फोटो ग्यालेरी

सृजना मा.वि.मा पुरस्कार वितरण

पोखरा ९, मंसिर, पोखरा–८, सृजनाचोक शान्तिमार्गमा रहेको सृजना माविमा यही मंसिर ६, ७ र ९ गते त्रिदिवसीय रूपमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू लगायत अनुशासन, सरसफाईमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मङ्सिर ६ र ७ गते छुट्टाछुट्टै कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको थियो । भने मङ्सिर ९ गते आइतवारका दिन २०८१ साल असोज १६, १७… पुरा पढौ

अष्ट्रेलियन नागरिक म्याट र मार्लिनको बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ पोखरामा नेपाली परम्परा अनुसार बिबाहकै झल्को दिने गरी मनाइयो (भिडियो सहित )

दीननाथ बराल, पोखरा ७, मंसिर, अष्ट्रेलियन नागरिक म्याट र मार्लिनको बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ पोखरामा धुमधामका साथ मनाउनु भएको छ । आज भन्दा २५ बर्ष अघि पोखरामा घुमघामा आउनु भएको दुबै जनाको प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्धमा बाधिएसंगै पटक पटक नेपाल आउने गर्नुहुने उहाँहरुले आज बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ नेपाली परम्परा अनुसार पोखरामा धुमधामका साथ मनाउनु भएको हो । https://www.youtube.com/watch?v=nvSheg9f_mk पोखराको शिखर प्यालेसबाट दुलाहको रुपमा नेपाली भेषमा सजियर म्याट(म्याथुम) पन्चेबाजा गाँजाको साथमा बाराहीघाट स्थित होटल ग्लोवल इनमा उहाँकी… पुरा पढौ

नवलपरासीको हार्ट बजारको रौनक

नवलपरासी २८, असोज, दशैं टिकाको भोलि पल्ट आइतबार नवलपरासीको झरही पुल नजिक आयोजना भएको हार्ट बजारको रौनक । उक्त हार्ट बजारमा दुर्गा भगवानको प्रतिकको रुपमा रहेका मुर्तिहरु प्रर्दशनी पश्चात वसिर्जन गरिएको छ । उक्त हार्ट बजारमा दैनिक उयपभोग्य बस्तु खरिद गर्न हजारौं व्यक्तिहरु सहभागि हुनु भएको थियो । पुरा पढौ

पोखराको बाराही घाटमा तीन थरी पिङः

पोखरा २५, असोज, पोखराको पर्यटकीय स्थल बाराही घाट क्षेत्र(बाराहीघाट खेल मैदान) मा पिङ खेल्दै स्थानिय एवं पर्यटकहरु ।स्थानियको सक्रियतामा तीन थरीका( चम्राले, रोटै र लिङ्गे) पिङ हालिएको छ । नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आफुहरुले समेत उक्त अयिभानमा सहयोग गरेको पोखरा ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले पोखराक्लिकलाई बताउनु भयो । स्थानियको सक्रियतामा केही बर्ष देखि विभिन्न थरिका पिङ सो क्षेत्रमा हाल्दै आएको उहाँले जनाउनु भयो । पछिल्लो समयमा नेपाली परम्परागत कला संस्कृति लोप हुन थालेकोले त्यसको संरक्षण… पुरा पढौ

पोखरामा श्रीकृष्ण जन्माष्टमी मनाइदै(फोटो तथा भिडियो)

दीननाथ बराल,पोखरा १०, भदौं, श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा पनि मनाइदै छ । पोखराका विभिन्न कृष्ण मन्दिरहरुमा धुमधामका साथ यस पर्व मनाइदै छ । विभिन्न कृष्ण मन्दिरहरुमा आज भगवान् श्रीकृष्णको पूजा आराधना सहित र्याली सहितको झाँकी समेत प्रर्दशनी गरिएको छ । पोखरा १० रामबजारमा श्रीकृष्ण मन्दिरमा, श्रीकृष्ण मन्दिर संचालक समितिको आयोजनामा, पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालय तथा श्याम श्याम सत्संग पोखरा १५ (राधे राधे) को संयुक्त आयोजनामा पोखरामा सोमबार बृहत शोभा यात्रा निकालिएको छ । त्यसै गरी पोखराका विभिन्न… पुरा पढौ

लेकसाइड पुगेर खुल्ला चौरमै दिदी बहिनीले यसरी दर खादै (डिभियो सहित)

पोखरा ९, भदौ, पोखराको लेकसाइडमै पुगेर खुला चौरमा गिता जुम्बा क्लासको टिमले तिजको गित गाउदै दर समेत खादै । आइतबार पोखराको केदारेश्वर महादेव मणि आश्रम मन्दिरको परिसरमा रहेको खुल्ला चौरमा दर खादै जुम्बा टिम । आफुहरुले नेपाली परम्परा अनुसारकै तिजको पर्वको अवसरमा दर खाने कार्यक्रममा जुटेको संस्थाका अध्यक्ष गिता पंगेनीले बताउनु भयो । साथै उहाँहरुले वालुवा वोक्ने केही श्रमिक महिलाहरुलाई समेत दर खुवाउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=ouGM_JVndyU पुरा पढौ

पोखरामा तायाः मचा नृत्य प्रतियोगिताको रौनक (भिडियो सहित)

दीननाथ बराल,पोखरा ८, भदौ, पोखरामा आज( शनिबार) तायाः मचा नृत्य प्रतियोगिता २०८१ को रौनक जारी रहेको छ । नेवा खलः कास्कीको आह्वानमा पोखराको नयाँबजार साँस्कृतिक समितिको आयोजनामा उक्त प्रतियोगिता हालसम्म जारी रहेको प्रतियोगिता संयोजक शम्भुलाल श्रेष्ठले बताउनु भयो । उक्त प्रतियोगितामा पोखरा सहित कास्कीका विभिन्न टोलबाट पुरुष तथा महिला तर्फ २७ टिम सहभागि भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा पुरुषतर्फको विजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । त्यस गरी उपविजेताले २ लाख र तेश्रोले १ लाख र… पुरा पढौ

माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन महायज्ञ सुरु, पहिलो दिनमै ११ लाख संकलन

पोखरा ७, भदौं, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुरु भएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनु भयो । महायज्ञको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बिहिबार एक समारोहका बिच उद्घाटन गर्नुभयो ।… पुरा पढौ

पोखरा ९ बास्तोलाथरमा कृषि हार्ट बजार सुरु

पोखरा ६, भदौं, पोखराको महेन्द्रपूल बस्तोला थरमा साप्ताहिक कृशि हार्ट बजार को सुरुवात गरिएको छ । पोखरा ९ का स्थानिय बासिलाई फलफुल तरकारी सहुलियत मुल्यमा उपलब्ध गराउने उद्धेश्यले उक्त हार्ट बजार सुरुवात गरिएको पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनु भयो । तस्बिर सन्जय शाक्य पुरा पढौ

पोखरामा पनि गाईजात्रा पर्व मनाइर्दै (फिचर फोटो)

पोखरा ४ भदौं, पोखरामा पनि गाई जात्रा पर्व मनाइदै छ । पोखरा उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ मनाइने गाइजात्रा पर्व हो । यो नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु… पुरा पढौ