समाचार

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको सङ्गठन प्रशिक्षण कार्यशाला सम्पन्न

५ असार, पोखरा , नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कास्कीले सङ्गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । कास्कीका पाँच स्थानीय पालिका समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुका लागि एकदिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले पेसाहरुको जननी पेसा शिक्षण कार्यमा लाग्ने हामी शिक्षकहरु सधैंभरि हँसिलो, खुसी, विषयवस्तुमा दक्ष एवम् प्रविधियुक्त हुनुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा नराशिसं गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेलले ूनेतृत्व विकास तथा नेतृत्व सिपू, लेखा… पुरा पढौ

बोलबम पदयात्रा तयारी पूरा

पोखरा, ५ साउन, केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ । शनिबार पत्रकार सम्मेलनमा विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष… पुरा पढौ

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ स्थायी कमिटी सदस्य अधिकारी

पोखरा ५ साउन, नेकपा ९एमाले० स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताउनुभएको छ । शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिनुभयो । ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’… पुरा पढौ

युनाइटेड क्लवद्वारा विपदमा परेका चार परिवारलाई आर्थिक सहयोग

युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो । क्लवले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलन गरिएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार र स्वर्गीय… पुरा पढौ

कास्कीका क्रियाशिल फोटो पत्रकारहरुको ढिकींडाडामा मनसुन फोटो वाक (फोटो तथा भिडियो)

पोखरा ५, साउन, नेपाल फोटो पत्रकार संघ कास्कीले एकदिने मनसुन फोटो वाक २०२४ सम्पन्न गरेको छ। पोखरा १६ को अमला बिसौनी देखि घार्मी हुदै ढिकींडाडासम्म फोटो पत्रकारले पैदल यात्रा गरी ढिकींडाडा रिसोर्टमा पुगी औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ। करिव ५ किलोमीटरको दूरी यात्रा गरेका पत्रकारले अमला बिसौनी घार्मी हुदै ढिकींडाडासम्मका रमणीय दृश्यावलोकन गरी प्रकृति परक फोटो क्यामेरामा कैद गरेका थिए। उनीहरूले घार्मी भ्यु टावरको अवलोकन गरी त्यहाँवाट पोखराको दृश्य समेत कैद गरेका थिए। कार्यक्रम संयोजक योगेन्द्र ‌श्रेष्ठले संघले ग्रामीण… पुरा पढौ

पोखराको हर्पन खोलामा पौडी खेल्दा सगरमाथा माविका दुई बिद्यार्थीको ज्यान गयो

पोखरा ४, साउन, पोखराको हर्पन खोलामा पौडी खेल्दा पोखराकै सगरमाथा माविका दुई जना बिद्यार्थीहरुको ज्यान गएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा शुक्रबार दिउँसो ३ः४५ बजेतिर पौडी खेल्ने क्रममा डुबेर सगरमाथा मावि प्लस टु अध्ययनरत दुई बिद्यार्थीहरुको ज्यान गएको स्थानियले बताउनु भयो । मृत्यु हुनेहरुमा पोखरा–१ मोहरियाटोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङबसर्पाकका १८ वर्षीय स्वयम् ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।साथीहरुका साथमा पौडी खेल्न गएका दुबै… पुरा पढौ

पोखराको एक होटलमा हत्या गरेको आरोपमा करिब ९ महिना पछि संजय बि.क.पक्राउ, भिडियो सहित

दीननाथ बराल, पोखरा ४, साउन, पोखराको एक होटलमा हत्या गरेको आरोपमा बाग्लुङका संजय बि.क. करिब ९ महिना पछि पक्राउ पर्नु भएको छ । गत मंसिर ५ गते पोखरा ८ नागढुङ्गाको एक होटलमा ३२ बर्षीया सुकु बि.क.को हत्या गरेको आरोपमा कास्की प्रहरीले २९ बर्षका संजयलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । बाग्लुङ गल्कोट न.पा.९ मल्म घर भई पोखरा ७ घारीपाटन, सेती नागवेली मार्ग गल्ली नं.४ बस्ने संजयले सुकुको सुनको सिक्रि र मोवाइल फोनको प्रलोभमा सिरेकले मुख थुनेर… पुरा पढौ

गण्डकीका मन्त्री विन्दुुकुमार थापाले गरे कास्की कारागारको निरीक्षण

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् । शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए । “कास्की कारागारको आज निरिक्षण गरेको छु । बिरामी भएका ९२ जना कैदीबन्दीहरुको स्वास्थ्यमा विस्तारै सुधार आएको रहेछ । उहाँहरुलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको समेत व्यवस्था गरिएको छ ।”, उनले भने… पुरा पढौ

यु-२० बुद्धिचाल प्रतियोगिता ः पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न

पोखरा, ४ साउन अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आजबाट पोखरामा यु२० खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङले खेलले खेलाडीको नेतृत्व विकास सँगै राष्ट्रको नाम उच्च बनाउने बताए । साथै खेलले खेलाडीलाई अनुशासन सिकाउने र अझ बुद्धिचालले विद्यार्थीहरुको बौद्धिक स्तरमा वृद्धि गर्न समेत ठूलो भूमिका खेल्ने… पुरा पढौ

डिजिटल मार्केटिङमा अवसर र चुनौती उत्तिकै हुने हुँदा सावधानि पूर्वक मार्केटिङ गर्न सुझाव

दीननाथ बराल,पोखरा ४, साउन, डिजिटल मार्केटिङमा अवसर र चुनौती उत्तिकै हुने हुँदा सावधानि पूर्वक मार्केटिङ गर्न शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनु भएको छ । ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत शुक्रबार सम्पन्न पाँच दिने डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षणको समापन समारोहमा वोल्ने वक्ताहरुले उक्त कुरा बताउनु भएको हो । विश्व व्यापी रुपमा रहेको डिजिटल मार्केटिङ रणनीति यसको महत्व र यसलाई… पुरा पढौ

This will close in 20 seconds