समाचार

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता

पोखरा १०, बैशाख आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ । सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । सहभागीले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गरे । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड… पुरा पढौ

भोलि(मंगलबार) सार्वजनिक बिदा

भोलि (मङ्गलवार) सार्वजनिक बिदा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ । पुरा पढौ

कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा कुल्दीप आचार्य, सचिवमा हरिशंकर भण्डारी, कोषाध्यक्षमा कृष्ण बहादुर थापा,, सहसचिवमा भरत थापा, सदस्यहरुमा बाबुराम थापा, सृजना सुवेदी, विष्णु वराल, दुर्गादेवि सुवेदी, राममाया कार्की, भिमा सुवेदी सिग्देल र शिवकुमारी तिवारी सुवेदी चयन भएका छन् । कार्यक्रमका प्रमुुख अतिथि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका सह–सचिव अजय कार्कीले कार्यक्रमको उद्घाटन गर्दै समाजले एकअर्कामा आपसी सहयोग आदान प्रदानमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका… पुरा पढौ

‘इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिनुपर्छ भन्ने छैन्’

नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने बताएका छन् । फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा आईतबार संयुक्त रुपमा आयोजना गरेको फोनिज संवाद कार्यक्रममा उनले इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै नलेखिने बताएका हुन् । नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवस र सत्यनारायण बहादुर श्रेष्ठको योगदान सन्दर्भमा आयोजित फोनिज संवाद कार्यक्रममा उनले कार्यक्रममा संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो लगाउनुपर्नेमा जोड दिए । सत्य… पुरा पढौ

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी दहको पर्यटन प्रवद्र्धन

कस्केली अधिकृत समाजले स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको हो । डहरे देउराली र अन्धाअन्धी दह धार्मिक आस्था एवम् विश्वासका कारण पनि प्राचीन कालदेखि चर्चामा आएका तीर्थस्थल हुन् ।समुद्र सतहदेखि दुई हजार दुई सय ५० मिटर उचाईमा रहेको डहरे देउराली… पुरा पढौ

गण्डकीमा आगामी बर्ष लगानी सम्मेलन ः मन्त्री चुमान

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरी बहादुर चुमानल पुजिगत खर्चको बढाउन सरकारको बिषेश ध्यान जाने बताउनु भएको छ । मन्त्रालयको पदभार ग्रहण् गर्दे मन्त्री चुमानले उहाँले बिगत देखि नै प्रदेश सरकारले खर्चदर बृद्धि गर्ने कुरा गर्दे आएको र यो पटक कार्यान्वयन गर्न लागि पर्ने उल्लेख गर्नुभयो । आगामी बर्ष लगानी सम्मेलन गर्ने पहिलो निणर्य गर्दे मन्त्री चुमानले लगानी सम्मेलन अध्ययन कार्यदल समेत गठन गर्ने र्निणय गर्नुभएको छ । आर्थिक मन्त्रालयको सचिवको नेतृत्वमा ७ सदस्यीए कार्यदल गठन गरिएको हो ।… पुरा पढौ

किवानिजका युवाले पोखरामा चलाए बेरी लाउन्ज, नायिका वर्षा राउतद्धारा उद्घाटन

पोखरा न्युरोडको लेखनाथ मार्गमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । केही महिनाअघि अनौपचारिक रुपमा सेवा सुरु गरेको बार शनिबार आयोजित समारोहमा नायिका वर्षा राउतले औपचारिक रुपमा उद्घाटन गरिन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखरामा आवद्ध युवाहरुको समूहले लाउन्ज सञ्चालन गरेको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिज पोखराका मन मिल्ने युवा व्यवसायीले व्यावसायिक रुपमा अर्को सहकार्य गरेको जनाए ।… पुरा पढौ

यही बैशाख १४ गते देखि कास्कीको ताङतिङमा खुल्ला स्क्र्यावल प्रतियोगिता हुने

दीननाथ बराल, पोखरा ८, बैशाख, कास्कीको ताङतिङमा यही बैशाख १४ गते देखि हिमालय खुल्ला स्क्र्यावल प्रतियोगिता हुने भएको छ । मादी गाउँपालिकाको ताङतिङ स्थित हिमालय मिलन मा.वि.को स्वर्ण महोत्सवको अवसरमा यही बैशाख १४ र १५ गते उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रमा जानकारी गराइएको हो । प्रतियोगितामा मुख्य गरी १४, १६ र १८ बर्ष मुनिका खेलाडीहरु सहभागि खेल सहित खुल्ला उमेर समुहमा गरी चार विधामा प्रतियोगिता हुने भएको स्क्र्यावल क्लवका अध्यक्ष केशव प्रसाद पराजुलीले बताउनु भयो… पुरा पढौ

पोखरा महोत्सवबाट ३८ लाख ९५ हजार बचत, वार्षिकोत्सवमा परिकल्पनाकारहरुलाई सम्मान

यूनाइटेड क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसर पारि क्लबका परिकल्पनाकार हरुलाई सम्मान गरेको छ । २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबका परिकल्पनाकारहरु आनन्द थापा, दिनेश सुनार, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, गणेश तिमिल्सिना, लोक बहादुर थापा, सुक बहादुर गुरुङ, उमेश थापा मगर, प्रतिक थापा मगर, सन्तोष कार्की, सागर हमाल, अनिल गुरुङ, रावत तामाङ गोम्जा, सन्दिप विश्वकर्मा, आयूष गुरुङ, साइमन परियार, बिनोद बसेल, कृष्ण थापा मगरलाई सम्मान गरेको हो । सम्मानित हरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा… पुरा पढौ

मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्दछः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उहाँले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’ उहाँले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले… पुरा पढौ