पोखरामा श्रीकृष्ण जन्माष्टमी मनाइदै(फोटो तथा भिडियो)
दीननाथ बराल,पोखरा १०, भदौं, श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा पनि मनाइदै छ । पोखराका विभिन्न कृष्ण मन्दिरहरुमा धुमधामका साथ यस पर्व मनाइदै छ । विभिन्न कृष्ण मन्दिरहरुमा आज भगवान् श्रीकृष्णको पूजा आराधना सहित र्याली सहितको झाँकी समेत प्रर्दशनी गरिएको छ । पोखरा १० रामबजारमा श्रीकृष्ण मन्दिरमा, श्रीकृष्ण मन्दिर संचालक समितिको आयोजनामा, पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालय तथा श्याम श्याम सत्संग पोखरा १५ (राधे राधे) को संयुक्त आयोजनामा पोखरामा सोमबार बृहत शोभा यात्रा निकालिएको छ । त्यसै गरी पोखराका विभिन्न…
पुरा पढौ
लेकसाइड पुगेर खुल्ला चौरमै दिदी बहिनीले यसरी दर खादै (डिभियो सहित)
पोखरा ९, भदौ, पोखराको लेकसाइडमै पुगेर खुला चौरमा गिता जुम्बा क्लासको टिमले तिजको गित गाउदै दर समेत खादै । आइतबार पोखराको केदारेश्वर महादेव मणि आश्रम मन्दिरको परिसरमा रहेको खुल्ला चौरमा दर खादै जुम्बा टिम । आफुहरुले नेपाली परम्परा अनुसारकै तिजको पर्वको अवसरमा दर खाने कार्यक्रममा जुटेको संस्थाका अध्यक्ष गिता पंगेनीले बताउनु भयो । साथै उहाँहरुले वालुवा वोक्ने केही श्रमिक महिलाहरुलाई समेत दर खुवाउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=ouGM_JVndyU
पुरा पढौ
पोखरामा तायाः मचा नृत्य प्रतियोगिताको रौनक (भिडियो सहित)
दीननाथ बराल,पोखरा ८, भदौ, पोखरामा आज( शनिबार) तायाः मचा नृत्य प्रतियोगिता २०८१ को रौनक जारी रहेको छ । नेवा खलः कास्कीको आह्वानमा पोखराको नयाँबजार साँस्कृतिक समितिको आयोजनामा उक्त प्रतियोगिता हालसम्म जारी रहेको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताउनु भयो । उक्त प्रतियोगितामा पोखरा सहित कास्कीका विभिन्न टोलबाट पुरुष तथा महिला तर्फ २७ टिम सहभागि भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा पुरुषतर्फको विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । त्यस गरी उपविजेताले २ लाख र तेश्रोले १ लाख र…
पुरा पढौ
माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन महायज्ञ सुरु, पहिलो दिनमै ११ लाख संकलन
पोखरा ७, भदौं, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुरु भएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनु भयो । महायज्ञको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बिहिबार एक समारोहका बिच उद्घाटन गर्नुभयो ।…
पुरा पढौ
पोखरा ९ बास्तोलाथरमा कृषि हार्ट बजार सुरु
पोखरा ६, भदौं, पोखराको महेन्द्रपूल बस्तोला थरमा साप्ताहिक कृशि हार्ट बजार को सुरुवात गरिएको छ । पोखरा ९ का स्थानिय बासिलाई फलफुल तरकारी सहुलियत मुल्यमा उपलब्ध गराउने उद्धेश्यले उक्त हार्ट बजार सुरुवात गरिएको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो । तस्बिर सन्जय शाक्य
पुरा पढौ
पोखरामा पनि गाईजात्रा पर्व मनाइर्दै (फिचर फोटो)
पोखरा ४ भदौं, पोखरामा पनि गाई जात्रा पर्व मनाइदै छ । पोखरा उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने गाइजात्रा पर्व हो । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु…
पुरा पढौ
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा डिजिटाइजेसन र महिला उद्यमशीलता सम्बन्धि प्रशिक्षण, पर्यटकको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न सुझाव
दीननाथ बराल, पोखरा, ३१ साउन, घरवास कार्यक्रम (होमस्टे) मा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाव दिनु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको विहिबार पोखरामा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । स्ट्याण्डर्ड चार्टर्ड…
पुरा पढौ
लायन्स क्लब नेतृत्व विकास गर्ने संस्था हो मन्त्री देवकोटा
पोखरा ३० साउन, लायन्स क्लब इनटरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तरगत रिजन १२ मा रहेका पाँच वटा क्लबको संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा लेखनाथ, लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारी, लायन्स क्लब अफ पोखरा आरम्भ चौतारी, लायन्स क्लब अफ पोखरा उन्नति चौतारी र लायन्स क्लब अफ पोखरा भिजिटले संयुक्त पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम आयोजना गरेका हुन् । गण्डकी प्रदेश सरकारका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा…
पुरा पढौ
पशुपतिनाथमा दर्शनार्थीको भिड्ः
काठमाण्डौं २८, साउन, धार्मिक तिर्थ स्थल पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको सोमबार अत्याधिक भिडभाड भएको छ । यस बर्ष २०८१ को साउन महिनाको अन्तिम सोमबारमा बोलबमका भक्त सहित पशुपती मन्दिरको दर्शन गर्न बिहानै देखि दर्शनार्थीको अत्याधिक भिड भएको हो । साथै पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ समेत आयोजना भएको छ । तष्विर डि.एन.बी. https://www.youtube.com/watch?v=KsCBmm_9QMQ पशुपतिनाथ मन्दिरमा आयोजित महायज्ञमा महिला समुहद्धारा नौमती बाजाको प्रस्तुतीले आकर्षण गर्यो । भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=U-FsxjobJKg
पुरा पढौ
आदिवासी दिवसको अवसरमा पोखरामा र्याली प्रर्दशन
पोखरा २६, साउन, पोखरामा आदिवासी दिवसको अवसरमा निकालिएको र्याली । शुक्रबार पोखरामा निकालिएको र्यालीमा सहभागिहरु विभिन्न भेषभुषामा सजिनु भएको थियो । तष्विर दीननाथ बराल
पुरा पढौ