अमरदिप सहकारीमा शोभामोहन

-


     पोखरा क्लिक     
     माघ २८ गते २०८० मा प्रकाशित


पोखरा २८ माघ

पोखरा महानगरपालिका वडा नं. १६ अमरदिपमा रहेको अमरदिप वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले शोभामोहन पौडेलको अध्यक्षतामा नौं सदस्यीय संचालक समिति चयन गरेको शेयर सदस्य ईन्जिनियर भुवन बहादुर थापाले जानकारी दिनुभयो ।

सहकारीको उपाध्यक्षमा गणेश बहादुर थापा, सचिवमा धर्मराज थापा, कोषाध्यक्षमा वालप्रसाद शेरचन, पदेन सदस्यमा संस्थापक अध्यक्ष कुमार खड्का र सदस्यहरुमा ईन्द्र गुरुङ, दुर्गा केसी, भुवन वस्नेत र ईन्जिनियर भुवन बहादुर थापा चयन भएका छन् ।त्यस्तै लेखा संयोजकमा रोशनजगं राणा, भरत थापा र अर्जुन कुवँर छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै जयलक्ष्मी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत सुशील केसीले समुदाय केन्द्रित भएर संचालन भएका सहकारी संस्थामा कुनै किसिमको समस्या नरहेको वताए । कार्यवाहक अध्यक्ष रुद्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवं पुर्व मन्त्री कुमार खड्का, जय मनकामना सहकारीका सचिव बुद्घि बहादुर खत्री , सजिलो सहकारीका बलराम थापा लगायतले सहकारी संस्थाले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । अधिवेशनले कार्यवाहक अध्यक्ष थापाले पेश गरेको प्रतिवेदन पारित समेत गरेको छ । लक्ष्मी पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन कोषाध्यक्ष गणेश बहादुर थापाले संचालन गरेका थिए । सहकारीमा हाल ३ सय ३० जना शेयर सदस्य रहेका छन् भने सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गरेको जनाईएको छ ।



This will close in 20 seconds