पुम्दीकोटमा अत्याधिक भिड, सडकै जाम

-


     पोखरा क्लिक     
     फागुन १४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १४, फागुन,

पोखराको चर्चीत पर्यटकीय एवं धार्मिक तिर्थ स्थल पुम्दीकोट बिशाल महादेवको मुर्ति (भुमेश्वर महादेव) मा आज महाशिवरात्री पर्वको अवसरमा विहानै देखि अत्याधिक भिड भएको छ । पुम्दीकोटमा जारी महायज्ञ समेत रहेकोले दर्शनार्थीको अत्याधिक भिड भएकोले सडक नै जाम भएको छ ।

पोखराको पुम्दीकोटमा रहेको बिशाल महादेवको मुर्तिसंगै एक सय ८ शिव लिङमा दुध चढाउने र दर्शन सहित यहायज्ञमा सहभागि हुन आज बिहानै देखि दर्शनार्थीहरुको अत्याधिक भिड भएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो ।

यसैबिच, पोखरा क्षेत्रका शिवालय मन्दिरहरुमा दर्शन गर्नेहरुको भिडभाड भएको छ ।

तष्विर संजय शाक्य



This will close in 20 seconds