समाचार

पत्रकारको क्षमता अभिबृद्धि गर्न पोखरा महानगर तयार छः थापा

पोखरा २२, माघ नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ । आइतबार देखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देलले आवश्यक जानकारी उपलब्ध गराएका थिए । कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण थापाले डिजिटल साक्षरता सम्बन्धि तालिम पछिल्लो समय अति आवश्यक रहेको उल्लेख गरे । उनले पत्रकारिता जगतलाई उक्त तालिम उपलब्ध गराउँदा नागरिक सुुसूचित हुने भएकाले… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

दीननाथ बराल,पोखरा २२, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत सोमबार तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो । सोमबारको खेलमा विकास श्रेष्ठ, विनोद श्रेष्ठ, मोती पाख्रिन, अनिल सुनार, सोम बि.क. र सारङ्ग राना विजयी हुदै प्रि—क्वाटरफाइनलदमा प्रबेश गर्नु भएको छ । सोमबारको खेलमा काठमाण्डौंका विकास… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

पोखरा २२, माघ आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो । सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी… पुरा पढौ

नारायणी नदीमा आयोजित राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगितामा डम्वर बहादुर पूर्वाछाने बिजेता

पोखरा २२, माघ नवलपुरलाई सहाशीक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको समन्वयमा राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगिता सम्पन्न भएको छ । पहिलो पटक नारायणी नदीमा आयोजित उक्त प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई उछिन्दै डम्वर बहादुर पूर्वाछाने बिजेता बनेका छन् । नवलपुरको कावासोती नगरपालिकाको नारायणी नदीको अमलटारी घाटबाट मध्यविन्दु नगरपालिकाको नन्दपुर सम्म आयोजित १२ किलोमिटर कायाकिङमा ३५ मिनेट ३८।३० सेकेण्डमा दुरी पार गर्दै बिजेता बनेका हुन् । बिजेता बने संगै पूर्वाछानेले नगद रु… पुरा पढौ

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट बराल पुरस्कृत, मीना र हुम सम्मानित

पोखरा २२, माघ प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी, कास्कीले पुरस्कार र सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । संस्थाले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८० पूर्व अध्यक्ष माधव बराललाई प्रदान गरिएको छ । यस्तै, प्रेस चौतारी पत्रकारिता सम्मान मीना गुरूङ र हुम गुरूङलाई अर्पण गरिएको छ । प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत रहेका बराललाई २२ हजार २ सय २२ रुपैयाँ नगद सहित पुरस्कृत गरिएको हो । सम्मानितद्वय र पुरस्कृत व्यक्तित्वलाई नेकपा एमालेका स्थायी… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग

माघ २२, पोखरा ‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो । नारासँगै ¥यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर ।यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो । यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय भएको भन्दै अभियानले पहिलोपटक पोखरामा दबाब ¥याली निकालेको हो । पोखराको सभागृहबाट शुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत… पुरा पढौ

पोखराका पर्यटन व्यवसायीद्धारा १२ बुंदे ज्ञापन पत्र गृहमन्त्री श्रेष्ठ सामु पेश, पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सावधानि अपनाउन माग

दीननाथ बरालपोखरा २१, माघ पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नु भएको छ । पोखराको पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले नेपाल सरकारका उप–प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १२ बुंदे ज्ञापन पत्र बुझाउदै पर्यटकहरुमा अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन जोडदार माग गरिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । नेपालमा प्रवेश गरेका पर्यटकहरु कुनै पनि प्रकारको अपराधिक गतिविधिमा संलग्न नहुने गरी सर्तकता अपनाईदिनु हुन, पर्यटकहरुका नाममा हुर्ने वा हुन… पुरा पढौ

पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा ६ जना खेलाडी प्रि—क्वाटरफाइनलमा प्रबेश

पोखरा २१, माघ पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (आइतबार) भएको खेलबाट ६ जना खेलाडी प्रि—क्वाटर फाइनलमा प्रबेश गरेका छन्। अन्तिम १६ भित्र पर्ने खेलाडीहरुमा दिनेश भण्डारी, वाङ्गचुक तामङ्ग, नितेश खण्डेलवाल, आयुष गौतम, सरोज गौतम र राजन लामा रहेका छन्। आइतारको खेलमा काठमाण्डौंका निमा शेर्पालाई काठमाण्डौंकै दिनेश भण्डारीले ४—२ को सेटमा पराजित गरे । अर्को खेलमा काठमाण्डौंका वाङ्गचुक तामाङ्गले वुटवलका कुनल श्रेष्ठलाई ४—३ को सेटमा पन्छाए भने हेटौडाका नितेश खण्डेलवालले पोखराका रोमन शाहीलाई ४—० को सोझो सेटमा… पुरा पढौ

लामपाटाको अब्यबस्थित बसोबासलाई व्यबस्थित गर्नु राज्यको दाहित्व होः पूर्व अर्थमन्त्री बराल

डि.एन.बी.पोखरा २१, माघ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा (हेमजा) २५ स्थित लामपाटाको अब्यबस्थित बसोबासीलाई राज्यले व्यबस्थित पर्दै आधारभुत विकासका पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । आइतबार लामपाटा सडकको उद्घाटन गर्दै पूर्व मन्त्री बरालले लामपाटा क्षेत्रको बसोबासलाई ब्यबस्थित पार्दै विकासको आधारभुत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । लामपाटा बासीहरु रैथाने भई सकेको दाबी गर्दै पूर्व मन्त्री बरालले उक्त क्षेत्रलाई अब नमुना बस्तीको रुपमा उज्यालो पाटनको रुपमा विकसित गर्न सुझाव दिनु भयो । नेकपा माओबादी… पुरा पढौ

बगर भाइखलक एट ए साइड भेट्रान फुटबलमा आयोजक को विजयी सुरुवात, प्रशिक्षक केसी सम्मानित

पोखरा २१ माघ बगर भाइखलकको आयोजनामा आइतबारदेखि देस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक एट ए साइड फुटलब प्रतियोेगिता सुरु भएको छ । पोखरा १ टुडिखेल खेलमैदानमा भएको एट ए साइड फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बगर भाइखलकले गण्डकी स्पोट्र्सलाई ४–० ले हराएको छ । बगरको जितमा नरेश केसीले दुई तथा राजुकुमार तामाङ र राजु हमालले एक–एक गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा संगम भेट्रानले लेकसाइड भेट्रानलाई टाइब्रेकरमा २–१ ले हराउन सफल भएको छ । निर्धारित समयको खेल… पुरा पढौ

This will close in 20 seconds