिल युवा क्लबले ३१ औं चैते दसैं मेला आयोजना गरेको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मेला उद्घाटन गरे । उनले अहिले राजनीति र राजनीतिक नेतृत्वप्रति… पुरा पढौ

केपि ओलि कप राष्ट्रिय टि—२० क्रीकेट सुरु, स्याङ्जा र काठमाडौको विजयी सुरुवात

पोखरा, पोखरामा आजबाट केपि ओलि कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन । प्रतियोगिताको पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ । १६२ रनको विजयी दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै… पुरा पढौ

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ सम्पन्न, गण्डकी प्रदेश लोक गित तथा संगितको उर्वर भूमिः हो— मन्त्री गुरुङ

दीननाथ बराल,पोखरा २२, चैत, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा सभागृहमा शनिबार वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ सम्पन्न भएको छ । उक्त साँझमा पुरुषोत्तमका करिब १८ गीत प्रस्तुत भए भने सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो । सांगीतिक साँझमा प्रवेश निःशुल्क रहेको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बताउनु भयो । पुरुषोत्तमका सरर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैन जस्ता धेरै गीत चर्चित छन् । २०२९ सालमा स्याङजामा जन्मिनु… पुरा पढौ

फेवातालको किनारामा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा हुदै, सरोकार पक्ष मौन

दीननाथ बराल, पोखरा २१, चैत, पोखरा फेवातालको किनारमा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । रामसारमा सुचिकृत भएको विश्वकै ऐतिहासिक तथा पर्यटकीय स्थल फेवातालमा हाल अनुमति विना संरचनाहरु बन्ने क्रम हाल तिव्र गतिमा अघि बढेको स्थानियले गुनासो गर्नु भएको छ । विभिन्न व्यवसाय तथा घर एवं भवन बनाउने उद्धेश्यले केही व्यक्तिहरुले फेवातालको किनार छेउमा २ मिटर देखि ३० मिटिर भित्रै भौतिक संरचना निर्माण गर्न लागेको स्थानिय धुर्व थापाले बताउनु भयो । पोखराको सेदीमा २ वटा… पुरा पढौ

गण्डकी प्रदेशका मन्त्री थापाद्धारा प्राप्त सेवा सुविधा ७ बर्षमा ७९ लाख सामाजिक सेवामा समर्पित

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सेवा–सुविधा सासमाजिक कार्यमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकता अनुसार रचनात्मक तथा सृजनात्मक कार्यमा खर्च गर्दै आएको उल्लेख गरे । “जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो। मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने। मन्त्री थापाका अनुसार… पुरा पढौ