राजनीति

प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना व्यक्त

पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै नागरिक अधिकार सुनिश्चित तथा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई पथप्रदर्शन गरेका अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुलुकको सार्वभौमसत्ता जनतामा… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव सुरु, अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटनः अध्यक्ष केसी

पोखरा, ६ फागुन, कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार पर्यटन क्षेत्र रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन हो, हामीले वडा नम्बर ७ देखि ११ वडालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेका छौं, बाँकीलाई… पुरा पढौ

भरतपोखरी विकास मञ्चद्वारा जनतासँग उम्मेद्‍वार साक्षात्कार कार्यक्रम सम्पन्न

पोखरा, भरतपोखरी विकास मञ्च, पोखरा ३३ ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूसँगको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । बुधवार पोखरा(३३, भरतपोखरी, भगवती चौतारास्थित अन्नपूर्ण स्वास्थ्य चौकीको चौरमा भएको ‘जनतासँग उम्मेद्‍वार (उम्मेद्‍वारसँग जनता’ विषयक साक्षात्कार कार्यक्रममा कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्‍वारी दिएका उम्मेद्‍वारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । ‘मातृभूमिप्रतिको उच्च सम्मान, समृद्धिको सङ्कल्पका लागि असल नेतृत्व छनोटमा साझा अभियान’… पुरा पढौ

बागलुङमा  इटालियन प्रजातिका स्याउ फलाउने किसान देखि गण्डकी प्रदेशका ५ पालिकाका ५५ जना उद्यमी पोखरामा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ५ फागुन “उद्यमशील गण्डकी” अभियानअन्तर्गत छनोट भएका गण्डकी प्रदेशका पाँच पालिकाका ५५ जना उत्कृष्ट ग्रामीण उद्यमी तीन दिने आवासीय नवप्रवर्तनशील नेतृत्व तथा व्यवस्थापन कार्यशालाका लागि पोखरामा भेला भएका छन् । समृद्धि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्रलाई रोजगारी सिर्जनाको गतिशील इन्जिन बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । https://www.youtube.com/watch?v=ZPITTfJ6HfY इटालियन प्रजातिका स्याउ फलाउने किसान । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ग्रामीण उद्यमशीलता समावेशी आर्थिक विकासको आधार भएको उल्लेख गरे। “यी… पुरा पढौ

रेनु दाहाल थारु बस्तीमा

चितवन चितवनको माडीमा चितवन क्षेत्र नं. ३ मा नेपाली कम्यूनिष्टको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार रेनु दाहालले थारु गाउँहरू घरदैलो तीव्र बनाएकी छिन् । रेनुसगैँ कम्यूनिष्ट पार्टीबाट समानुपातिकी उम्मेदवार बनेकी निशा न्यौपाने पनिसँगै देखिएपछि कार्यकर्ताहरु अत्यन्तै उत्साहित देखिए । मंगलबार माडी नगरपालिका वडा नं।३ को सिमरा, धोबाहा, बसन्तपुर बजार, पौहारी लगायतका गाउँठाउँमा दाहालको घरदैलो सञ्चालन भएको हो । चुनावी घरदैलोका क्रममा आएकी दाहालसहित नेताहरुलाई पञ्चेबाजा बजाउँदै नाँच्दै नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए । ठूलो संख्यामा उपस्थित रहेका मतदाताहरुसंगै बिहान ९ बजेदेखि… पुरा पढौ

एमाले कास्की–२ को प्रतिबद्धता पत्र सार्वजनिक (भिडियो सहित)

पोखरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की निर्वाचन क्षेत्र नम्बर २ ले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्य, समानुपातिक तर्फका उम्मेदवार दिपक पौडेल, एमाले कास्कीका कार्यवाहाक अध्यक्ष भेषराज बरालसहितले सो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । https://www.youtube.com/watch?v=gtjQMhWpzHM मंगलबार सार्वजनिक प्रतिबद्धता पत्रमार्फत एमालेले सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध कास्की निर्माणको विस्तृत खाका अघि… पुरा पढौ

कास्की १ का उम्मेदवार राजकाजि गुरुङ करण मादी गाउँपालिकामा मतदातासँग भेटघाटमा व्यस्त

पोखरा, प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार राजकाजि गुरुङले मादी गाउँपालिकामा मतदातासँग घरदैलो कार्यक्रम तीव्र पारेका छन्। कार्यक्रम वडा नंं. ५ को ठुलोस्वाँराबाट सुरु भई चित्रे मगरगाउँ, भैसे, वडा नं. ४ तारकाङ–माझाहाटी, वडा नं. ३ याङ्जाकोट–देउराली तथा वडा नं. २ को घाम्राङ र ताङतिङ लगायतका स्थानमा सम्पन्न भएको छ। घरदैलोका क्रममा ठुलोस्वाँराका भीम गुरुङले २०६४ सालमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देव गुरुङलाई मतदान गरेर विजयी बनाएको स्मरण गर्दै यसपटक पनि गुरुङ समुदायका छोरा राजकाजि गुरुङ उम्मेदवार बन्नु सबैका लागि… पुरा पढौ

स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइरालालाई श्रम संस्कृति पार्टीले सघाउने गरी सहकार्य, पोखरामा सम्पर्क कार्यालय स्थापना (भिडियो सहित)

दिननाथ बराल,पोखरा, ३ फागुन कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार युवा वैज्ञानिक डा.निरञ्जन कोइरालाले आफ्नो चुनावी एजेण्डा श्रम संस्कृति पार्टीसँग मेल खाएको भन्दै सहकार्यको घोषणा गरेका छन्। शनिबार पोखरामा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयको रिबन काटेर शुभारम्भ गर्दै उनले हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग सघाउने गरी सहकार्य गरेको जानकारी दिए । https://www.youtube.com/watch?v=5tf070SDFRk पत्रकारहरुको जिज्ञासामा उनले स्वतन्त्र उम्मेदवार भएर पनि पार्टीसँग सहकार्य गर्नुको कारण स्पष्ट पार्दै भने, “देशलाई परनिर्भरबाट आत्मनिर्भर बनाउने, जल, जमिन र श्रम शक्तिलाई यहीँ… पुरा पढौ

जनचेतनामुलक लोकगीत प्रतियोगितामा भरतपोखरी स्वास्थ्य चौकी प्रथम

पोखरा, १ फागुन, पोखरामा शुक्रबार भएको ‘महिला स्वास्थ्य स्वयंम सेविका बिचको जनचेतनामुलक लोकगीत प्रतियोगिता’ मा भरतपोखरी भरतपोखरी स्वास्थ्य चौकी प्रथम भएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले आयोजना गरेको प्रतियोगितामा भरतपोखरी प्रथम भएको हो । प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा भएको प्रतियोगितामा प्रथम हुदैं भरतपोखरी स्वास्थ्य चौकीले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा माझठाना कालिका मिलिजुली समूह दोस्रो, अन्नपूर्ण समूह तेस्रो र नौलो समूह राखी स्वास्थ्य चौकी सान्त्वना… पुरा पढौ

बालमैत्री गण्डकी प्रदेश निर्माण हाम्रो साझा लक्ष्य हो : मन्त्री विन्दुकुमार थापा

पोखरा, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री गण्डकी प्रदेश निर्माणलाई साझा लक्ष्यका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गरेका छन्। शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सामाजिक विकास महाशाखाको आयोजनामा सम्पन्न भएको “बालबालिका सम्बन्धी नियमावली, २०८२” को मस्यौदामाथि विस्तृत छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रदेश बाल अधिकार समितिको बैठकसमेत बसेर बाल अधिकार संरक्षण, प्रवद्र्धन र कार्यान्वयनका विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको उनले उल्लेख गरे । “बालबालिका भविष्यका मात्र होइन,… पुरा पढौ

This will close in 20 seconds