फोटो ग्यालेरी

काठमाडौँमा हुने एभिएसन फुटसलको ट्रफी पोखराको आकाशमा अनावरण (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १० माघ, नेपाली एभिएसन खेलकुदको इतिहासमै पहिलो पटक नयाँ कीर्तिमान कायम गर्दै काठमाडौँमा आयोजना हुन गइरहेको गीता एभिएसन फुटसल सिजन–२ को ट्रफी पोखराको आकाशमै अनावरण गरिएको छ । पोखराको पामे क्षेत्रमा आयोजित विशेष ट्रफी रिभिल(सार्वजनिक) कार्यक्रममा आठवटै सहभागी टिमका कप्तानहरू हट एयर बलुन मार्फत आकाशमा उडान भरी ट्रफी सार्वजनिक गरिएको आयोजकले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=AycnHHR4ZDk आगामी फेब्रुअरी १४ (फागुन २ गते) काठमाडौँमा आयोजना हुन गइरहेको एभिएसन फुटसल टुर्नामेन्टको पूर्वसन्ध्यामा गरिएको यस अनौठो तथा आकर्षक कार्यक्रमले प्रतियोगिताको… पुरा पढौ

एरिका र दिपेन्द्र वर्ष खेलाडी,पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान, लाइफटाइम अचिभमेन्ट अवार्डबाट खड्का तथा स्पेशस अवार्डबाट तुलसी सम्मानित, पिपुल च्वाइसको उपाधि सुनारीलाई

दीननाथ बराल पोखरा, पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दि इयरको अवार्डबाट सम्मानित हुनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले बुधबार पोखरा सभागृहमा साँझ आयोजना गरेको स्पोट्र्स अवार्डको २२ औँ संस्करण कार्यक्रममा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गर्नुभयो । पेरिस पारा ओलम्पिकमा काश्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुनुहुन्छ । https://www.youtube.com/watch?v=N-nFFbJPLoA गत वर्ष पलेसा एनएसजेएफ… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको उपाधि पोखरेललाई, टिम तर्फ साविक विजेता प्रज्वल र दिप्सनको जोडीलाई उपाधि

दीननाथ बराल पोखरा, ५, पुष, पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ को उपाधि काठमाडौंका दिपक पोखरेलले जित्नु भएको छ । कास्की जिल्ला गल्फ संघको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार सम्पन्न भएको प्रतियोगितामा नेट तर्फ पोखरेलले ३९ अंक प्राप्त गर्दै उपाधि सहित नगद १५ हजार प्राप्त गर्नु भयो । त्यसै गरी काठमाडौंकै (एक्स सिंगापुरे) विश्वमान गुरुङले ३६ अंक प्राप्त गर्दै दोश्रो हुनु भयो भने पोखराका (जर्मन बेकरीका संचालक) बलराम थापा भने ३५ अंक सहित तेश्रो हुनु भयो । दोश्रो हुनेले… पुरा पढौ

स्पेनमा ११औँ निन्टाइन कप क्योकुशिन कान कराँतेमा असोक लामा रुम्बा पुनः प्रमुख रेफ्री

दीननाथ बराल,पोखरा, २८ मंसिर, युरोपेली मुलुक स्पेनमा सम्पन्न ११औँ निन्टाइन कप क्योकुशिन कान कराँते प्रतियोगिता २०२५ मा नेपाली क्योकुशिन कान कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षक एवं रेफ्री असोक लामा रुम्बाले पुनः प्रमुख रेफ्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ । डिसेम्बर १२ र १३ ९मंसिर २६ र २७० मा आयोजित उक्त प्रतियोगितामा स्पेन, जापान, कोरिया लगायत १८ देशका खेलाडीहरूको सहभागिता रहेको थियो । यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली रेफ्रीलाई प्रमुख रेफ्रीको जिम्मेवारी दिइनु नेपाली खेलकुदका लागि गौरवको विषय भएको… पुरा पढौ

पोखरामा देउसी भैलोको रौनकः (फोटो भिडियो सहित)

दीननाथ बराल पोखरा ५, कार्तिक तिहार पर्वको अवसरमा पोखरामा देउसी भैलो खेल्नेको भिडभाड भएको छ । पोखराको लेकसाइड क्षेत्रमा विभिन्न गितमा नेपाली परम्परा देखि आधुनिक एवं पश्चिमा शैलिमा समेत नृत्य प्रर्दशन गरिएको छ । https://www.youtube.com/watch?v=04Hss5kJJSk पुरा पढौ

तालवाराही मन्दिरमा दर्शनाथीको भिड

पोखरा, फेवातालको बीच भागमा रहेको धार्मिक एवं पर्यटकीय स्थल तालवाराही मन्दिरमा आज (सोमबार) बर्षकै सबै भन्दा बढी दर्शनार्थी एवं पर्यटकहरुको भिडभाड भएको छ । दशैं पर्वको अन्तिम दिन अर्थात् कोजाग्रतपूर्णिमा पर्वको अवसरमा मन्दिर दर्शन गर्ने भक्तजन र पर्यटकले भिडभाडले ताल क्षेत्र सोमबार भिडभाड भएको स्थानियले पोखराक्लिकलाई बताउनु भयो । बिहानैदेखि दर्शनार्थी एवं पर्यटकहरुले लाइनमा बसेर डुंगाको टिकट काट्न र लाइफ ज्याकेट लिन लामो लाइनमा उभिनु भएको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । अघिल्ला बर्षको तुलनामा… पुरा पढौ

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौडको उपाधि सुदूरपश्चिमका राउतलाई, विश्व पर्यटन दिवसः पुम्दी भुम्दीमा नेपाल सहित ८ देशका धावकलाई भव्य स्वागत

पोखरा, ११ असोज, दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिताको उपाधि नरेन्द्रसिंह रावतले जितेका छन् । सुदूरपश्चिमका राउतले निर्धारित आठ किमी दूरी ३५ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै नगद ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । सुदूरपश्चिमकै करन रावल दोस्रो र कर्णालीका दलबहादुर कुँवर तेस्रो भए । करनले निर्धारित दूरी ३६ मिनेट ३३ सेकेण्डमा पार गर्दा दलबहादुरले ३७ मिनेट १६ सेकेण्ड लगाएको निर्णायक ओमबहादुर गुरुङले जानकारी दिए । दोस्रोले ३० हजार र तेस्रोले १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्… पुरा पढौ

अन्तर्राष्ट्रिय म्याराथन धावक कुसाङ गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा ३०, साउन, अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो । उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर… पुरा पढौ

पुम्दीकोटमा महाआरतीको रौनक

पोखरा, पोखरा २२, मा रहेको पुम्दीकोट बिशाल महादेवको मुर्ति परिसरमा साउन महिनाको दोश्रो सोमबार आज हर्स उल्लाहासका साथ महाआरती गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठ रहनु भएको थियो । पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्र्रकान्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निर्मलराज बरालले गर्नु भएको थियो । हरेक सोमबार पुम्दीकोटमा बोलबमका भक्तहरुको उल्लेखनिय सहागिता हरेको समितिका व्यबस्थापक रुद्र पौडेलले बताउनु भयो । पुरा पढौ

तस्विरमा पोखरा–९’फोटो प्रदर्शनीमा उल्लेखनिय सहभागिता, (भिडियो सहित)

दीननाथ बराल,पोखरा १३, असार, नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’फोटो प्रदर्शनी भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी भएको नपीजेए कास्कीका अध्यक्ष राम गुरुङले पोखराक्लिकलाई जानकारी दिए । https://www.youtube.com/watch?v=dJe6w8Q2J88 उक्त कार्यक्रममा फोटो अवलोकन गर्नेहरुको उल्लेखनिय सहभागिता रहेको उनले दाबी गरे । प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिएको र फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य… पुरा पढौ