राजनीति

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेकथ्रु

चितवन ११, माघ, भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो । परीक्षण स्वरुप प्रशारण गरिएको विद्युत भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालयमा आपूर्ति भएको नेपाल विद्युत प्राधिरण भरतपुर वितरण केन्द्रले जनाएको छ । ब्रेकथ्रुपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख… पुरा पढौ

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा

पोखरा, माघ १, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ । मंगलबार आयोजित स्मृति सभामा वक्ताले पौडेलले महासंघको संस्थागत तथा पत्रकारिता लगायत क्षेत्रमा पु¥याएको योगदानको स्मरण गरे । उनीहरुले त्रिभुवन पौडेलको स्मरणमा दोस्रो स्मृति सभा गरेको छ । पौडेलको सपना पूरा गर्न सबैजना एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । आजभन्दा ठिक २ वर्षअघि पोखराको सेती खोंचमा यती एअर दुर्घटनामा परी पत्रकार पौडेल, पोखराकै सञ्चारकर्मी अनिल शाहीसहित ७२ जनाको ज्यान गएको… पुरा पढौ

दुधका व्यवसायीक किसानहरुलाई रकम उपलब्ध गराउन बिषेश पहल गर्छुः मन्त्री अधिकारी, करिब डेढ अर्ब भुक्तानी गर्न बाँकी

दीननाथ बराल, पोखरा १, माघ, नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारीले दुधका व्यवसायीक किसानहरुलाई रकम उपलब्ध गराउन बिषेश पहल गर्ने बताउनु भएको छ । केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड नेपालको आज (सोमबार) पोखरामा सम्पन्न भएको ३० औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले देशभरका किसानले दुध बिक्री गरेको रकम नपाएकोमा चिन्त्ता व्यक्त गर्दै उक्त रकम उपलब्ध गराउन बिषेश पहल गर्ने बताउनु भएको हो । सरकारी र अधिकांश निजी डेरी उद्योगले गत विगत ६ महिना अघि देखिको किसानलाई… पुरा पढौ

भरतपुर महानगरपालिकाले ल्यायो १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट

चितवन पुस २८, भरतपुर महानगरपालिकाले १४ करोड २८ लाख रुपैयाँको पूरक बजेट ल्याएको छ । आईतबार विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा भएको १६ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो । एक सय ४ वटा वडास्तरीय तथा नगरस्तरीय योजनाहरुको कार्यक्रम संशोधन तथा रकमान्तर भएको रु १४ करोड २८ लाख ल्याइएको हो । उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उहाँले बताउनुभयो । बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत… पुरा पढौ

धरौटीको रकम बैंक ग्यारेन्टि बसे पछि रवि लामिछाने हिरासत्त मुक्त

दीननाथ बराल,पोखरा २५, पुष, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा छाड्ने आदेश दिएको रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले आजै छाडेको छ । जिल्ला अदालत कास्कीले लामिछानेसँग ६५ लाख धरौटी माग गरे बमोजिम प्रभु बैंक ग्यारेन्टि बसे पछि उहाँ आजै प्रहरीको हिरासत मुक्त हुनु भएको हो । https://www.youtube.com/watch?v=dxsmVWiRluA उहाँको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । काठमाडौं लगायतका क्षेत्रमा सहकारीको रकम अपचलन गरेको अन्य मुद्दा भएकोले कास्की जिल्ला अदालतको आदेशलाई सम्मान गर्दै भोली नै उहाँ आफै काठमाडौं अदालतमा हाजिर हुने शर्तमा छाडिएको… पुरा पढौ

१३ औं पोखरा महोत्सव शुरु

पोखरा २५, पुष, १३ औं संस्करणको पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड… पुरा पढौ

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित रवि लामिछाने सहित ७ जना धरौटिमा रिहा

दीननाथ बराल,पोखरा २५, पुष, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आरोपित रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित ७ जना धरौटिमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ । प्रतिवादीहरुको बहस सकिएसंगै पुरक अभियोजन भई थुनछेक बहस पछि आज थुनछेक आदेश प्राप्त भएको जिल्ला अदालत कास्कीका श्रेष्तदार(उपसचिव) राजन खनालले बताउनु भयो । https://www.youtube.com/watch?v=dxsmVWiRluA उहाँका अनुसार अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । सहकारी… पुरा पढौ

राइड शेयरिङ एप्सलाई मान्यता नदिन चेतावनी

दीननाथ बराल,पोखरा २४, पुष, राइड शेयरिङ एप्सलाई मान्यता नदिन पोखरा क्षेत्रका मजदुर तथा व्यवसायीहरुले चेतावनी दिएका छन् । उक्त एप्सलाई सरकारले मान्यता दिन लागेको भन्दै यहाँका मजदुर र व्यवसायीहरुले आज(बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सरकारलाई चेतावनी दिएका हुन् । एकिकृत यातायात मजदुर संगठन नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा गठनमा आबद्ध मजदुर सहित विभिन्न व्यवसायमा आवद्ध व्यवसायीहरुले नेपालमा अबैधानिक रुपमा रहेको राइड शेयरिङ एप्सलाई कानून संसोधन गरेर कानूनी मान्यता दिए त्यसका बिरुद्ध आन्दोलन गर्न आफुहरु तयारी अबस्थामा… पुरा पढौ

सूर्यदर्शन सहकारीमा ठगि प्रतिवादीका वकिलहरूको बहस सकिएसंगै विहिबार आदेश आउन सक्ने

पोखरा २४, पुष, पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी तर्फका अधिवक्ताहरूको बहस आज सकिएको छ । बुधबार प्रतिवादीका तर्फका अधिवक्ताहरूको बहस सकिएसंगै सम्भवत भोलि(विहिबार) आदेश समेत आउन सक्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहन्त्री रवि लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत प्रतिवादीहरू तर्फका अधिवक्ताहरुको बहस बुधबार सकिएको हो । बिहीबारसम्म सरकारी वकिल कार्यालयको तर्फबाट बहस हुने भएको छ भने जवाफी बहस सकिएपछि आदेश आउने सम्भावना रहेको छ । पोखराको सुरक्षा व्यवस्था हाल… पुरा पढौ

पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधारण सभा, बृतचित्र लोकार्पण

पोखरा, २३ पुस, पञ्चासे प्राज्ञ मञ्चको दोस्रो साधरण सभा तथा बृतचित्र लोकार्पण कार्यक्रम भएको छ । साधरण सभाको उद्घाटन गर्दै प्रदेश सभासद प्रकाश बराल पञ्चासे प्राज्ञ मञ्चले पोखरा २३ को विकास र इतिहास संरक्षणमा भुमिका खेल्नु पर्ने बताए । उनले पोखरा महानगरपालिका २३ मा पर्ने पञ्चासे क्षेत्रलाई विश्वले नै चिन्ने भन्दै यस प्रचार प्रसारमा अझ लाग्न सके आर्थिक, धार्मिक र पर्यटन क्षेत्रको विकास हुने बताए । उनले बृत चित्रले यस क्षेत्रका धार्मिक र प्राकृतिक क्षेत्रलाई समेटका कारण यस क्षेत्रको प्रचार… पुरा पढौ