दीननाथ बराल
नवलपुरको बौद्धिकालि गाँउपालिकासंग बदला लिदै बागलुङको गलकोट नगरपालीले मादी अध्यक्ष कप भलिवल प्रतियोगिता–२०८० को उपाधि जितेको चुमेको छ । स्याङ्जाकोटमा मंगलबार भएको फाइनल खेलमा गलकोटले बौद्धिकालिलाई केही समय अघि कास्कीको माछापुच्छ«े गाउँपालिकामा भएको अध्यक्ष कपको फाइनलमा व्यहोरोको हारको बदला लिदै ३—१ को सेटमा पराजित गर्दै उपाधि सहित नगद ३ लाख प्राप्त गरेको हो ।
प्रथम पालिका स्तरीय उक्त प्रतियोगिताको फाइनल खेलमा गलकोटले पहिलो सेट २५—१४ मा लिदा बौद्धिकालिले दोश्रो सेट २५—२२ मा लियो भने बाँकी दुई सेट २५—१७ र २५—१५ मा गलकोटले आफ्नो पक्षमा पारेको हो । दुुबै टिम गण्डकी प्रदेशका चिर परिचित प्रतिद्धोन्दी टिम हुन् ।
कास्कीको मादी गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको उक्त प्रतियोगितामा उपविजेता भएको बौदिकालीले भने २ लाख पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा तेश्रो र शान्त्वना स्थान आयोजक मार्दी गाउँपालिकाकोको ए र बी टिमले हासिल गर्न सफल भयो । तेश्रो हुनेले १ लाख र शान्त्वना हुनेले ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
प्रतियोगितामा १८ टिमले नाम दर्ता गरे पनि ११ टिमको मात्र सहभागिता रहेको प्रतियोगिता संयोजक एवं मार्दी गाउँपालीका वडा नम्बर ११ का अध्यक्ष चलचित्र गुरुङले बताउनु भयो । विजयी खेलाडीहरुलाई मादी गाउँपालिकाको अध्यक्ष देविजङ्ग गुरुङ, उपाध्यक्ष कल्पना गुरुङ, वडा अध्यक्षहरु सहितका अन्य खेलकुदकर्मीहरुले पुरस्कार वितरण गर्नु भएको थियो ।
कास्कीको मादी गाउँपालिकाले आफ्नो ८ औं स्थापना दिवसको अवसरमा पुरुष भलिवल सहितका विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको अध्यक्ष गुरुङले पोखराक्लिकलाई जनाउनु भयो ।
स्थानिय मिलन क्लवको सहकार्यमा उक्त भलिवल प्रतियोगिता फागुनको २७ देखि सुरु भएको हो । खेल अभियान, पर्यटन र संस्कृतिको पहिचान भन्ने मुल नाराका साथ गाउँपालिकाले आफ्नो स्थापना भएको आठौं बर्षगांठमा भलिवल सहित विभिन्न कार्यक्रम गरेको थियो ।
पर्यटकिय तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको मादी गाँउपालिका नेपालको सबैभन्दा कम उचाईमा रहेको कपुचे हिमताल तथा नेपालकै मध्य विन्दु कोरी क्षेत्र यही गाउँपालिका रहेको छ । उक्क्त अवसरमा पालिकाले गाउँका ज्येष्ठ नागरिक, उत्कृष्ट किसान, शिक्षक, कर्मचारी, बिद्यालय लगायतलाई सम्मान गरेकोे प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद गौतमले बताउनु भयो ।