
दीननाथ बराल,
पोखरा ६, साउन,
पोखरा १९ स्थित घार्मीको तल्लाकोटमा रहेको एउटा बस्ती नै सडक सहितको भाग भाषियर पहिरो जाने उच्च जोखिममा रहेको छ । यस बर्ष परेको ठुलो बर्षाले गर्दा घर भन्दा माथिको सडकको भाग भाषियर आफुहरुको घर बस्ती नै पहिरोले पुर्ने उच्च जोखिममा रहेको स्थानिय राम प्रसाद पौडेलले बताउनु भयो ।

पोखरा महानगरपालिका र वडामा समेत उक्त पहिरोको जोखिम भएकोले सडक मर्मत संहारसंगै आफुहरुलाई व्यबस्थापन गर्न माग गर्दा खासै चासो नदिएको उहाँले गुनासो गर्नु भयो । सडक भाषियर ५ घरका २८ जना सदस्य नै पहिरोको उच्च जोखिममा हुँदा पोखरा १९ ले आँखामा छारो हाल्ने गरी प्लाष्टिकले ढाकेर राखेको स्थानिय कृष्णप्रसाद पौडेलले पोखराक्लिकलाई बताउनु भयो । बाटो निकै उचाईमा रहेको तल बस्ती रहेकोले उक्त क्षेत्रको सडक मर्मत संहार गर्न तीन बर्ष देखि ताकेता गर्दा हालसम्म कुनै सुनुवाई नभएको उहाँले जनाउनु भयो । उक्त क्षेत्रमा सडक निर्माण भएको ४ बर्ष भए पनि विगत ३ बर्ष देखि सडक भाषिन थालेकोले आजाव उठाउदै बस्ती संरक्षणको उपाय अपनाउन हार गुहार गर्दा कुनै सुनुवाई नभएको स्थानिय कृष्ण प्रसादले जनाउनु भयो । जव आकाशमा बादक खेल्छ तव आफुहरु त्रसित हुने गरेको रातमा निद्र समेत नलाग्ने उहाँले गुनासो गर्नु भयो । कृष्ण प्रसाद, इन्द्र माया, बिष्णु, ऋषिराम र जयराम पौडेल लगायतका ५ घरका २८ जना पहिरोको जोखिममा रहेको स्थानियले बताउनु भयो ।

पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले उक्त सडक गण्डकी प्रदेश सरकारले निर्माण गरेकोले सडक मर्मत संहार गर्न तत्काल २ करोड बजेट आवश्यक भएकोले बजेट अभावले गर्दा वडाको बजेटले मर्मत संहार गर्न नसकिने अबस्था रहेको बताउनु भयो । प्रदेश सरकार र पोखरा महानगरले समेत यस बर्षको बजेटमा यस योजनालाई नसमेटेकोले अन्य विकल्पबाट सडक मर्मत संहार गर्न पहल गर्ने उहाँले जनाउनु भयो । उहाँहरु पहिरोको जोखिममा हुँदा तपाईले के गर्नु भयो भन्ने हाम्रो प्रश्नमा अध्यक्ष पाण्डेले उहाँहरुलाई अन्य स्थानमा बस्न आग्रह गर्दा हटेर गरेर आफै जोखिम मोलेको बताउनु भयो । पोखरा १९ का वडा सदस्य कल्पना सुनारले हाल वडाबाट प्लाष्टिक र माटोले सडक भाषियको भाग पुरेर ठुलो पानी गर्दा स्थानियलाई घरमा नबस्न आग्रह गर्दै आएको बताउनु भयो । भिडियो पनि छ ।