समाचार

पोखरामा सुरु भएको मनमोहन मेमोरियल राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगितामा गण्डकीको विजयी सुरुवात

सागर सुनारपोखरा २८, माघ पोखरामा आइतबार देखि सुरु भएको मनमोहन मेमोरियल राष्ट्रिय १६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू–१६) क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको नाउँमा स्थापना गरिएको मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू–१६ पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत आइतबार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टिम गण्डकीले गर्णाली प्रदेशलाई सुपर टाईमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५÷२५ ओभरको खेलमा गण्डकीले २३.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय २० रन जोड्न सफल हुदा… पुरा पढौ

इटहरीका आयुष गौतमले जित्नुभयो खुल्ला नेपाल स्नोकर प्रतियोगिताको उपाधि, काठमाडौंका वाङचु तामाङले गर्नुभयो हायस्ट ब्रेकको रेकर्ड

पोखरा २८, माघ इटहरीका आयुष गौतमले खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को उपाधि जित्नु भएको छ । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा आइतबार सम्पन्न भएको फाइनल खेलमा गौतमले काठमाण्डौंका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल हुनु भएको हो । तष्विर दीननाथ बराल गौतमले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता हुनु भएको तामाङले भने ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो । उक्त प्रतियोगितामा नयाँ… पुरा पढौ

दीपक समीपको नदीको राजमार्ग गृह विमोचन

पोखरा, माघ २८ साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे । कार्यक्रमका प्रमुख अतिथि रहेका सरुभक्तले फुर्सद भएकाले छोटा विधा लोकप्रिय भएको भन्नु भ्रम मात्रै भएको बताए । उनले जुनसुकै छोटा विधाका रचना लेख्न पनि पनि उत्तिकै मिहिनेत लाग्ने धारणा राखे । कृतिको सङ्ख्या कति पुग्यो भन्ने कुराभन्दा कति ओजिलो छ भन्ने कुराले… पुरा पढौ

अमरदिप सहकारीमा शोभामोहन

पोखरा २८ माघ पोखरा महानगरपालिका वडा नं. १६ अमरदिपमा रहेको अमरदिप वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले शोभामोहन पौडेलको अध्यक्षतामा नौं सदस्यीय संचालक समिति चयन गरेको शेयर सदस्य ईन्जिनियर भुवन बहादुर थापाले जानकारी दिनुभयो । सहकारीको उपाध्यक्षमा गणेश बहादुर थापा, सचिवमा धर्मराज थापा, कोषाध्यक्षमा वालप्रसाद शेरचन, पदेन सदस्यमा संस्थापक अध्यक्ष कुमार खड्का र सदस्यहरुमा ईन्द्र गुरुङ, दुर्गा केसी, भुवन वस्नेत र ईन्जिनियर भुवन बहादुर थापा चयन… पुरा पढौ

साहित्यकार उषा शेरचनलाई राष्ट्रिय मुक्तक पुरस्कार अर्पण

पोखरा, माघ २८ साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन। मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा शेरचनलाई ३३ हजार ३३३ रुपियाँ तथा ताम्रपत्रसहितको पुरस्कार प्रदान गरिएको हो । उनलाई वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरे । बरालले उषा बहुमुखी प्रतिभा भएको भन्दै साहित्यमा उनको लगाव प्रशंसनीय रहेको बताए । आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषा उपाध्यक्ष भएर देखाएको सव्रिmयताप्रति सधैँ गौरव लाग्ने गरेको स्मरण गर्दै वरिष्ठ कार्टुनिस्टका… पुरा पढौ

भावना बनिन् कौसी क्विन पोखरा

भावना रानाभाटले कौसी क्विन पोखरा २०८० को उपाधि जितेकी छिन् । हालै पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले १८ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै पोखरा ६ कि कौसी कृषक रानाभाटले कौसी क्विन प्रतियोगिता २०८० को उपाधि जितेकी हुन् । विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै नगर रु।१५ हजार, ट्रफी, कौसी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन । प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छिन् । यस्तै पोखरा ८… पुरा पढौ

जोरपाटी र संगमलाई एट ए साइड भेट्रान फुटबलको उपाधि

पोखरा २७, माघ बगर भाइ खेलकको आयोजना जारी एट ए साइड भेट्रान फुटबल प्रतियोगितामा जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले उपाधि चुमेका छन् । पोखरा टुडिखेल खेल मैदानमा जारी तेह्रौं बगर भाइखलक तथा तेस्रो हिमालय ब्रुअरी एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहमा जोरपाटी र ५० वर्ष उमेर समुहमा संगम क्लब च्याम्पियन बनेको हो । शनिबार सम्पन्न ५० वर्षमाथिको फाइनल खेलमा आयोजक बगर भाइखलकमाथि २–१ को जित निकाल्दै संगमले उपाधि चुमेको हो । उपाधिसँगै संगमले नगद… पुरा पढौ

अमरसिंह र ग्लोबल स्कुल चेस च्याम्पियन

पोखरा, २७ माघ अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् । छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक प्राप्त गरेको प्रतियोगिताका निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिए । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् । छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथन : अपाङ्गता तर्फको दौड सम्पन्न

पोखरा २७, माघ १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपाङ्गता तर्फका दौडहरु सम्पन्न भएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता अन्तर्गत सम्पन्न ह्विल चेयर पुरुषतर्फको १८०० मिटर दौडमा सुरेश कुमार गौली पहिलो भएका छन् । उनले उक्त दौड पुरा गर्न ७ मिनेट ४१.३ सेकेण्डमा दुरी पार गरे । यस्तै दोश्रो भएका भरत अधिकारीले ७ मिनट ५७.३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका ध्रुव… पुरा पढौ

राष्ट्रिय माविको हीरक जयन्तीका अवसरमा रक्तदान ७५ युनिट रगत संकलन

पोखरा, २७ माघ स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारा सहित आयोजना गरिएको कार्यक्रममा ७५ युनिट रगत संकलन भयोे । यस अघि कार्यक्रमको उद्घाटन विद्यालयका पुर्व विद्यार्थी तिर्थ श्रेष्ठले पहिलो रक्तदाता विद्यालयकी शिक्षिका जिता पौडेल र विद्यालयका शिक्षक अभिभावक संघका सदस्य दिपक पौडेललाई ब्लड ब्याग दिएर गरेका थिए भने विद्यालयका प्रधानाध्यापक ईश्वरी… पुरा पढौ

This will close in 20 seconds