राजनीति

सोमबार राति दुर्गा प्रसाईं पक्राउ, समर्थकहरू आजैदेखि आन्दोलनमा

राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यराति भक्तपुरस्थित घरबाट हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको छ। प्रसाईंको गिरफ्तारीको विरोधमा नागरिक बचाउ दलले मंसिर ७ गतेका लागि घोषणा गरिएको प्रदर्शन नपर्खी आजैदेखि देशव्यापी आन्दोलन सुरु गर्ने जनाएको छ । दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले ‘मध्यराति अपहरण–शैलीमा गरिएको पक्राउले सरकार स्वयंले शान्ति भंग गरेको’ आरोप लगाउँदै तुरुन्तै आन्दोलनमा उत्रिने बताएका छन्। नागरिक बचाउ दलले प्रसाईको रिहाईको माग समेत गरेको छ । प्रसाईले… पुरा पढौ

पोखरा २२ पुम्दी भुम्दीको पीपलडाली खाल्से सडकको शिलान्यास

पोखरा १, मंसिर, पोखरा महानगरपालिका वडा नं.२२ पुम्दी भुम्दीको पीपलडाली खाल्से सडक स्तरोन्नति योजनाको एक समारोहका बिच सोमबार शिलान्यास गरिएको छ । साँढे ३ किलोमिटर सडक स्तरोउन्ती हुने गरी उक्त परियोजनाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सोमबार एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख आचार्यले स्रोत अभावका कारण निकै लामो समयसम्म अलपत्र परेको उक्त सडकलाई महानगरपालिकाले यस वर्ष प्राथमिकतामा राखेर स्तरोन्नति थालेको बताउनुभयो । २०८३ भाद्र ७ गतेसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकाले गुणस्तरीय… पुरा पढौ

अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्छ ः मन्त्री थापा

पोखरा, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा मन्त्रालयद्वारा आयोजित “अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । मन्त्री थापाले प्रदेश सरकारले अध्ययनसहित कानून निर्माण गरी अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण र व्यवस्थापनमा अघि बढ्ने प्रतिबद्धता जनाए । उनले भने — “गण्डकी प्रदेश… पुरा पढौ

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता

काठमाडौँ, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नेतृत्वमा पहिलो पटक निर्वाचन आयोगमा दल दर्ताको निवेदन दर्ता भएको छ । तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु चञ्चलाको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्य समितिले आयोगमा दल दर्ता गरिदिन निवेदन दिएको हो । संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा आयोग पुगेर दल दर्ताको निवेदन दर्ता गराइएको छ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने गरी प्रक्रिया अगाडि बढाइदिन समाजवादी समावेशी पार्टी (ससपा) ले आयोगलाई अनुरोध… पुरा पढौ

गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक २०८२ बहुमतले पारित

पोखरा, गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । २०८२ कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। विधेयक पारित भएपछि प्रतिक्रिया व्यक्त गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले यो कदमलाई विश्वविद्यालय सुधार यात्राको… पुरा पढौ

जेनजी आन्दोलन पछि गण्डकी प्रदेश सभा बैठक कृषि मन्त्रालयमा बस्यो,जनअपेक्षा अनुसार जवाफदेही र पारदर्शी ढंगले काम गर्नुपर्छः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल, पोखरा, २४ कात्तिक, देशमा उत्पन्न पछिल्लो घटनाक्रम जेनजी आन्दोलनका कारण गण्डकी प्रदेश सभा बैठक प्रभावित हुँदै आएको अवस्थामा आज(सोमबार) भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विगत केही महिनादेखि देशमा देखिएको राजनीतिक अस्थिरता, जनआन्दोलन र त्यसबाट उत्पन्न क्षतिको समीक्षा गर्दै शान्ति, स्थायित्व र पुनर्निर्माणतर्फ एकजुट हुन सबै पक्षसँग आग्रह गर्नुभयो। मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “देशको पछिल्लो परिवेश यहाँहरू सबैलाई थाहा छ। जेनजी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति… पुरा पढौ

हुलाक सेवालाई समय अनुकूल बनाउन सुझाव,देशका ४५ जिल्लामा ईएमएस सेवा

दीननाथ बराल, पोखरा २१, कार्तिक, जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालको हुलाक सेवालाई समय अनुकूल र प्रभावकारी बनाउन सुझाव दिनुभएको छ । हुलाक सेवा विभागले शुक्रबार पोखरामा आयोजना गरेको द्रुत डाँक सेवा (ईएमएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्दै उहाँले नीजि क्षेत्रसंग प्रतिष्प्रर्धा हुने गरी सरकारी हुलाक सेवालाई परिकृत र परिमार्जन गरी चुस्त दुरुस्त सेवा दिन सुझाव दिनुभएको हो । उहाँले भन्नुभयो— “निजी क्षेत्रले सरकारी हुलाकको सहायतामा विश्व बजारमा सेवा दिइरहेको छ, त्यसैले सरकारी हुलाक सेवालाई अझ सबल र परिणाममुखी… पुरा पढौ

पोखराको सिर्जना बहिरा माविमा आन्दोलन चर्कीयो, पुनः तालावन्दी

दीननाथ बराल, पोखरा २०, कार्तिक, पोखरा २६ मा रहेको सिर्जना बहिरा माविमा पुनः आन्दोलन चर्कीएको छ । बिद्यालयमा भएको अनियमितताको बिषयमा छानविन समितिले छानविन गर्न ढिलाई गरेको भन्दै बिद्याथीहरुले विहिबारदेखि आन्दोलन चर्काएको अभिभावकले पोखराक्लिकलाई बताउनु भयो । बिद्यार्थीहरुले विहिबारदेखि बिद्यालयमा अनिश्चितकालिन तालावन्दी गर्नु भएको छ । भदौं दोश्रो हप्तामा गठित छानविन समितिले दुई महिना वित्दासम्म पनि छानविन गर्न आलटाल र गोलमोटोल गर्न लागेको अभिभावक प्रविन बिसिले बताउनु भयो । बिद्यार्थीको माग बमोजिम बिद्यालयका प्रधानाध्यापक सुनिल भण्डारी सहित ५ जनाको सरुवा… पुरा पढौ

९ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा, संयोजक दाहाल र सहसंयोजक नेपाल

काठमाडौं, विभिन्न नौ वामपन्थी दलहरू एकीकृत भई नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज (बुधबार) आयोजित विशेष समारोह मार्फत एकता घोषणा गरिएको हो । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा(माओवादी समाजवादी), नेकपा (साम्यवादी) लगायत नौ दल यस एकतामा सहभागी भएका छन् । नवगठित पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल रहने निर्णय गरेको छ ।घोषणा सभामा पार्टीको २३ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ, जसमा संविधानको रक्षा,… पुरा पढौ

दुई पटक स्थगित प्रदेश सभा बैठक तेस्रो पटक कार्तिक २४ गते बस्ने

दीननाथ बराल,पोखरा, १८ कार्तिक, दुई पटक स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक तेस्रो पटक यही कार्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ। गण्डकी प्रदेश सभा सचिवालयले मंगलबार सूचना जारी गर्दै बैठक मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने जनाएको हो। प्रदेश सभा सचिव गोविन्द पौडेलका अनुसार बैठक विशेष कारणवश स्थगित भएको भए पनि अब नयाँ मिति निश्चित गरिएको छ ।यसअघि असोज २२ र भदौ २५ मा तोकिएका बैठकहरू ‘जेन–जी आन्दोलन’का क्रममा प्रदेश सभा भवनमा भएको आगजनीका… पुरा पढौ