
पोखरा २८, माघ
इटहरीका आयुष गौतमले खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० को उपाधि जित्नु भएको छ । पोखराको ड्यामसाइड स्थित फाइनल स्कोर स्पोर्टस बारमा आइतबार सम्पन्न भएको फाइनल खेलमा गौतमले काठमाण्डौंका वाङचु तामाङलाई ७—५ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल हुनु भएको हो ।

तष्विर दीननाथ बराल
गौतमले उपाधि सहित १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा उपविजेता हुनु भएको तामाङले भने ७० हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भयो । उक्त प्रतियोगितामा नयाँ रेकर्ड कायम भएको छ । फाइनल खेलमा वाङचु तामाङले १ सय ३२ को टेवल क्लियरेन्स गरी हायस्ट ब्रेक गरी नयाँ रेकर्ड कायम गर्नु भएको आयोजक फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो ।

यस अघि काठमाडौंका राजन लामाको नाममा १ सय १० को रेकर्ड रहेको थियो । उक्त प्रतियोगिता वेष्टअफ थट्टीनमा भएको हो । प्रतियोगिताको मुख्य निर्णायकमा गणेश जिसी र राजु गुरुङ रहनु भएको थियो भने अन्य निर्णायकमा विश्व कार्की, संगम रसाइली, पारस सुनार र निरज गुरुङ रहनु भएको थियो ।

उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको छ भने दोश्रो पुरस्कारको प्रायोजन पोखरा ड्यामसाइडको बि एण्ड बि कम्प्लेक्स (बिक्रम गुरुङ÷बिष्णु गुरुङ) ले गर्नु भएको हो । तेश्रो पुरस्कार प्रायोजन भने ड्यामसाइड निवासी हाल वेलायतमा रहनु भएको जिनेश गुरुङ र रत्नचोक निवासी हाल आबुदावी रहनु भएको अमृत गुरुङले गर्नु भएको हो ।

सेमिफाइनलमा पराजित हुनु भएको काठमाण्डौंका दुई खेलाडी राजन लामा र रेगन श्रेष्ठलाई ट्रफीको साथमा जनही २०÷२० हजार पुरस्कार उपलब्ध गराइएको छ ।

यही १३ देखि माघ संचालन भएकोे उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनु भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताउनु भयो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता भएको अध्यक्ष बि.क.ले जनाउनु भयो ।






