समाचार

गण्डकी प्रदेशमा कुस्ती संघ गठन

गण्डकी प्रदेशमा कुस्ती संघ गठन भएको छ । गण्डकी प्रदेशमा कुस्ती खेलको विकास एवं प्रवर्द्धन गर्न पोखरामा बुधबार सम्पन्न भेलाले उत्तर कुमार श्रेष्ठको अध्यक्षतमा सात सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यसै गरी संघको उपाध्यक्षमा योगिता शाहनी, सचिवमा दिपक प्रसाद पौडेल, कोषाध्यक्षमा डिल्लिराम सुबेदी रहेका छन भने कार्यसमिति सदस्यमा दिपक बस्ताकोटी, खड्ग श्रेष्ठ र नम्रता गुरुङ रहेका छन् । सो अवसरमा नवगिठत कार्यसमितिलाई बधाई दिंदै गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालाले नवगठित कार्यसमितिलाई अवसर र चुनौती दुबै रहेको जनाउँदै… पुरा पढौ

जिसस कास्कीद्वारा बित्तिय सुशासनको नतिजा सार्बजनिक

पोखरा, ३० फागुन जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक बर्ष २०७९र८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको ९ँच्ब्०को नतिजा सार्बजनिक गरेको छ सार्बजनिक नतिजा अनुसार बित्तिय सुशासनमा रुपा गाउँपालिकाले ६७ अन्क प्राप्त गरेको छ। त्यस्तै माछापुच्छ्रे गाउँपालिकाले ६४ ।५ , अन्नपूर्णले ६२, मादिले ६०।५र पोखरा महानगर पालिकाले ६० अन्क प्राप्त गरेका छ्न। मंगलबार विशेष सार्बजनिकिकरण कार्यक्रमको आयोजना गरि उक्त नतिजा सार्बजनिक गरिएको जि ।स ।स। कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो । प्रमुख पौडेलले कास्कीका पालिकाहरू सबैले साठी प्रतिशत भन्दा माथिको… पुरा पढौ

प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको तयारी पूरा

टोकियो जापान ३०, फागुन प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पूरा भएको छ । जापानका लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सेन्टरको मार्च १७ तारिख का दिन (चैत४ गते) प्रथम अधिवेशन हुन लागेको प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आयोजक समितिका सहसंयोजक विनोद ढकालले जानकारी दिनु भयो । यस अघि अधिवेशन सम्पन्न गर्नका लागि जापानमा कृयाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले आयोजक समिति समेत गठन गरेको थियो । सहसंयोजक ढकालका अनुसार जापानको राजधानी टोकियो… पुरा पढौ

बालिका यौन दुव्र्यवहार गरेको आरोपमा पोखरा सभागृहका एक युवा पक्राउ

दीननाथ बराल पोखरामा बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने ४६ बर्षीय सुरेश श्रेष्ठले १५ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्ने जाहेरीको आधारमा उहाँलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । बालबालिका विरुद्ध कसूर (बाल यौन दुव्र्यवहार) मुद्दामा पक्राउ परेका श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट दिन पाँच (५) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बि.क.ले जनाए । सोमबार प्रहरीलाई जाहेरीको… पुरा पढौ

बौद्धिकाली माथि बदला लिदा गलकोट नगरपालीकाले मादी अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि चुम्यो

दीननाथ बराल नवलपुरको बौद्धिकालि गाँउपालिकासंग बदला लिदै बागलुङको गलकोट नगरपालीले मादी अध्यक्ष कप भलिवल प्रतियोगिता–२०८० को उपाधि जितेको चुमेको छ । स्याङ्जाकोटमा मंगलबार भएको फाइनल खेलमा गलकोटले बौद्धिकालिलाई केही समय अघि कास्कीको माछापुच्छ«े गाउँपालिकामा भएको अध्यक्ष कपको फाइनलमा व्यहोरोको हारको बदला लिदै ३—१ को सेटमा पराजित गर्दै उपाधि सहित नगद ३ लाख प्राप्त गरेको हो । प्रथम पालिका स्तरीय उक्त प्रतियोगिताको फाइनल खेलमा गलकोटले पहिलो सेट २५—१४ मा लिदा बौद्धिकालिले दोश्रो सेट २५—२२ मा लियो भने बाँकी दुई सेट २५—१७… पुरा पढौ

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा पदभार ग्रहण

काठमाडौँ २९, फागुन राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गरेका छन् । संघीय संसद् सचिवालयमा उहाँले मंगलबार निर्वाचित भएसंगै पदभार ग्रहण गरेका हुन्। अध्यक्ष दाहालले सांसद, सचिवालय र कर्मचारीबीच एकता, समझदारी र विश्वासको वातावरण बनाएर अगाडी बढ्ने बताए। राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिकालाई प्रभावकारी बनाउने उल्लेख गर्दै उनले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कुराहरूलाई गम्भीरतापूर्वक लिएर अघि बढ्ने, जनाए । यस अघि राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका दाहाललाई राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको… पुरा पढौ

पोखरा सहित कास्कीमा उत्कृष्ट भएका विन्ध्यबासिनी र मदरल्याण्डलाई सम्मान

पोखरा महानगरपालिका सहित कास्कीमा उत्कृष्ट हुन सफल दुई बिद्यालयलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगरको स्थापना दिवसको सन्र्दभमा महानगरले एसईइ परीक्षा २०७९ को नतिजा अनुसार सामुदायिक विद्यालय तर्फ पोखरा १६ बाटुलेचौरमा रहेको विन्ध्यबासिनी मावि र निजी तर्फ पोखरा मासवारमा रहेको मदरल्याण्ड माविलाई महानगरको उत्कृष्ट बिद्यालयको रुपमा हालै सम्मान गरेको हो । पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत श्याँम बहादुर थापा लगायतले उक्त बिद्यालयका प्रतिनिधिहरुलाई सम्मान पत्रको साथमा सम्मान गरेका हुन् । एसइइमा मदरल्याण्डबाट ४ जिपिए ल्याउने दुई जना… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल चैत्रको अन्तिम साता

गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल चैत्रको अन्तिम साता पोखरामा हुने भएको छ । उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा हुन लागेको हो । प्रतियोगिता चैत्र २५ देखि ३० गते सम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठित आयोजक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमको सहभागिता गराइने जनाइएको छ । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको तयारी… पुरा पढौ

नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकीको अध्यक्षमा आचार्य

सागर सुनार नेपाल एडभेन्चर रनिङ फेडेरेसन गण्डकी प्रदेश संघ गठन भएको छ । पोखराका युवा पर्यटन व्यवसायी एवं खेलकुदकर्मी कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा हालै बसेको एक भेलाले ११ सदस्य तदर्थ नयाँ कार्यसमिति चयन गरेको हो । त्यसै गरी संघको उपाध्यक्षहरुमा डा.उमेश पराजुली, समितराज भण्डारी, सचिवमा रामकृष्ण पहारी, सहसचिवमा इन्दिरा लामिछाने, कोषाध्यक्षमा डा.गौरव सुवेदी रहनु भएको छ भने त्यस्तै अन्य सदस्यहरुमा थानेश्वर बराल, रविन्द्र जिसी, सुविन थापा, कल्पना बास्तोला, भुपेन्द लामा रहनु भएको छ । पोखरामा साहसिक खेल गतिविधिलाई थप प्रबद्र्धन… पुरा पढौ

ब्रह्मेश्वर मन्दिरमा शिबलिङ्ग स्थापना

पोखरा महनगरपालिका ३१, बेगनास स्थित अदुवाबारीमा नबनिर्मित ब्रह्मेश्वर शिब मन्दिरमा शिबलिङ्ग स्थापना गरिएको छ । महाशिबरात्री पर्वको अबसरमा एक कार्यक्रमका बिच उक्त शिबलिङ्ग स्थापना सहित मन्दिरको उद्घाटन समेत गरिएको हो । नेपाल सरकारका उपसचिब बसन्त राज तिवारी र स्थानिय बयोबृद्द छबिलाल कडेलले सम्युक्त रुपमा शिबलिङ्ग एबम मुर्तिको अनाबरण गरी मन्दिरमा पुजा खुल्ला गर्नुभएको मन्दिर निर्माण तथा ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम कडेलले बताउनु भयो ।गण्डकी प्रदेश सरकारको ५ लाख र स्थानिय तथा चन्दादाताहरुको ५ लाख र जनश्रमदान गरी करिब १० लाखमा… पुरा पढौ

This will close in 20 seconds