प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको तयारी पूरा

-


     पोखरा क्लिक     
     फागुन ३० गते २०८० मा प्रकाशित


टोकियो जापान ३०, फागुन

प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशनको सबै तयारि पूरा भएको छ । जापानका लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सेन्टरको मार्च १७ तारिख का दिन (चैत४ गते) प्रथम अधिवेशन हुन लागेको प्रेस सेन्टर नेपाल जापान शाखाको प्रथम अधिवेशन आयोजक समितिका सहसंयोजक विनोद ढकालले जानकारी दिनु भयो ।

यस अघि अधिवेशन सम्पन्न गर्नका लागि जापानमा कृयाशिल प्रेस सेन्टर निकट पत्रकारहरूको भेलाले आयोजक समिति समेत गठन गरेको थियो । सहसंयोजक ढकालका अनुसार जापानको राजधानी टोकियो ओकुबु स्थित रहेको काठमाडौं लण्चमा प्रथम ऐतिहासिक अधिवेशनको आयोजना गरिएको उहाले बताउनु भयो ।

कार्यक्रममा आतिथ्यताका लागि जापानमा रहेका क्रियाशिल सबै संघ संस्थाहरूलाई निमन्त्रणा पठाई सकिएको पनि उहाले जानकारी दिनुभयो । प्रेस सेन्टर नेपाल, जापान शाखालाई मजबुत बनाउदै पारस्परिक भेटघाट, संवाद तथा सहयोग आदानप्रदानको वातावरण निर्माण गर्ने र समाज रुपान्तरणका लागि निरन्तर कलम चलाउने साथीहरूलाई प्रोत्साहित गर्दै उनीहरूको पत्रकारिता क्षमताको बिकास गर्नमा अधिवेशनको मुख्य जोड हुने बताईएको छ ।



This will close in 20 seconds