समाचार

गण्डकीमा डायलाइसिस सेवाको प्रतिक्षामा रहेकाको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा

गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यस बारेमा पष्ट्र पार्नुभएको हो । ‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न, डायलाइसिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ’ उहाँले भन्नुभयो ।२०७९ साल माघको अध्ययन प्रतिवेदन अनुसार सरकारी १० र निजी… पुरा पढौ

सवारी दुर्घटनामा परी पोखरामा एक युवतीको ज्यान गयो

दीननाथ बराल,पोखरा १२, वैशाख, पोखरामा सवारी दुर्घटनामा परी एक युवतीको ज्यान गएको छ । पोखरा १४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडी बसको ठक्करले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नं. १४ खसि बजार बस्ने १९ बर्षकी खुशी प्रधानको उपचारकै क्रममा आज ज्यान गएको कास्की प्रहरीले जनाएको छ । पोखराबाट काठमाण्डौं तर्फ जादै गरेको बा १ प १३३८ नं. को बस र सोही दिशा तर्फ जादै गरेको ग २४ प ३२९५ नं. को स्कुटर ठक्कर खाँदा स्कुटरमा… पुरा पढौ

सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा १३ द्वारा निशुल्क तालिम, ४५ जना लाभन्वित

सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ । एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिलाई रोजगार दिलाउने उद्देश्य स्वरुप कार्यक्रम गरिएको उनले बताए ।“वडाको विकास भनेको भौतिक मात्र होइन, नैतिक पनि हो । बेरोजगार युवाहरुलाई… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ

योमा मा ई मोर्टस् प्रा।लि। ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा मा ई मोर्टस् प्रा।लि।ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ । प्रा।लि।का प्रबन्ध निर्देशक सञ्जिव शिल्पकारले… पुरा पढौ

पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहकै सरकारको भूमिका महत्वपूर्ण ः मुख्यमन्त्री अधिकारी

पोखरा ११ बैशाख, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीन तहका सरकारको भूमिका महत्पूर्ण हुने बताउनुभएको छ । मंगलबार पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज रिसोर्ट एण्ड स्पाको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘एयरपोर्ट देखि होटलसम्म पुग्ने पूर्वाधारहरूसहज हुनुप¥यो, गुणस्तरीय हुनुप¥यो, त्यसका लागि तीन तहका सरकारको आफ्ना जिम्मेवारी छन्, ती सबै सरकार एक्सन कटमा जानुपर्छ । र, मात्रै राजधानी घोषणालाई साकार दिइरहन सक्छौ’ उहाँले भन्नुभयो… पुरा पढौ

वैशाख तेश्रो साता पोखरामा खेलकुद महोत्सव सहित मार्सल आर्ट फेष्टिवल हुने

दीननाथ बराल,पोखरा १०, वैशाख, पोखरामा यही वैशाख तेश्रो साता खेलकुद महोत्सव सहित मार्सल आर्ट फेष्टिवल हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिले पोखरामा विविध महोत्सव सहित मार्सट आर्ट फेष्टिवल आयोजना गर्ने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । यही वौख २२ गते देखि सुरु हुने उक्त फेष्टिवलमा राष्ट्रिय मुआथाई प्रतियोगिता पोखरा रंगशालामा आयोजना गरिने भएको समतिका अध्यक्ष दिपक गोदारले बताउनु भयो । प्रतियोगितामा ८० जवना खेलाडीहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो । मार्शल आर्ट… पुरा पढौ

श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सम्पन्न

नयाँ वर्ष अवसरमा पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म चलेको महायज्ञ सोचेअनुरुप सफल भयो । लोकको कल्याणका लागि आयोजित महायज्ञ सफल भएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए । महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गरेका हुन् । उनको मुखारबिन्दबाट कथा सुन्न भक्तजनको दैनिकरुपमा उल्लेख्य भए । महायज्ञमा करिब १२ सय जना कर्ता बसेको महायज्ञ मूल… पुरा पढौ

माछापुच्छ«े माविलाई भारतीय दूतावासले दियो स्कुल बस

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ«े–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ«े माध्यमिक विद्यालयलाइ आज बस उपहारस्वरुप प्रदान गरेको हो । नेपालका लागि भारतीय रक्षा सहचारी कर्णेल अमित शर्माले विद्यालयमा आयोजित एक समारोहका बीच बसको शुभारम्भ गर्नुभयो । विद्यालयका प्रधानाध्यापक सन्तोष आचार्यले सात सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने विद्यालयमा सार्वजनिक यातायात नियमित नहुँदा विद्यालय आउजाउ गर्न विद्यार्थीले भोग्नु परेको कठिनाइ अब समाधान भएको बताउनुभयो । विद्यालयको आवश्यकता बुझेर बस सहयोग गरेकामा उहाँले दुतावासप्रति आभार व्यक्त गर्नुभयो । प्रधानाध्यापक आचार्यले भराभरी, करुवा,… पुरा पढौ

पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी कालिका नमुना मावि, कुंडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा गरी दुई सय थान स्टेशनरी सामाग्री वितरण गरेको हो । जस अन्तर्गत कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी… पुरा पढौ

सहकारी पिडितहरुको पोखरामा सडक आन्दोलन सुरुः फरार अभियुक्त पक्राउ गर अन्यथा राज्यकोषबाट हाम्रो पैसा फिर्ता गरः(भिडियो) सहित

कास्कीका सहकारी पिडितहरुले फरार अभियुक्तलाई तत्काल पक्राउ गर्न माग गर्दै अन्यथा राज्यकोषबाट आफ्नो रकम फिर्ता गर्नुपर्ने भनाई राखेका छन्। कास्कीका सहकारी पिडितहरु सोमबार आन्दोलित हुदै पोखराको सडकमा बिरोध प्रर्दशन गरी उक्त माग गर्नु भएको हो । सहकारी पिडित तारापति सुवेदीले सहकारी ठगीमा अराोपितहरुलाई राज्यले आफुहरु सामु ल्याए त्यसको आवश्यक कार्वाही गर्ने चेतावनी दिनु भयो । गरिब र जनताको नाम लिने केही नेताहरुले हाल जनताको रकम लुट्ने उपर आउदो चुनावमा भोट होइन भौतिक आक्रमण गर्ने चेतावनी दिनु भयो । अर्को सहकारी… पुरा पढौ