दीननाथ बराल,
पोखरा ७, मंसिर,
अष्ट्रेलियन नागरिक म्याट र मार्लिनको बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ पोखरामा धुमधामका साथ मनाउनु भएको छ । आज भन्दा २५ बर्ष अघि पोखरामा घुमघामा आउनु भएको दुबै जनाको प्रेम सम्बन्ध पछि बैबाहिक सम्बन्धमा बाधिएसंगै पटक पटक नेपाल आउने गर्नुहुने उहाँहरुले आज बैबाहिक सम्बन्धनको २५ औं बर्षगाँठ नेपाली परम्परा अनुसार पोखरामा धुमधामका साथ मनाउनु भएको हो ।
पोखराको शिखर प्यालेसबाट दुलाहको रुपमा नेपाली भेषमा सजियर म्याट(म्याथुम) पन्चेबाजा गाँजाको साथमा बाराहीघाट स्थित होटल ग्लोवल इनमा उहाँकी श्रीमती मार्टिन दुलाहीको भेषमा सजिनु भएको थियो ।
अष्ट्रेलियन सहित विदेशी पर्यटक २५ जनासंगै ल्याउनु भएका म्याटको जोडीले शुक्रबार पोखरामा अनौठो ढंगले नेपाली परम्परा अनुसार बिबाहकै झल्को दिने गरी आफ्नो बिबाहको २५ औं बर्षगाँठ मनाउनु भएको पोखराका होटल व्यवसायी शेखर पंगेनीले बताउनु भयो । यस बर्षको भाईटिका पर्व समेत पोखरामा मनाउनु भएको म्याड जोडीले नेपाली परम्परा निकै मन पर्ने र पोखरा सहित हिमश्रृखलाको दृश्यले गर्दा कम्तिमा १० पटक नेपाल आएको म्याटले बताउनु भयो ।
मार्लिनले २५ बर्ष अघि पोखराको टप्स माविमा करिब ६ महिना स्वयमसेवकको रुपमा काम गर्नु भएको बिद्यालयका संस्थापक रत्नमान गुरुङले बताउनु भयो । उहाँहरु पोखरा आउने क्रममा दोश्रो पटक पोखरा आउदा हवाई जहाजमा प्रेम सम्बन्ध अघि बढेको थियो । उहाँहरुको हाल १ जना छोरी समेत साथै पोखरा आउनु भएको थियो ।
यस्तो कार्यक्रममा नेपाली कला संस्कृति सहित पर्यटनको प्रबद्र्धन हुने युवा व्यवसायी पंगेनीले जनाउनु भयो । एक बर्ष अघि मोहन पंगनीको बिबाहको निम्तो मान्न पोखरा आएको जोडीले नेपाली परम्परा अनुसार बिबाहकै झल्को दिने गरी २५ औं बैबाहिक जीवनको बर्षगाँठ मनाउने निधो गरेको थियो । उक्त कार्यक्रममा निकै भावुक हुनु भएको राजबहादुर गुरु ले मार्टिन जोडीसंग अंकमाल गर्दै विगतलाई स्मरण गर्नु भयो । मार्टिन उहाँको घरमा नेपाल आउदा करिब ४ महिना बस्नु भएको थियो ।